“देशमा राजनीतिक परिवर्तन ल्याउन निर्वासन, भूमिगत र जेल जीवन झेल्नुप¥यो”
- श्रावण २, २०८३
भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप इ. कलेज र ख्वप कलेज अफ इ.को संयुक्त आयोजनामा भूकम्प इन्जिनियरिङ र सहरी योजना तथा संरक्षणका नयाँ विद्यार्थीहरूलाई स्वागत, अभिमुखीकरण र स्नातकोत्तर तहका उत्कृष्ट विद्यार्थीलाई सम्मानपत्र वितरण सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि, नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले पार्टीको राजनैतिक प्रतिबद्धताअनुसार ख्वप कलेजहरूको स्थापना भएको उल्लेख गर्दै राजनीति देश र जनताको निःस्वार्थ सेवा हो भन्नुभयो ।
राजनीति र बेइमानी फरक भएको प्रस्ट पार्दै सांसद सुवालले राजनीति बुझेकाले बेइमानी नगर्ने बताउनुभयो ।
देशको सन्तुलित विकासमा जोड दिनुपर्ने सङ्घीय सरकार काठमाडौँ र केही सहरमा बसाइँसराइमा बढाउन लागेको हुँदा फोहरमैला र प्रदूषणको समस्या बढेको उल्लेख गर्दै उहाँले जिल्ला जिल्लामा सडक बन्यो तर घर रित्तै रहेको सार्वजनिक भइरहेको बताउनुभयो ।
भक्तपुर नपाले सञ्चालन गरेका सातवटा कलेजहरूमा देशका विभिन्न जिल्लाबाट ४४ हजारभन्दा बढी विद्यार्थी भर्ना भएको उल्लेख गर्दै उहाँले भौतिक पूर्वाधार भएको ख्वप विश्वविद्यालय सञ्चालन गर्न भक्तपुर नगरपालिकालाई सरकारले अनुमति नदिएको देश र जनताको हितविपरीत भएको बताउनुभयो ।
प्रधानमन्त्री भएकाहरू देशघाती महाकाली सन्धि आपूmले गरेको दाबी गरेको उल्लेख गर्दै सांसद सुवालले नेपालको जलस्रोत एक एक गरी भारतलाई दिने सरकारसामु बुद्धिजीवीहरू निरीह हुन नहुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले ख्वप इन्जिनियरिङ कलेज भक्तपुरको उदाहरणीय कलेज बन्न सफल भएको र यस कलेजलाई अगाडि बढाउन थप मिहेनत जरूरी रहेको बताउनुभयो ।
उहाँले भक्तपुर नपाले भूकम्पलाई अवसरको रूपमा ग्रहण गरी यहाँको सम्पदा संरक्षणमार्फत भक्तपुरलाई देशकै उदाहरणीय र नमुनाको सहरको रूपमा विकास गरिरहेको बताउनुभयो ।
भक्तपुरले यहाँको विकास विदेशी सहयोगबिना जनताको साथ र सहयोगले सम्पन्न गरेको बताउँदै भक्तपुरको पहिचान जोगाउन सम्पदा पुनःनिर्माण र जीर्णाेद्धार कार्य उपभोक्ता समितिमार्फत सञ्चालन गरेको बताउनुभयो ।
देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने, गुणस्तरीय शिक्षा प्रदान गरी नयाँ नयाँ प्रविधिमार्फत देशको विकास गर्ने लक्ष्यले भक्तपुर नपाले विभिन्न शैक्षिक संस्था सञ्चालन गरेको बताउँदै युवा जनशक्ति बिदेसिनमा सरकार र म्यानपावर कम्पनीहरू मुख्य दोषी रहेको स्पष्ट पार्नुभयो ।
उपप्रमुख एवम् कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले भक्तपुर नगरपालिकाले सञ्चालन गरेका कलेजहरूको उद्देश्य पूरा गर्ने काम यहाँ अध्ययनरत विद्यार्थीहरूले गरिरहेकोमा खुसी व्यक्त गर्दै देशकै लागि उत्कृष्ट जनशक्ति उत्पादन गर्दै कलेजले आफ्नो ख्याति र गरिमालाई अझ उँचो बनाउने काम गर्दै आएको बताउनुभयो ।
ख्वप इ. कलेजका प्राचार्य सुजन माकले ख्वप इ. कलेजमा नेपालमा पहिलोपटक भूकम्प इ. विषय पढाइ हुने कलेजको रूपमा रहेको बताउँदै नेपालका कला, संस्कृति र सम्पदा संरक्षित क्षेत्रलाई मध्यनजर गर्दै अर्बान डिजाइन र कन्जर्भेसन विषयलाई महत्वका साथ अध्ययन अध्यापन हुँदै आएको बताउनुभयो ।
ख्वप कलेज अफ इ. का प्राचार्य सुनिल दुवालले स्नातकोत्तर तह स्नातकभन्दा पनि बृहत् भएको हुँदा व्यापक दृष्टिकोण राखी विद्यार्थीहरूले अध्ययनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ख्वप इ. कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँले स्नातकोत्तर तह भनेको शिक्षण सिकात्न्दा पनि अनुसन्धानमा आधारित शिक्षा हुने भएकोले विद्यार्थीहरूले थप मिहेनत गर्नुपर्ने बताउनुभयो ।
विभागीय प्रमुख डा. मन्जिप शाक्यले भूकम्प इन्जिनियरिङमा ३११ जना र अर्बाइन डिजाइनमा १८१ गरी ४९२ जनाले स्नातकोत्तर तह भर्ना भइसकेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सुवालले स्नातकोत्तर तहका उत्कृष्ट विद्यार्थी मेधास्मी खतिवडा र युरिका शाक्यलाई नगदसहित बधाइपत्र हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा उत्कृष्ट विद्यार्थी मेधास्मी खतिवडा र युरिका शाक्यले पनि कलेजबारे आफ्नो अनुभव सुनाउनुभयो । कार्यक्रममा विभागीय प्रमुख लिबास फैजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply