प्रजग कोरियाको भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन
- आश्विन २५, २०८२
लन्डन, १६ मई (एएफपी) । बेलायती प्रधानमन्त्री किर स्टार्मरले शुक्रबार अल्बानियामा युरोपेली राजनीतिकर्मीको बैठक अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा शान्ति कायम गर्न बेवास्ता गरेकोमा मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।
शान्ति प्रक्रियामा पुटिनको हिच्किचाउने र ढिलाइ गर्ने रणनीतिले युक्रेनमा भइरहेको हत्या र रक्तपात असहनीय अवस्थामा पुगेको बताउँदै स्टार्मरले शिखर सम्मेलनअघि विज्ञप्ति जारी गर्दै टर्कीमा युक्रेन र रुसबिच वार्ता हुने अपेक्षा गरिएको बताउनुभएको छ ।
युरोपेली राजनीतिक समुदाय (ईपीसी) ले युरोपेली सङ्घका सदस्य र अन्य देशका प्रतिनिधिबिच शुक्रबार अल्बानियाको राजधानी तिरानामा भेटवार्ता गर्दै छन् ।
युक्रेनमा द्वन्द्व अन्त्य गर्ने विषयमा छलफल गर्न रुसी र युक्रेनी प्रतिनिधिमण्डलहरू पनि इस्तानबुलमा भेट्दै छन् ।
सन् २०२२ मा रुसले युक्रेनमा गरेको आक्रमणको प्रतिक्रियामा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको पहलमा ईपीसीको स्थापना भएको थियो ।
पुटिनले बिहीबार इस्तानबुलमा अमेरिकाले आयोजना गरेको शान्ति वार्तामा भाग नलिए पछि आयोजित बैठकका सहभागीहरूले क्रेमलिनमाथि दबाब बढाउने छन् ।
बिनासर्त पूर्ण युद्धविराममा सहमति हुनुपर्ने बताउँदै स्टार्मरले अन्यथा पुटिनले गम्भीर मूल्य चुकाउनुपर्ने बताउनुभएको छ । रुसले युद्धविराम स्वीकार नगरे आगामी हप्तामा प्रतिबन्धको कारबाहीमा रुसी ऊर्जा केन्द्रित लक्ष्य हुने लन्डनले जनाएको छ ।
यसैबिच, युरोपेली सङ्घ र बेलायतले विगत केही दिनमा रुसी तेलविरुद्ध नयाँ प्रतिबन्ध बुधबार अनुमोदन गरेका छन् ।
Leave a Reply