बाराही बचतको आयोजनामा खुला रक्तदान कार्यक्रम
- श्रावण २, २०८३
शिखरापुर, १ जेठ । वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक प्रथम र दोस्रो वर्षका सामाजिक कार्य, ग्रामीण विकास, समाजशास्त्र र अङ्ग्रेजी विषयमा अध्ययनरत विद्यार्थीहरूले सामुदायिक सर्वेक्षण र सिकाइ कार्यक्रम दक्षिणकाली नगरपालिकास्थित शिखरापुर सामुदायिक सिकाइ केन्द्रमा सोमबार सम्पन्न गरे ।
कार्यक्रममा शिखरापुर सामुदायिक सिकाइ केन्द्रका प्रमुख सल्लाहकार शशी शर्मा अर्यालले आजका विद्यार्थीहरू सकारात्मक बनेर राम्रो उद्देश्यको लागि सपना देखिराख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । समुदायको हितको लागि वागीश्वरी कलेज र शिखरापुर सामुदायिक कलेज सगोत्री हुन सकेको प्रसङ्ग उहाँले उठाउनुभयो ।
सो सिकाइ केन्द्रका निर्देशक एवं स्रोतव्यक्ति निरोज श्रेष्ठले सही सोच, नवप्रवर्तन, समर्पण, असल अभ्यास र निरन्तर मेहनत नै सफलताको कडी हुने बताउनुभयो ।
कार्यक्रम प्रशिक्षक मङ्गलेश्वर ध्वजूले स्नातक तह मानविकी सङ्कायका विद्यार्थीहरू सो सिकाइ केन्द्रमा हालसम्म सातौँपटकको विविध कार्यक्रममा सक्रिय सहभागी भएको जानकारी दिनुभयो ।
विद्यार्थीहरूले बिहान प्रसिद्ध दक्षिणकाली मन्दिर दर्शन गरेर वातावरण मैत्री बोतलका घरहरू अवलोकन गरेका थिए । अर्को सत्रमा सिकाइ केन्द्रका नयाँ भवनको सभाकक्षमा अभिमुखीकरण कार्यक्रममा सहभागी भएर त्रिभुवन विश्वविद्यालयका प्राध्यापक र युरोपियन टोलीले विद्यार्थीहरूसँग अन्तरसंंवाद गरेको थियो ।
सो एकदिने कार्यक्रममा विद्यार्थीहरूको चार समूहले प्रतिभा पलायन, फर्पिङको संस्कृति, शिखरापुर सामुदायिक सिकाइ केन्द्र र जीवनपद्धति विषयमा इखापोखरी टोलमा सामाजिक सर्वेक्षण गरेको थियो । सर्वेक्षणपश्चात् दिनभरको क्रियाकलापको सम्बन्धमा सिकाइ केन्द्रकै निशा बखुन्छेले सामाजिक नक्सा लेखनमा सहजीकरण गर्नुभयो ।
समापन समारोहमा विद्यार्थीहरू सुरुचि श्रेष्ठ र विनु खाइजूले पनि बोल्नुभएको थियो । ग्रामीण विकासका शिक्षक सुशिला घजुले धन्यवाद दिएको सो समारोहमा समाजशास्त्रका शिक्षक अम्बर दली श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply