भर्खरै :

बुद्ध जन्म जयन्तीमा शान्तिदीप यात्रा सम्पन्न

बुद्ध जन्म जयन्तीमा शान्तिदीप यात्रा सम्पन्न

भक्तपुर, २९ वैशाख । बुद्ध जयन्तीको अवसरमा युवा बौद्ध पुचः भक्तपुरको आयोजनामा शान्तिदीप यात्रा नगर परिक्रमा गरी सम्पन्न भयो ।
शान्तिदीप यात्रा सुरू हुनुअगाडि भएको एक कार्यक्रममा मुनि विहार, भक्तपुरका प्रमुख श्रद्धेय भिक्षु विपस्सी धम्मारामो महास्थविरले पञ्चशील प्रदान गर्नुभई बुद्ध जयन्तीको महत्वको साथै शीललाई व्यवहारमा पनि उतार्नुपर्नेमा जोड दिनुभयो । आर्थिक सहयोग गर्ने महानुभावहरूलाई उहाँले मैत्री चिनो प्रदान गर्नुभयो ।
कार्यक्रममा कार्यसमिति सदस्य स्वयम्भूरत्न शाक्यले स्वागत तथा अध्यक्ष रत्नसुन्दर शाक्यले धन्यवाद दिनुभयो ।
शान्तिदीप कार्यक्रममा भिक्षु उत्तम, अन्य भिक्षुहरू, श्रामणेर भन्तेहरू, दीपङ्कर प्रशन्नशील महाविहारका मूल चक्रश्वर, कीर्तिज्योति बज्राचार्य, दीपङ्कर ज्ञानमाला भजन खलः, तथागत ज्ञानमाला भजन खलः,भक्तपुर बौद्ध महिला सङ्घ, मैत्रीय युवा सङ्घ, मुनि विहार, बौद्ध सङ्घ तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए । कार्यक्रममा दीपङ्कर बाजा खलःले धिमे बाजा प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *