विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक
- जेष्ठ ८, २०८३
भक्तपुर, १५ फागुन । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुरले भूकम्प पीडित जनता तथा किसानका विभिन्न समस्या समाधान गर्न प्रधानमन्त्री के.पी. ओलीको ध्यानाकर्षण गराएको छ । भक्तपुर, १५ फागुन । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुरले भूकम्प पीडित जनता तथा किसानका विभिन्न समस्या समाधान गर्न प्रधानमन्त्री के.पी. ओलीको ध्यानाकर्षण गराएको छ ।
सङ्घका भक्तपुर जिल्ला अध्यक्ष एवं जिविस भक्तपुरका पूर्वसभापति गोविन्द दुवालले प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षण पत्र बुझाएको हो । सो अवसरमा अध्यक्ष दुवालले गरिब भूकम्प पीडित र किसान समस्याप्रति सरकार संवेदनशील हुनुपर्ने बताउनुभयो । विकल्प हुनेले केही गरिसके, जग्गा हुनेले जग्गा बेचेर पनि घर बनाए तर केही विकल्प नहुने गरिबहरू अहिलेसम्म टहरामै बस्नु परेको उहाँले बताउनुभयो ।
अध्यक्ष दुवालले हदबन्दीका मामिलामा मोही र जग्गाधनीमा फरक फरक मापदण्ड हुन नहुने बताउँ साविक मोहीले पहिले नै छोडपत्र गरी वा दाजुभाइमा हक कायम भई आफ्नो हकभोगमा नरहेको जग्गा नाति पनातिको पालामा साविक लगतमा रहेकै कारणले नामसारी गर्न नदिनु, हदबन्दीमा रहेको भनिएको मोही जग्गा कानुनबमोजिम छोड्दा पनि नामसारी गर्न नदिनु उचित नभएको बताउनुभयो । सरकार जनताको हितमा समयमै सचेत नभए जनता सडकमा उत्रिन बाध्य हुने उहाँले स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव विकल प्रजापतिले सरकारी कार्यालयमा भ्रष्टाचार, अनियमितता बढिरहेकोबारे ध्यानाकर्षण गराउनुभयो । प्रमण्डलमा केन्द्रीय कोषाध्यक्ष हरिराम सुवाल, केन्द्रीय सदस्य विश्वनाथ प्रजापति, जिल्ला समितिका पञ्चलक्ष्मी दुवाल, बुद्धकेशरी माक, भीमप्रसाद बास्तोला, पृथ्वीकुमार प्रजापतिलगायतको उपस्थिति थियो । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले नयाँ संरचनामा तीनै तहमा निर्णय गर्ने अधिकार भएको र नयाँ सरकार भएकोले जनताको समस्या सुनुवाइ हुने आशा भएको बताउनुभयो । प्रमण्डलले भूमिसुधार कार्यालयमा पुगी मोही र जग्गाधनीबीच जग्गा बाँडफाँटमा ढिलासुस्ति, अनियमितताबारे ध्यानाकर्षण गराएको थियो ।
Leave a Reply