भर्खरै :

व्यक्तिको पहिचान विचार र व्यवहारबाट हुने

व्यक्तिको पहिचान विचार र व्यवहारबाट हुने

भक्तपुर, १ जेठ । नेपाल मजदुर किसान पार्टी सानो ब्यासी एकाइ समितिले बुधबार कार्ल माक्र्सको २०७ औँ जन्म दिनको अवसरमा प्रशिक्षण तथा प्रवचन कार्यक्रम ग¥यो ।
उक्त कार्यक्रममा इतिहासका प्राध्यापक विश्वमोहन जोशीले व्यक्तिको पहिचान सुन्दरतामा नभई व्यक्तिको विचार, व्यवहार तथा सिद्धान्तले हुने हो भन्नुभयो । कार्ल माक्र्सबाट सर्वहारावर्गलाई माथि उठाउने लक्ष्य राखेर वर्गविहीन समाजको कल्पना गर्नुभएको विचार राख्दै उहाँले प्रसिद्ध दार्शनिक, राजनीतिक अर्थशास्त्री, राजनीतिक सिद्धान्तका प्रणेता, समाजशास्त्री, साम्यवादी एवं क्रान्तिकारी कार्लमाक्सले जङ्गबहादुर राणाको शासन काललाई अङ्ग्रेजी डग म्यानको संज्ञा दिएको सन्दर्भबारे प्रस्ट पार्नुभयो ।
नेमकिपा नगर समितिका गङ्गाराम ज्याख्वले माक्र्सले जस्तै हामीले पनि सम्पूर्ण जीवन गरिब सर्वहारावर्गको हितको लागि अर्पित गर्नुपर्छ† यसको लागि सर्वहारावर्गको मुक्तिको लागि सङ्गठित शक्तिको आवश्यकता हुने औँल्याउनुभयो । नेमकिपाले माक्र्सवादी सिद्धान्तअनुरूप जनताको सेवा गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपा वडा नं २ का इन्चार्ज राजकाजी नायोभारीले पेरिसमा भएको मजदुर आन्दोलन, कर्मचारी समाज नेपालका जीपी लासिवले कार्लमाक्र्सको जन्मदिवस मनाउनुको तात्पर्यबारे प्रकाश पार्नुभयो । सो कार्यक्रममा शारदा मा.वि.का प्रअ रोशनराज तुईतुई र कृष्णप्रसाद सुवालले पनि माक्र्सको जीवनीबारे आ–आफ्ना विचार राख्नुभएको थियो । कार्यक्रम नेमकिपा सानो ब्यासी – २ का इन्चार्ज सरोज दथेपुथेको सभापतित्वमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *