भर्खरै :

दही उद्योगमा अनुगमन

दही उद्योगमा अनुगमन

भक्तपुर, २४ वैशाख । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा ब्यासीमा रहेको लक्ष्मी दही भण्डारमा बुधबार अनुगमन गरियो । दहीमा अखाद्य मिसावट भएको नभएको परीक्षण खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयका प्रतिनिधिहरूको रोहवरमा गर्ने बताएको छ ।
लक्ष्मी दही भण्डार पसल नवीकरण गर्न, ग्यास चुल्हो प्रयोग गरेकोले ग्यास सुरक्षितका साथ प्रयोग गर्न, सरसफाइ र व्यवस्थित गर्न टोलीले निर्देशन दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।
लक्ष्मी दही भण्डारका प्रोपाइटर लक्ष्मीनारायण सुवालले दहीमा पेपर मिसावट गरेको व्यापक हल्ला र सामाजिक सञ्जालमा भाइरल भए पनि त्यो असत्य भएको र पेपर मिसावट नगरेको र बरु फ्याट नपुगेमा पाउडर दूध प्रयोग गरेको बताउनुभयो ।
अनुगमनमा अनुगमन समितिका सदस्यहरू वडाध्यक्ष श्यामकृष्ण खत्री, सदस्य ज्ञानबहादुर मानन्धर, भनपा श्यानिटेसनका प्रमुख दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *