लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
काठमाडौँ, १८ वैशाख । नेकपा (एमाले) बाट माधवकुमार नेपालको समूह छुटिँदै थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने, “नेपाली काङ्ग्रेस हामी (एमाले) सँग आँट गरी राखेको छैन । अब माधवकुमार नेपालको पिउसो उम्रिन पाएको छैन, एमालेसँग मुकाबिला गर्ने सपना देख्छ !”
माधवकुमार नेपालले आफू एमालेको १५ वर्ष महासचिव भएको दम्भ देखाउँदै ओलीलाई पछार्ने नियतमा थिए । नेपाली काङ्ग्रेस, माओवादी केन्द्रसँग समेत निर्वाचनमा गठबन्धन गर्दा पनि माधवकुमार नेपालको समूहले तीन प्रतिशत मत प्राप्त गर्न सकेन ।
नेपाली काङ्ग्रेसको समर्थनमा ओली दस महिनायता प्रधानमन्त्री बनेपछि नेपाललाई निकै ऋण भयो । प्रधानमन्त्री बनेका ओलीलाई नेपाल भेट्न अवसर खोज्दै थिए । तर, प्रधानमन्त्री बनेका ओलीले ‘पिउसो’ लाई टेर्ने अवस्था थिएन ।
नेपाल आफ्ना पार्टीका कार्यकर्ताहरूलाई साथ लिएर प्रधानमन्त्री बनेका ओलीको सरकारी निवास बालुवाटारमा यही वैशाख १८ गते मागपत्र पेस गर्न पुगे । नेपालको एउटा माग थियो, ‘भ्रष्टाचारीलाई कारबाही गर !’ २०६६ सालमा नेपाली काङ्ग्रेसको समर्थनमा नेपाल १४–१५ महिना प्रधानमन्त्री भएका थिए । यतिबेला प्रधानमन्त्री बनेका ओलीले नेपाललाई सोच्न सक्छन्, आफ्नो कार्यकालमा भ्रष्टाचारीहरूलाई के कति कारबाही भयो ? के ललितानिवासको सरकारी जग्गा २९९ रोपनी व्यक्तिको नाममा दर्ता र बिक्री भएको नेपाल प्रधानमन्त्री भएकै बेलामा होइन र ? यसबारे प्रहरीले नेपालसँग बयानसमेत लिएको होइन र ? आवासीय चिकित्सक, मिटरब्याज र लघुवित्त पीडितहरूको समस्या वैदेशिक रोजगारीमा ठगी, सहकारी संस्थाबाट ठगी नेपाल प्रधानमन्त्री भएकै बेला उठेको होइन र ?
प्रधानमन्त्री बनेका ओलीले नेपाललाई मागपत्रका लागि धन्यवाद दिँदै सानो कार्यदल बनाएर छलफल गर्ने प्रस्तावसमेत राखे । २०७४ सालमा एमाले र माओवादी केन्द्रको निर्वाचन गठबन्धनबाट प्रधानमन्त्री भएका ओलीले पुष्पकमल दाहाललाई दोस्रो अध्यक्ष बनाएर नेकपा गठन गरेका थिए । पछि दाहाल र नेपालले नेकाको देउवासँग मिलेर नेकपा प्रधानमन्त्री बनेका ओलीको सरकार विघटन गरेका थिए । सर्वाेच्च अदालतले नेकपा समेत विघटन ग¥यो । यही निहुँमा ओलीले नेपाल र दाहाललाई एमालेको नजिकसमेत आउन नदिने तर नेपाल र दाहालका कार्यकर्ताहरूलाई एमालेमा प्रवेश गराउने नीति लिएका थिए ।
नेपालको समर्थनमा लागेका योगेशकुमार भट्टराई, भीम आचार्य, रघुजी पन्त, गोकर्ण विष्टलगायत र दाहालका कार्यकर्ता रामबहादुर थापा (बादल) लेखराज भट्टलगायत एमालेमा लागे । जिल्ला जिल्लामा पनि माओवादी (केन्द्र) का कार्यकर्ताहरू एमालेमा लागे ।
माधव नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा पठाएका प्रेमबहादुर आलेले आफ्ना नेताहरूकै दबाबमा नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यकारी प्रमुखमा प्रदीप अधिकारीलाई नियुक्ति गरेको र उही अधिकारीको पालामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १०–१२ अर्ब रूपैयाँ भ्रष्टाचार भएको र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचारको चलचित्र पूरा हेर्न सकिने बताएका थिए । के अब पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचारमा माधवकुमार नेपाल जोडिँदैन र ?
Leave a Reply