भर्खरै :

चीन–ल्याटिन अमेरिका र क्यारेबियन देशहरूको संयुक्त भाग्य समुदाय मञ्चको चौथो मन्त्रीस्तरीय सम्मेलनलाई चिनियाँ राष्ट्राध्यक्ष सीको सम्बोधन

चीन–ल्याटिन अमेरिका र क्यारेबियन देशहरूको संयुक्त भाग्य समुदाय मञ्चको चौथो मन्त्रीस्तरीय सम्मेलनलाई चिनियाँ राष्ट्राध्यक्ष सीको सम्बोधन

पेइचिङ, १३ मे । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मङ्गलबार विहान राष्ट्रिय सम्मेलन केन्द्रमा चीन–ल्याटिन अमेरिका र क्यारेबियन देशहरूको संयुक्त भाग्य समुदाय मञ्चको चौथो मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुभयो । सम्बोधनमा सीले चीन र ल्याटिन अमेरिका मिलेर पाँचवटा ठुला परियोजनाहरूको थालनी गरी संयुक्त भाग्य समुदायको निर्माण गर्दै जाने घोषणा गर्नुभयो ।
‘चीन–ल्याटिन अमेरिकाको संयुक्त भाग्य समुदायको नयाँ अध्याय निर्माण गराँै’ भन्ने शीर्षकमा सम्बोधन गर्दै राष्ट्राध्यक्ष सीले भन्नुभयोः १० वर्षअघि ‘चीन–ल्याटिन अमेरिका मञ्च’ को स्थापना भएपछि, दुवै पक्षको ध्यानपूर्वक स्याहारको परिणामस्वरूप, सो मञ्च एक कलिलो बिरुवाबाट ठूलो र बलियो रूखमा परिणत भएको छ ।
चीनले ल्याटिन अमेरिकासँग सहकार्य गरी – एकता परियोजना, विकास परियोजना, सभ्यता परियोजना, शान्ति परियोजना र जनताको मनमिलन परियोजनासमेत पाँच मुख्य परियोजनाहरू सुरू गर्ने इच्छा व्यक्त गरेको छ जसबाट विकास र पुनर्जागरणका लागि वातावरण बनाउँदै, चीन–ल्याटिन अमेरिकाको संयुक्त भाग्य समुदायको निर्माण गर्दै जाने विश्वास गरिएको छ ।
अन्तमा राष्ट्राध्यक्ष सीले जोड दिँदै भन्नुभएको छ, “अन्तर्राष्ट्रिय परिदृश्यमा जे जस्तो परिवर्तन भए पनि, चीनले सदैव ल्याटिन अमेरिका र क्यारेबियन राष्ट्रहरूको राम्रो मित्र र साथीको रूपमा काम गर्दै जानेछ र ल्याटिन अमेरिकासँग संयुक्त भाग्य समुदायको नयाँ अध्याय खोल्ने इच्छा चीनले लिएको छ ।”
ल्याटिन अमेरिकी संयुक्त भाग्य समुदाय परिषदका वर्तमान अध्यक्ष कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रो, ब्राजिलका राष्ट्रपति लुलारा सिल्भा र चिलीका राष्ट्रपति ग्याब्रियन बोरिस, नयाँ विकास बैंकका गभर्नर किल्मा कसेफ र ब्राजिलका पूर्वराष्ट्रपतिले बेग्ला बेग्लै रूपमा सम्बोधन पनि गर्नुभएको छ । उहाँहरूले ल्याटिन अमेरिका र चीन संयुक्त भाग्य समुदाय मञ्च स्थापना भएको १० वर्षमा हासिल गरिएको विकासको फलदायी परिणामहरूको अत्यधिक उच्च मूल्याङ्कन गर्नुभयो । साथै उहाँहरूले चीनले ल्याटिन अमेरिकाको सहकार्यको प्रगति र ल्याटिन अमेरिकी आर्थिक र सामाजिक विकासमा गरेको योगदानको पनि प्रशंसा गर्नुभयो । मञ्चमा सहभागी विभिन्न पक्षहरूले चिनियाँ राष्ट्राध्यक्ष सीले प्रस्तुत गर्नुभएको मानवता सामूहिकता निर्माणको विचार र ३ वटा प्रमुख वैश्विक प्रस्तावहरूले विश्वलाई शान्ति, समृद्धि र प्रगतिको उज्यालो भविष्यतर्फ अघि बढाएको जनाउनुभयो छ ।
सोही दिन मध्याह्न, चिनियाँ राष्ट्राध्यक्ष सीले आमन्त्रित ल्याटिन अमेरिकी नेताहरू र प्रतिनिधिमण्डलका प्रमुखहरूका लागि स्वागत भोजको आयोजना गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *