नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, २४ भक्तपुर । सूर्यविनायक नगरपालिकास्थित सिपाडोलमा वैशाख महिनामै ६ जना बिदेसिएका छन् । कोही पढाइको सिलसिलामा गएका छन् त कोही रोजगारीको अवसर खोज्दै गएका छन् । एकै महिनामा एउटै गाउँका ६ जना गएका छन् भने नेपालका अन्य स्थानमा एकै परिवारका सम्पूर्ण सदस्यसमेत गएको हामी देख्दै आएका छौँ । कोही अमेरिका कोही जापान, कतार, दुबई, मलेसिया, क्यानडा, अस्ट्रेलियामा घरका एक एक सदस्य भए पनि गएका छन् । यसले गर्दा अहिले गाउँघर नै रित्तिएको जस्तो अवस्था छ ।
नेपालको आर्थिक स्थिति र राजनीतिक अवस्थाको कारणले युवाहरू विदेश जान बाध्य छन् । पढेलेखेको व्यक्तिदेखि लिएर न्यून शिक्षा हासिल गरेको व्यक्तिसमेत बिदेसिएका छन् । आफ्नो पढाइअनुसारको रोजगारको अवस्था हासिल गर्न नसकेको कारणले गर्दा आजका युवाहरू बिदेसिन बाध्य भएका छन् । नेपालमा आवश्यक रोजगारीको सिर्जना गर्न अति आवश्यक छ
युवाहरू सबै जना बिदेसिए भने भोलिको नेपाल झन् खस्कनेछ । आफ्नै देशमा केही गर्न चाहने व्यक्तिको लागि सुनौलो अवसर प्रदान गर्नु सरकारको दायित्व हो । यो विषयमा सरकारले गम्भीर रूपमा ध्यान दिनुपर्ने देखिन्छ ।
Leave a Reply