भर्खरै :

कमलविनायक पोखरी परिसरमा सरसफाइ कार्यक्रम

कमलविनायक पोखरी परिसरमा सरसफाइ कार्यक्रम

भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिकाको आयोजनामा पाक्षिक सरसफाइ कार्यक्रमअन्तर्गत बिहीबार भक्तपुर नगरपालिका वडा नं १० स्थित कमलविनायक पोखरी परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष एवं वातावरण समितिका सदस्य कृष्णप्रसाद कोजूले भक्तपुर नगरपालिकाले चुनावी घोषणापत्रबमोजिम नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी, टीम, क्लव, विद्यालय तथा अन्य महानुभावहरूको उपस्थितिमा पाक्षिक रूपमा सरसफाइ कार्यक्रम गर्दै आइरहेको बताउनुभयो । उहाँले सफाइ कार्यक्रम एक अभियानको रूपमा सञ्चालन गरिएको र यसले अपनत्वको भावना पनि विकास हुने बताउँदै कमलपोखरी परिसरमा आपराधिक गतिविधि बढ्दै गइरहेकोले स्थानीयवासीहरू सचेत हुन आग्रह गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले भक्तपुर नगरपालिकाले वरपरको वातावरण पहिलादेखि नै सफा र सुन्दर बनाउन आफ्नो ठाउँको सफा आफै गरौँ भन्ने उद्देश्यले पाक्षिक सरसफाइ कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको चर्चा गर्नुभयो ।
उहाँले सफाइ अभियानमा नगरपालिका मात्र होइन स्थानीयवासीको पनि साथ तथा सहयोग आवश्यक रहेको बताउनुभयो । नगरवासीले कुहिने र नकुहिने फोहोर छुट्याएर नगरपालिकाको सफाइ गाडीमा राखी सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा सचिव रामेश्वर कोजुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *