एपेक शिखर सम्मेलन सम्पन्न, ट्रम्प–सी व्यापार सम्झौतापछि क्षेत्रीय सहकार्यमा जोड
- कार्तिक १६, २०८२

भक्तपुर, २५ वैशाख । भक्तपुर नगरपालिका १० नं. वडा कार्यालयको आयोजनामा कुहिने र नकुहिने फोहर छुट्याई सङ्कलन गर्न बाल्टिन वितरण कार्यक्रम वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाको प्रमुख आतिथ्यमा वडा कार्यालयको सभाहलमा बिहीबार सम्पन्न भयो ।
वडाध्यक्ष लक्ष्मीप्रसाद ह्याँैमिखाले फोहर छुट्याउने कार्य नगरपालिकाको लागि नभई वडावासीकै लागि भएकोले मनैदेखि काम गरे सफल हुने बताउँदै रासायनिक मलले कृषियोग्य खेतीको माटो बिग्रिसकेकोले कुहिने फोहरबाट कम्पोस्ट मल बनाई माटोको गुणस्तर बढाउनुपर्ने बताउनुभयो ।
उहाँले कृषकको हितमा किलोको बीस रुपैयाँमा कम्पोस्ट मल उपलब्ध गराएको बताउँदै कम्पोस्ट मल छरेर माटोले छोप्दा राम्रो हुने बताउनुभयो । उहाँले आफूलाई आवश्यक बाल्टिन मात्र लिन र दुरुपयोग नगर्न अनुरोध गर्नुभयो ।
उहाँले फोहर छुट्याई कुहिने फोहरबाट कम्पोस्ट मल र नकुहिने फोहर बेचेर आयआर्जन गर्नसक्ने बताउनुभयो ।
उहाँले वडामा विकास निर्माणको काममा वडावासीको सहयोग पाइरहेको बताउँदै नगरकोट सडक खण्डमा पेटी निर्माण, गाडी जामको समस्या र खानेपानी समस्या समाधानको लागि पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा फोहर पृथकीकरण र कम्पोस्ट मलबारे प्रशिक्षण दिँदै वडा निरीक्षक रामकृष्ण प्रजापतिले कुहिने र नकुहिने फोहर छुट्याएर राख्न सके वातावरण प्रदूषण हुनबाट बचाउन टेवा पुग्ने बताउनुभयो । उहाँले रासायनिक मल विदेशबाट ल्याउँदा मुलुक गरिब बनिरहेको बताउनुभयो ।
वडा सचिव रामेश्वर कोजूले पनि बोल्नुभएको सो कार्यक्रममा वडा सदस्य जितेन्द्र मुनंकर्मी, कृष्णनारायण दुमरु र तारादेवी शाक्यले बाल्टिन वितरण गर्नुभयो ।
Leave a Reply