भर्खरै :

माक्र्स जयन्तीको अवसरमा प्रभातमा अध्ययन गोष्ठी

माक्र्स जयन्तीको अवसरमा प्रभातमा अध्ययन गोष्ठी

भक्तपुर, २५ वैशाख । २०७ औँ कार्ल माक्र्स जन्म जयन्तीको अवसरमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ प्रभात इङ्गलिस सेकेन्डरी स्कूल एकाइ समितिको आयोजनामा बिहीबार अध्ययन गोष्ठी भयो ।
कार्यक्रममा नेपाल कर्मचारी समाजका जीपी लासिवाले माक्र्सवाद पुँजीवादको उत्थान, विकास र पतनको नियम भएको बताउनुभयो ।
नेपालको संविधानमा समाजवादउन्मुख उल्लेख भए पनि समाजवादतिर जाने कुनै योजना नबनाएको चर्चा गर्दै उहाँले शासक पार्टीहरूले जनतालाई दिएको वचनअनुसार काम गरिरहेका छैनन् भन्नुभयो ।
समाजवाद विज्ञान भएको धारणा राख्दै उहाँले पुँजीवादको पतन र समाजवादी व्यवस्था स्थापना अनिवार्य भएको बताउनुभयो ।
आयोजक समितिका उपाध्यक्ष राजकुमार साखकर्मीको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षकहरू कविता खुसु, सरस्वती ग्वाँयमरु, समिता दुवाल, रोजिना ङाखुसी, सरोज लवजु, राजु तामाङ, अनिता देशेमरुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *