ल्याटिन अमेरिकामा साम्राज्यवाद र गैरसरकारी संस्थाहरू – ३
- कार्तिक १६, २०८२

गोरखा, २५ वैशाख । गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. १ पशुपतिटारमा स्थानीयवासीबिच नेपाल मजदुर किसान पार्टीको सिद्धान्त र विचारबारे छलफल भयो ।
उक्त छलफल कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाले आर्थिक असमानतामा आधारित पुँजीवादी व्यवस्थाको कारण देशमा भ्रष्टाचार मौलाएको उल्लेख गर्दै आर्थिक असमानता र भ्रष्टाचार अन्त्यको निम्ति वैज्ञानिक समाजवादी व्यवस्था मात्रै उत्तम विकल्प रहेको बताउनुभयो ।
कम्युनिस्ट नामधारी शासकहरूले पुँजीवादी बाटोमा हिँडेर नेपाली जनतालाई धोका दिएको कारण देशको सन्तुलित विकास हुन नसकी नेपाली युवाहरू बिदेसिनु परेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टी कामदारवर्गको नेतृत्व हुने जनताको प्रजातन्त्र स्थापना गरेर समाजवादी व्यवस्था हुँदै साम्यवादी समाजमा पुग्ने दीर्घकालीन लक्ष्यअनुसार अघि बढ्दै गरेको बताउनुभयो ।
छलफलमा स्थानीयवासीहरूले शासक दलका नेताहरू भ्रष्टाचार गरेर कमाएको पैसाले सहरमा घर बनाएर बसेको हुँदा गाउँका सर्वसाधारण पनि गाउँ छाडेर सहर बसाइँ सरेको विचार व्यक्त गरे । उनीहरूले भने, “गाउँमा बाटो त बन्यो तर मान्छे छैनन् । गाउँका मान्छे कोही विदेश, कोही सदरमुकाम झरे; गाउँका जग्गा जमिन बाँझै छन् ।”
छलफलमा शिवजी त्वायनावासुले पनि बोल्नुभएको थियो ।
Leave a Reply