हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
चीनको राष्ट्रिय जनकङ्ग्रेस (एनसीपी) र राजनीतिक सल्लाहकार निकाय एवम् चिनियाँ जनराजनीतिक परामर्श सभाको राष्ट्रिय समिति (सीपीपीसीसी) को वार्षिक सभा गएको मार्च सुरुको हप्ता सम्पन्न भयो । ती दुई सत्रहरूमाथि विश्वको ध्यान एवम् चासोबारे पेइचिङ रिभ्यूको मार्च अङ्कले लेखेको छ । ती दुई सत्रमा व्यक्त मन्तव्य, विचार, दृष्टिकोण, योजनाबारे गहिरो छलफल र विश्लेषण यस अङ्कले पस्केको छ । विशेषतः चीनको अन्तर्राष्ट्रिय सम्बन्ध, व्यापार र कुटनीतिबारे विश्वजगतको ध्यान केन्द्रीत देखिन्छ ।
यतिबेला विश्वजगत भन्दै छ, “हामी चीनको विकास एवम् प्रगतिको गति या बेगसँग जोडिन इच्छुक छौँ । विश्वमा एउटा नयाँ गुणस्तरीय उत्पादन शक्तिकेन्द्र निर्माणका लागि योगदान गर्न एकमनले तयार छौँ । नयाँ आविष्कार र प्रविधिको युगमा साथसाथ जुट्नाले सबैको हित हुने निश्चित छ ।” “चिनियाँ बजारको दिगो विकास हुनेमा हामी विश्वास राख्छौँ ।” “संसारको लगानी चीनतिर स्थानान्तरको निम्ति उर्वर वातावरण तयार हुँदै छ ।”
बहुराष्ट्रिय कम्पनीहरूले व्यक्त गरेका यी केही प्रतिनिधि भनाइबाट चीनप्रतिको विश्व आशा र आकाङ्क्षा उजागर हुन्छ । विश्व अर्थतन्त्रमा ३० प्रतिशत योगदान गर्ने अर्थतन्त्रको आधारशीला आप्mनै देश हो, जनता हुन् । चीन विश्वको दोस्रो ठूलो उपभोक्ता बजारमात्र होइन बलियो घरेलु बजारको अनुपम उदाहरण पनि हो । गरिबी निवारणसँगै ४० करोड जनतालाई मध्यमस्तरीय आम्दानी समूहमा उकास्ने काम चीनले गर्यो । चीनका स—साना व्यवसायीहरूसमेत ‘गो ग्लोबल’ को विचार आत्मसात गर्दै छन् । चीनको बजार बहुआयामिक छ, पारदर्शी र अनुमान योग्य छ, खुला छ, अन्तर्राष्ट्रिय स्तरको छ र सबैभन्दा महत्वपूर्ण कुरा चिनियाँ बजार सहयोग, समता र सहकार्यमा आधारित छ । त्यसकारण, विश्व जगत चीनमा लगानी गर्न इच्छुक देखिन्छ । २०२५ जनवरीमा चीनमा अवस्थित अमेरिकी च्याम्बर अफ कमर्शले जारी गरेको चीनको व्यापार सर्वेक्षण प्रतिवेदनअनुसार संरा अमेरिकाका आधाभन्दा बढी कम्पनीहरूले चीनमा लगानी गर्ने तयारी गरेको तथ्य सार्वजनिक भयो । सर्वेक्षणले ३६८ वटा च्याम्बर सदस्य कम्पनी समेट्यो । त्यतिमात्र होइन अमेरिकाका ८७ प्रतिशत कम्पनीले चीन–संरा अमेरिकी सम्बन्ध सकारात्मक हुनुपर्ने धारणा राख्दछन् । संरा अमेरिकामात्र होइन सिङ्गापुरको लगानीमा थियानजिङमा सञ्चालित अस्पतालबारे जानकारी छ । यसर्थ चीन अन्य देशमा लगानी गर्ने एकतर्फी काम गर्दैन बरु अन्य देशलाई चीनमा लगानीको वातावरण तयार गर्छ ।
संसारले चीनलाई अर्थतन्त्रमा एक विश्वव्यापी नेतृत्वका रूपमा स्विकारेको भनाइ र घटनाहरू छन् यस अङ्कमा । आयरल्याण्डका पूर्व प्रधानमन्त्री एवम् इन्टरएक्सन काउन्सिल (स्थापना सन् १९८३ मा) का उपाध्यक्ष बेरटी अहान Bertie Ahern ले चीनको दुई सत्रबारे बोलेका छन् – “दुई सत्रले चीनको सामाजिक आर्थिक मार्गसँगै अन्तर्राष्ट्रिय सहकार्य र प्राविधिक रणनीतिको बाटो देखायो । आविष्कारमा आधारित वृद्धिविकास, डिजिटल अर्थतन्त्र, सुशासन, हरित रूपान्तरण र जनस्वास्थ्य प्रणाली विकासमा चीनको प्राथमिकता र योजना प्रशंसनीय छ ।” प्रभावकारी विश्व सुशासनविना विश्वको साझा हित र विकास सम्भव छैन । चीनले विकास गरेको बहुपक्षीय हित या जीत—जीत सहकार्यको संस्कृति अबको एकमात्र विकल्प हो । चीनको प्राविधिक तथा एआई विकासको गति कुनै पनि विकसित देशहरूको भन्दा ज्यादा छ । नयाँ पुस्ताको प्रविधि, एआई, बिगडाटा, हरित आविष्कारलाई सरकारको योजना निर्माणसँग जोडेरै चीन अघि बढ्दै छ । डिजिटल सुशासनले चीनभित्र मात्र होइन चीनलाई विश्वसँग जोड्न सहयोग गर्दैछ । विश्वव्यापीकरणलाई आपसी सम्मान, सहयोग, सहकार्यसँग जोड्नु साझा एवम् अन्तर्राष्ट्रिय कर्तव्य हो र चीनले इमानदारीतापूर्वक यो कर्तव्य निर्वाह गर्दै छ भन्ने विचार राखे अहानले ।
किर्गिस्तानका पूर्व प्रधानमन्त्री एवम् पेइचिङ नर्मल विश्वविद्यालयको बिआरआई स्कुलका प्राध्यापक डोमार्ट ओथरबात् Djoomart Otorbaev को मन्तव्य पनि यो अङ्कमा सङ्ग्रहित छ । उनले भने — “चीनको विकासले विश्व अर्थतन्त्रमा अतुलनीय योगदान गर्दै छ । चीनको रणनीतिक योजना प्रणालीले दीर्घकालीन समयावधिमा विशिष्ट फाइदा पु¥याउने निश्चित छ ।” पहिलो औद्योगिक क्रान्तिताका बेलायतले विश्वलाई उछिन्यो । दोस्रो विश्वयुद्धपश्चात् अमेरिका औद्योगिक नेतृत्वको रूपमा उदायो । अमेरिकाले बिजुली, बृहत् उत्पादन र कम्युटरको विकास गरी औद्योगिक क्षेत्रमा नेतृत्व गरेको थियो भने आज चीन पछिल्लो डिजिटल र हरित प्रविधिको विकासमा बाँकी विश्वभन्दा अघि छ । विद्युतीय गाडी, सोलार प्यानल, उच्च गुणस्तरको ब्याट्री केही उदारण हुन् जसले चीनलाई प्राविधिक नेतृत्वकर्ता र पूर्तिचक्र अर्थात् सप्लाई चेन देशको रूपमा परिचित गरायो । यो उदाहरणले विश्वमा चिन र चीनियाँ अर्थतन्त्रको स्थान अनुमान हुन्छ । चीनले प्राविधिक क्षेत्रमा नेतृत्व गर्न थालेको १५ वर्ष भयो । २००३ देखि २००७ सम्म चीनले ६४ वटा श्रेणीमा ३ वटामा मात्र अग्रता लिन्थ्यो भने अमेरिकाले ६० वटा मा अग्रता लिएको थियो । अहिले अमेरिकाको जम्मा ७ वटा श्रेणीमा अग्रता छ । पछिल्लो समय संरा अमेरिकाको एआई च्याटजिपिटीलाई गुणस्तर र शुल्क दुबैमा चीनको डिपसिकले पछाडि पारेको छ । चीनले सन् २०२४ मा खोज र विकास अर्थात् ‘आरएण्डी’ मा मात्र ३६ खर्ब युआन अर्थात् ४ खर्ब ९७ अर्ब अमेरिकी डलर खर्च गरेको तथ्याङ्क छ । वार्षिक १० प्रतिशत बढीले खोज अनुसन्धानमा बजेट विनियोजन वृद्धिको आँकडा छ । चीनले प्राविधिक विकासलाई मानव सभ्यता पुनर्जागरणसँग पनि जोड्यो । विकास एवम् आविष्कारको चिनियाँ मोडल सारा मानवजातिको निम्ति अनुकरणीय छ भन्ने विचार ओथरबात्को हो ।
हङ्गेरीका पूर्व प्रधानमन्त्री एवम् इन्टरएक्सन काउन्सिलका सदस्य पेटर मेड्गेस्सी Peter Medgyessy ले चीनको प्राविधिक विकासको विश्वव्यापी महत्वबारे बोलेका छन् । चीनले खुलापन र सुधारको नीति अवलम्बन गरेपछिका दशकहरूमा अकल्पनीय विकास गर्यो । सारा विश्वका विकाशील एवम् विकसित देशहरूलाई आप्mनो विकासको मार्गमा जोड्यो । एउटा गरिब एवम् दरिद्र देशको विकास केही दशकमै सम्भव छ, त्यहाँका जनताको जीवनस्तर उकास्ने कठिन कार्य केही दशकमै सम्भव छ भन्ने उदाहरण चीनले विश्वसामु प्रस्तुत गर्यो । एउटा विकासशील देश तर विकसित देशहरूका निम्ति उपेक्षा गर्न नसक्ने देश बन्यो चीन । चौथो पुस्ताको विकासमा चीनले आणविक ऊर्जा प्लान्ट विकास गर्दै छ भन्ने अध्ययन पेटरको हो । उनले लेखे –“प्राविधिक विकासले पूर्णतः मानिसको जीवन र समाजको सेवा गर्नुपर्छ भन्ने चिनियाँ अभ्यासप्रति म सहमत छु । चिनियाँ नेतृत्वले विकासनिर्माणकै लागि आप्mनो सिद्धान्त कहिल्यै त्यागेन । पश्चिमी युरोप र संरा अमेरिकाभन्दा बिल्कुल फरक सामाजिक मोडल चीनको छ । चीनले आप्mनो विचार र सिद्धान्तको निर्यात पनि कहिल्यै गरेन अमेरिकाले जस्तै । पछिल्लो समय संसारको दुई शक्तिको रूपमा संरा अमेरिका र चीन दखिएको सत्य हो । यो प्रतिस्पर्धामा चीनको विकास आयामले अद्वितीय सफलता प्राप्ति गरेको देखिन्छ । जसमा चीनले अमेरिकालाई उछिन्यो । दुई शक्तिबिच शान्तिपूर्ण र स्वच्छ प्रतिस्पर्धाले मात्र मानवजाति र सिङ्गो विश्वको विकास सम्भव छ । संरा अमेरिकी आक्रोश र आक्रमणहरू अक्षम्य छन् ।” संसारको आवाज पनि यही हो ।
चिनियाँ परराष्ट्र मन्त्री वाङ यीबाट १४ औँ राष्ट्रिय जनकङ्ग्रेसको तेस्रो बैठकमा उठेका जिज्ञासाको सम्बोधन गर्दै व्यक्त विचार यस अङ्कको महत्वपूर्ण लेखमध्ये एक हो । चीनको परराष्ट्र नीतिलाई अन्तर्राष्ट्रिय जगतले स्वागत गरेको छ । विश्वको चुनौती सामना गर्न ‘राज्य प्रमुख कूटनीति’ अघि सारेको छ चीनले । यो वर्ष जापानी उपनिवेशविरुद्ध लडाइँमा विजयको ८० वर्षगाँठ मनाउँदै छ चीन । आज पनि फासीवादविरुद्धको सङ्घर्ष जारी छ, साम्राज्यवादविरुद्धको लडाइँ जारी छ । नेता यीले संयुक्त राष्ट्रसङ्घ केन्द्रीत बहुपक्षीयता, चीन संरा अमेरिका प्रविधि प्रतिस्पर्धा, चीन रुस साझेदारी, ग्लोबल साउथ, साङ्घाई सहकार्य सङ्घ, चीन अफ्रिका सहकार्य, थाइवान प्रश्न, चीन अफ्रिका सम्बन्ध आदिबारे आप्mनो विचार राख्नुभएको छ । उहाँको विचार छलफल र मननयोग्य छ ।
संयुक्त राष्ट्रसङ्घ (युएन) स्थापना भएको ८० वर्ष भयो । दोस्रो विश्वयुद्धपछि विश्व शान्ति र सुशासनको लागि यूएनको स्थापना भयो । विश्व शान्तिका लागि साना ठूला सबै देशहरूको सार्वभौमिकता, समान अधिकार सुनिश्चित हुनुपर्छ । युएनले सारा देशहरूको साझा अन्तर्राष्ट्रिय समुदायको भूमिका निर्वाह गर्नुपर्छ । निष्पक्षता र न्यायको सिद्धान्त लागु हुनुपर्छ । अन्तर्राष्ट्रिय मुद्दाहरूमा केही मुठ्ठीभरका देशहरूको एकाधिकार अस्विकार्य छ । यतिबेला ग्लोबल साउथलाई प्राथमिकता या ध्यान दिन जरुरी छ । बहुपक्षीयता सबैभन्दा महत्वपूर्ण सवाल हो आजको विश्वमा । देश देशबिचको साझा हितबाट क्षेत्रीय कचिङ्गल निस्तेज बनाउन यूएनले भूमिका खेल्नुपर्छ । यूएनले अन्तर्राष्ट्रिय कानुन उलङ्घन गर्ने पक्षलाई सजग बनाउनु दायित्व हो । कुनै पनि देशलाई दबाउने, हेप्ने, एकहट्टी खोज्ने, षडयन्त्र र जालसाजी गर्ने गतिविधि अक्षम्य छ । चीन यो मान्यता राख्दछ । संयुक्त राष्ट्रसङ्घको सुरक्षा काउन्सिलको स्थायी सदस्यको नाताले चीन आप्mनो दायित्वप्रति पनि सजग छ । आजको विश्वमा बहुपक्षीयता अध्यास गर्ने र विश्व सुशासनको निम्ति काम गर्ने अग्रणी देश हो चीन । यूएन केन्द्रित बहुपक्षीयता विकासको आवश्यकता बोध परराष्ट्रमन्त्री यीले गराउनुभयो ।
चीन विज्ञान र प्रविधिको एउटा शक्तिकेन्द्र बन्दै गरेको बारे अगाडि पनि छलफल भयो । अहिले चीनको विकास दबाउने कुचेष्टाहरूलाई नजरअन्दाज गर्न सकिन्न । नाकाबन्दी र व्यापार युद्धहरूलाई बेवास्ता गर्न मिल्दैन । यद्यपि, कुनै पनि पहाडले नदीको प्रवाह अनि वेगलाई रोक्न सकिन्न । वास्तवमा अन्तर्राष्ट्रिय प्रवाहलाई रोक्ने र आविष्कारको भावना थुन्ने आपैm एक्लिन्छ । यो व्यवहार सिद्ध सत्य हो ।
पछिल्लो समय चीन—रुस सम्बन्ध कमजोर भयो भन्ने गलत प्रचार पनि छ । वास्तवमा चीन—रुसको सम्बन्ध एक असल छिमेकीको रूपमा पनि सग्लो छ । युद्ध र किचलोको वातावरणविरुद्ध वार्ता र सल्लाहमा विस्वास गर्छ दुवै पक्ष । निकै असल व्यापार साथी हुन् दुई । फासीवादविरुद्धको युद्धमा साझा इतिहास बोकेका यी दुई देश आज पनि विश्व प्रभुत्वविरुद्ध आ–आप्mनो हिसाबमा सङ्घर्ष गर्दै छन् ।
ग्लोबल साउथ सहकार्य संसारको निम्ति उज्यालो पक्ष हो । विश्व कुल गार्हस्थ उत्पादनमा ४० प्रतिशत योगदान गर्ने ग्लोबल साउथले विश्व आर्थिक वृद्धिमा ८० प्रतिशत योगदान गर्ने तागत राख्दछ । विश्व शान्ति, विकास र आधुनिकीकरण र सुशासनको निम्ति एउटा बलियो एकता हो ग्लोबल साउथ । विश्वव्यवस्थामा स्थिरताका लागि ग्लोबल साउथको प्रयास प्रशंसनीय छ । इतिहासको कुनै कालखण्डमा उपनिवेश र प्रभुत्वसँग लडेका देशहरूको साझा मञ्च ग्लोबल साउथबाटै स्वतन्त्र इतिहासको पुनर्जागरण र साझा भविष्य सम्भव छ । भर्खरै ब्रिक्समा ९ वटा देशहरू थपिएसँगै ग्लोबल साउथ सहकार्यमा बल मिलेको छ । ब्रिक्स ग्लोबल साउथको बलियो इन्जिन या साधन हो भन्नु फरक नपर्ला । योसँगै साङघाई सहकार्य सङ्गठन, जी २० र फोकाक पनि ग्लोबल साउथका सारथी हुन् । चीन भन्छ –“चीन ग्लोबल साउथको सदस्य देश हो । हाम्रो हृदय ग्लोबल साउथसँग जोडिएको छ । चीनले ग्लोबल साउथसँगको सहकार्यबाट विश्व इतिहासको श्रृङ्खलामा एउटा नयाँ किस्सा थप्नेछ ।”
साङ्घाई सहकार्य सङ्गठन (एसओसी) स्थापनाको २४ वर्ष भयो । प्रारम्भमा ६ देशबाट अहिले २६ देशको ठूलो परिवार बनिसकेको छ । क्षेत्रीय सहकार्यले बृहत् भूगोल र जनसङ्ख्यालाई जोड्ने काम एसओसी गर्दै छ । आपसी विश्वास, आपसी हित, समानता, परामर्श, सभ्यताको विविधताप्रति सम्मान र साझा विकास एसओसीको साझा उद्देश्य हुन् । २६ देशले पालैपालो एसओसीको अध्यक्षता ग्रहण गर्दछ । यो वर्ष चीनले गर्दै छ । अहिलेसम्म सुरक्षा, आर्थिक, जनता–जनताबिचको सम्बन्ध विकासका लागि सत्न्दा बढी कार्यक्रम गरिइसकेको जानकारी छ । सदस्य देशहरूको साझा विकास र सार्वभौमिकता रक्षा एसओसीको भावना हो । चीन उक्त भावनाको सम्मान गर्दछ ।
चीन—अफ्रिका सम्बन्ध इतिहासमै बलियो यतिबेला देखिन्छ । यो वर्ष फोकाक स्थापनाको २५ औँ वर्षगाँठ मनाइनेछ । चीन—अफ्रिकाको सहकार्यमा १ लाख किलोमिटर बाटो, १० हजार किलोमिटर रेलमार्ग निर्माण भयो । पछिल्लो ३ वर्षमा मात्र चिनियाँ कम्पनीले ११ लाख नयाँ रोजगारी सिर्जना गर्यो । १६ वर्ष यता अफ्रिका चीनको सबैभन्दा ठूलो व्यापार साझेदार महादेश हो । यो सहकार्य प्रस्ट, मूर्त र फाइदाजनक देखिन्छ । आउने फोकाक सम्मेलनमा आधुनिकीकरणको विकास, औद्योगिक विकास र कृषि औद्योगिकरण, सय प्रतिशत भन्सार लाइनमा शुन्य भन्सार व्यापार, डिजिटल, हरित र एआई इन्डस्ट्रिजको विकासबारे छलफल हुनेछ । साना र राम्रा जीवनोपयोगी परियोजना अघि बढाइनेछ । यो वर्ष जी २० को सम्मेलन पहिलोपटक अफ्रिकामा हुँदै छ । चीनले मनैदेखि सघाउने अभिव्यक्ति बुलेटिनमा छ ।
आज पनि थाइवानबारे प्रश्न उठिरहनु बिडम्बना हो । थाइवान इतिहासदेखि आजसम्म चीनकै हो । चीनभित्र ‘दुई चीन’ छैन, चीन एउटै हो । थाइवान चीनको अविभाज्य भूभाग हो । आठ दशक अगाडि जापानसँगको विजयसँगै काइरो डिक्लेरेसन र पोट्सडम प्रोक्लेमेसन दुवैले थाइवान चीनकै भूभाग दाबी गर्छ । सार्वभौमिकताको सिद्धान्तलाई संयुक्त राष्ट्रसङ्घले भुल्नुहुँदैन । चीनको एकीकरण सार्वभौम देशको सिद्धान्तमा आधारित छ । यो चिनियाँ जनताको आवाज हो ।
चीन–यूरोप सम्बन्धले दुईपक्ष मात्र होइन सारा विश्वलाई माथि उकास्न सहयोगी गर्छ । चीन—युरोपको ५० औँ वर्षगाँठ मनाइरहँदा दुई पक्षबिचको व्यापार कता पुग्यो ? नियालौँ । ५ दशकमा २ अर्ब ४० करोड डलरबाट ७ खर्ब ८० अर्ब अमेरिकी डलर पुग्यो, व्यापारको मौद्रिक मूल्य । लगानी शून्यबाट झण्डै २ खर्ब ६० अर्ब पुग्यो । चीन—युरोप जोडिने रेलमार्ग १ लाखभन्दा बढी यात्रा भयो, एसिया र यूरोप जोडिने । अहिलेको विश्वव्यवस्थामा संरा अमेरिकाको आक्रामक व्यवहार नरुचाउने एकथरी यूरोप चीनसँग नजिक छ भन्दा अतिशयोक्ति नहोला ।
यतिमात्र होइन चीनले हरेक देशको सभ्यता पुनर्जागरण र सार्वभौमिकता रक्षालाई नै नयाँ किसिमको विकास र आधुनिकता भनेको छ । चीन अन्तर्राष्ट्रिय सञ्चार समूह (CICG) ले चीनको यो विचार प्रचारमा सहयोग गर्दै छ भन्ने जानकारी यो अङ्कमा छ । ‘सी चिङ फिङ — चीनको सुशासन’ पुस्तक ४३ वटा भाषामा प्रकाशन गरी १८० भन्दा बढी देशमा पठाउने र ५०० भन्दा बढी अनलाइन पुस्तक मञ्चमा पठाउने समूह हो यो । यसका साथै भाषा, संस्कृति, सभ्यता र शान्तिका लागि चीनको भावना प्रचार गर्दै छ । यी र यस्ता थुप्रै राष्ट्रिय—अन्तर्राष्ट्रिय, राजनीतिक, कूटनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विषयमा जानकारीको भण्डार हो, पेइचिङ रिभ्यू । यसका सबै अङ्कहरू चीन र विश्वलाई नियाल्न सहयोगी अनि पठनीय छन् ।
Leave a Reply