शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
भक्तपुर, २ जेठ । तारा माध्यमिक विद्यालयको आयोजनामा शुक्रबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यार्थीलाई समय सापेक्ष अगाडि बढाउन शिक्षक आफू नमुना भएर देखाउनुपर्ने, कोपिलारूपी विद्यार्थीलाई सुवास छर्ने फूलका साथै बगँैचा स्याहार गर्ने असल मालिले जस्तै भूमिका निभाउन सक्ने हुनुपर्ने बताउनुभयो ।
शिक्षकहरू परिवर्तनका संवाहक भएको धारणा राख्दै उहाँले देश विदेशको समसामयिक विषयमा विद्यार्थीलाई प्रशिक्षित गरी शिक्षकले सामाजिक कार्यकर्ताको भूमिका निर्वाह गर्न जरूरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नियमित अन्तरक्रिया, पुस्तक गोष्ठी तथा समीक्षा कार्यक्रम गरी शिक्षकहरू अध्ययनशील हुनुपर्छ । शिक्षक आफू असल र सुसंस्कृत भए विद्यार्थीलाई पनि अनुशासित बनाउन सकिन्छ । अहिलेको प्रविधिको युगमा शिक्षकहरू प्रविधिमैत्री हुनु जरुरी छ ।”
सरकारले शिक्षालाई प्राथमिकता दिनुको सट्टा शिक्षालाई व्यापार तथा पैसा कमाउने थलो बनाउन खोज्नु गलत भएको केन्द्रीय सदस्य गोसाईले बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले भक्तपुर शिक्षा, स्वास्थ्य, सरसफाइ र सम्पदा संरक्षणमा नमुना सहर बन्न सक्नुमा भक्तपुरका अग्रज किसान कार्यकर्ताहरूको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
नेमकिपाले काम गरी खानेवर्गको आवाजलाई बुलन्द गर्दै आएको उल्लेख गर्दै केन्द्रीय अध्यक्ष प्रजापतिले नयाँ समाज निर्माणको लागि शिक्षकहरूलाई राजनीतिकरूपमा सचेत र सङ्ठित बनाउनु जरूरी छ भन्नुभयो ।
विद्यालयका प्रअ प्रेमलक्ष्मी त्वायनाको सभापतित्वमा भएको उक्त कार्यक्रममा शिक्षक उद्धव सुजखुले पनि बोल्नुभएको थियो ।
भेलाले शिक्षक पूर्णप्रसाद थिकेको अध्यक्षतामा नेक्राशिसङ्घ तारा मावि एकाइ समिति पुनःगठन गरेको छ ।
Leave a Reply