ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
आज विश्व सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्सको जन्म दिन हो । आज नेपाललगायत विश्वका विभिन्न समाजवादी मुलुकमा विभिन्न जुलुस प्रदर्शन, सभा, गोष्ठी तथा भेलाको आयोजना गरी माक्र्सको स्मरण गरिँदै छ । एक दार्शनिक, विचारक, राजनीतिक विश्लेषक, अर्थशास्त्री एवं शोषण र उत्पीडनबाट मुक्तिको निम्ति जीवनभर सङ्घर्षरत माक्र्सको स्मरण गर्न र उहाँबाट शिक्षा लिन नै माक्र्स दिवस मनाइन्छ; मनाइँदै छ । गरिब जनतालाई माया गर्ने, गरिब जनताको मुक्तिको निम्ति मार्ग निर्देश गरेर परिवर्तनको निम्ति सङ्घर्ष नगरी नहुने मान्यता बोक्ने, जनतालाई सङ्गठित र सचेत पारी उत्प्रेरित गर्ने माक्र्सको हरेक कम्युनिस्ट पार्टी या समाजवादी पक्षधर दलहरूले स्मरण गर्नैपर्छ† नयाँ पुस्तालाई सुसूचित पार्नुपर्छ ।
सन् १८१८ मा मई ५ को दिन जर्मनीको राइन प्रान्तको ट्रियर नगरमा जन्मनुभएका कार्ल माक्र्स सानैदेखि परिश्रमी हुनुहुन्थ्यो । दर्शनशास्त्र र इतिहासमा गहिरो अध्ययन गरेका उहाँ दूरदर्शी र तीखो बुद्धिका हुनुहुन्थ्यो । बाल्यकालदेखि राजनीतिशास्त्र र समाजवादको अध्ययन गरेका माक्र्स राजनीतिक चिन्तक हुनुहुन्थ्यो । सर्वहारावर्गलाई मुक्तिको बाटो देखाउने ऐतिहासिक भौतिकवादी द्वन्द्ववादमा विश्वास गर्ने माक्र्स र एङ्गेल्सले लेख्नुभएको कम्युनिस्ट घोषणापत्रमा भनिएको छ, “अहिलेसम्मको समाजको इतिहास वर्गसङ्घर्षको इतिहास हो ।” घोषणापत्रको अन्तमा लेखिएको छ, “मजदुरहरूसँग हार्नको निम्ति आफूलाई बाँधेको सिक्रीबाहेक अरु केही पनि छैन । जित्नको निम्ति उसको अगाडि सारा संसार छ ।” संसारका शोषित पीडित मजदुर, किसान, उत्पीडित जनजातिलाई बाँधेको बन्धनलाई चुँडाल्ने उपाय सङ्घर्ष नै भएको मान्यता अघि राख्ने माक्र्स एक निडर, अदम्य साहस भएको सङ्घर्षशील हुनुहुन्थ्यो ।
माक्र्स जर्मनीको मात्र जनप्रिय नेता होइनन् । विश्व सर्वहारावर्गकै महान् नेता हुनुहुन्थ्यो । आफूले प्रतिपादन गरेको सिद्धान्त र विचारलाई लागु गर्न अघि सर्ने, गरिबको मुक्तिको सेवामा जुट्न माक्र्स कहिल्यै विचलित हुनुभएन । माक्र्स स्पष्ट वक्ता, षड्यन्त्रविरोधी, निर्भिक, निडर र शत्रुसामु नझुक्ने नेता हुनुहुन्थ्यो । माक्र्सले पु¥याउनुभएको योगदानकै कारण आज संसारका विभिन्न मुलुकमा माक्र्स दिवस मनाइँदै छ । पुँजीवादी व्यवस्थाको अन्त्य र समाजवादी व्यवस्था स्थापना नै माक्र्सवादको उद्देश्य हो । क्रान्ति र आमूल परिवर्तनको निम्ति कार्ल माक्र्स मार्गदर्शक बन्यो । माक्र्सवाद सर्वहारावर्गको विचारधारा हो । सर्वहारावर्गका नेता लेनिनले माक्र्सवादलाई विश्व सैद्धान्तिक विचारधाराको शिखर र उन्नाइसौँ शताब्दीमा जर्मन दर्शनशास्त्रीको चित्रण गर्नुभएको थियो । माक्र्सले हेगेलको द्वन्द्ववादको पुनरावलोकन गर्दै वैज्ञानिक तथ्य र प्रकृतिशास्त्रको उपलब्धिको आधारमा भौतिकवाद र द्वन्द्ववादलाई एकबद्ध गर्ने वैज्ञानिक दृष्टिकोण विकास गर्नुभएको थियो । यसकारण, माक्र्सवाद विज्ञानसम्मत छ; यो वैज्ञानिक छ । माक्र्स र एङ्गेल्सले काल्पनिक समाजवादीहरूको विचारविपरीत वैज्ञानिक समाजवादी विचार अघि सार्नुभएको थियो । वर्गमा विभाजित समाजमा वर्गसङ्घर्ष स्वाभाविक हो । मजदुर आन्दोलनलाई समाजवाद र सर्वहारावर्गीय आन्दोलनसँग जोड्न क्रान्तिकारी पार्टी आवश्यक हुन्छ । मजदुर, किसान या श्रमजीवीवर्गका जनतालाई सचेत र सङ्गठित नगरिकन वर्गसङ्घर्ष सम्भव छैन; भए पनि हार हुनसक्छ । शान्तिपूर्ण तरिकाले आमूल परिवर्तन या श्रमजीवीवर्गको सरकार सम्भव नहुने हुँदा माक्र्सले वर्गसङ्घर्षको बाटोलाई निरन्तरता दिनुभयो । सामन्ती र पुँजीपतिवर्गसँग साँठगाँठ गरेर, चुनावी गठबन्धन गरेर, सरकारमा सामेल भएर देशमा समाजवाद सम्भव छैन ।
नेपालमा पनि आफूलाई पार्टीको मार्ग निर्देशक सिद्धान्त मान्ने, पुँजीवादी बन्दोबस्तको सरकारमा नगई नहुने कम्युनिस्टहरू नभएका होइनन् । उनीहरू पुँजीवादी बन्दोबस्तको सरकारभित्र रहेरै समाजवादी क्रान्ति गर्नसक्ने बताउँछन् । तर, उनीहरू वर्गसङ्घर्ष स्वीकार्दैनन् । वर्गसङ्घर्षको बाटो लिने दल र दलका नेताहरू कम्युनिस्ट हुनसक्दैनन् भनी कम्युनिस्टकै सिद्धान्त र विचारविपरीत लागेका छन् । ‘कम्युनिस्ट’ पार्टीको प्रतिनिधित्व गर्ने दलका नेताहरूले पटकपटक सरकारको नेतृत्व गरे । तर, देशमा कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार कुनै मौलिक परिवर्तन भएन† कुनै नीति नियम बनाइएन । केही काम हुँदैन, गर्न चाहँदैन भने त्यो सरकार कसरी कम्युनिस्टको हुन्छ ? के त्यो नाउँ मात्रको कम्युनिस्ट पार्टीको सरकार भएन ?
माक्र्सवादलाई व्यवहारमा लागु गर्ने हो भने योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुनुपर्छ । व्यक्तित्व विकासमा समान अवसर पाउनुपर्छ । शिक्षा र स्वास्थ्य अनिवार्य र निःशुल्क हुनुपर्छ । आर्थिक समानतासहितको मानव अधिकार पाउनुपर्छ । वर्गविहीन र शोषणविहीन समाजको निर्माण गर्ने बाटो अँगाल्नुपर्छ । गाउँ र सहरबिचको भेद अन्त्य गर्ने नीति नियम तयार गर्नुपर्छ । माक्र्स र माक्र्सवादबाट यस्तै शिक्षा लिनुपर्छ; शिक्षा लिएर नेपालका कम्युनिस्टहरू अघि बढ्नुपर्छ । अनि परिवर्तनको बाटो खुल्छ ।
Leave a Reply