भर्खरै :

दुवाकोटमा कार्ल माक्र्स दिवस

दुवाकोटमा कार्ल माक्र्स दिवस

भक्तपुर, २९ वैशाख । नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नपा वडा नं. २ एकाइ समितिको आयोजनामा वडास्तरीय पार्टी तथा जनवर्गीय सङ्गठन समर्थकको एक भेला भयो ।
उक्त भेलामा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष एवम् जिल्ला उपाध्यक्ष न्हुछेभक्त फोजूले माक्र्सवाद, माओ त्सेतुङ, एङ्गेल्स, स्तालिन र लेनिनको सिद्धान्तअनुसार नेमकिपाले समाजवाद स्थापना गर्ने उद्देश्यले काम गरिरहेको बताउनुभयो । उहाँले देशका सत्ताधारी एमाले, माओवादी, काङ्ग्रेस र मधेश पार्टीले जनताको हितमा काम नगरेकाले शोषितपीडित गरिब जनता एकजुट भई सङ्घर्ष गरी समाजवाद स्थापना गरी आमूल परिवर्तन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले चाँगुनारायण नपामा विकासको नाममा भूमाफियाले बालुवा खानीमा करोडौँ भ्रष्टाचार गरेको बताउनुभयो ।
जीआर सुवालले सभापतिको आसनबाट नपाले खानेपानी, सरसफाइ, सडक बत्ती, ढल निकास, बाटो बन्दोबस्त गर्नुपर्ने कुरा बताउँदै कार्ल माक्र्सको इतिहासबाट कम्युनिस्टहरूले सिद्धान्तअनुसार व्यवहारमा उतार्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा गोविन्दराम सुवाल र कृष्णबहादुर खड्काले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *