मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
भक्तपुर, २० वैशाख । भ.न.पा.४ वडा समितिको आयोजनामा नाक, कान, घाँटीसम्बन्धी स्वास्थ्य शिविर शनिबार सम्पन्न भयो ।
भनपाका उपप्रमुख रजनी जोशीले स्वस्थ नै धन भएकोले नियमित स्वास्थ्य जाँच गरी स्वस्थ भई समाज विकासमा योगदान गर्न वडावासीहरू तत्पर रहनुपर्ने बताउँदै स्थानीय पाठ्यक्रममार्फत भक्तपुरको कला, संस्कृतिबारे नयाँ पुस्तामा ज्ञान वृद्धि गराई सक्षम नागरिक तयार गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभयो ।
भक्तपुरको विश्व प्रख्यात बिस्का जात्रा सञ्चालनमा वैज्ञानिक आधारहरू रहेको उल्लेख गर्दै उहाँले वास्तुकलाको विशेष महत्व भएको स्ट्रकचरल इन्जिनियरिङ, ट्राफिक इन्जिनियरिङ, सोसल इन्जिनियरिङबारे प्रस्ट भनाइ राख्नुभयो । उहाँले नयाँ पुस्तालाई राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा सचेत गराई सोको विश्लेषण गर्न सक्षम बनाउन स्वस्थ समाज नै मुख्य आधार भएको चर्चा गर्नुभयो ।
ख्वप अस्पतालका डा. रत्नसुन्दर लासिवाले भनपाको क्रियाकलाप हरेक क्षेत्रमा उदाहरणीय रहँदै आएको चर्चा गर्दै स्वास्थ्य शिविरले जनताको स्वास्थ्यप्रति सजग गराइ स्वास्थ्य समस्या पहिचान गर्न गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कुनै पनि रोगको लक्षण देखिने बित्तिकै अस्पताल जाने र समयमै उपचार गराउन सके गम्भीर रोग लाग्नबाट जोगिन सक्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
निवर्तमान कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले स्वास्थ्य शिविर निरन्तर सञ्चालन हुँदा हरेक वडावासी नागरिकले स्वास्थ्य लाभ लिन सकेको स्पष्ट पार्नुभयो ।
भ.न.पा.४ नं वडाका वडाध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा वडा सदस्य विष्णुकेशरी दुवाल, पूर्ववडा सदस्य राजेन्द्र माक, वडा नर्स इरा त्वायनालगायतले बोल्नुभयो ।
Leave a Reply