प्रजग कोरियाको भव्य परेडमा ‘सबैभन्दा शक्तिशाली’ क्षेप्यास्त्र प्रदर्शन
- आश्विन २५, २०८२
प्रत्येक वर्ष मे १५ को दिनलाई नक्बा दिवस भन्ने गरिन्छ ।
प्यालेस्टिनीहरू यसलाई आफूमाथि सन् १९४८ मा आइलागेको ‘महाविपत्ति’ भन्छन् । नक्बामा साढे ७ लाख प्यालेस्टिनीहरूलाई जबरजस्ती तिनका थातथलोबाट यहुदीवादी सोतका सशस्त्र गुन्डा दलले निकाला गरेका थिए । यसरी सन् १९४८ मा इजरायल नामक नयाँ राज्यको स्थापना भएको थियो ।
नक्बाले त्यसयता इजरायल र प्यालेस्टिनको राजनीतिलाई आकार दिएको हो । कहिले युद्ध त कहिले कब्जा, अतिक्रमण, विध्वंश र घरखेत कब्जाजस्ता विभिन्न रूपमा आज पनि नक्बा चालु छ ।
नक्बा यत्तिकै भएको थियो । यसको सूत्रपात सन् १९१७ मा भएको थियो । बेलायतले ‘बालफोर घोषणा’ गरेर नक्बाको जग हालेको थियो । बेलायत सरकारका विदेशमन्त्री आर्थर बालफोरले बेलायतमा भएका हुनेखाने यहुदीवादी नेताहरूलाई ‘प्यालेस्टिनी भूमिमा यहुदी जनताको लागि राष्ट्रिय घर’ निर्माण गरिदिने वचन दिएका थिए ।
पहिलो विश्वयुद्ध (सन् १९१४–१८) को अन्त्यतिर बेलायतले थिलथिलो बनिसकेको तत्कालीन अटोमन साम्राज्यबाट संसारका धेरै मानिसहरूको पुण्त्ूमि मानिने जेरुसेलम सहर खोस्यो । त्यहाँ बेलायतले सन् १९२३ देखि १९४८ सम्म शासन ग¥यो । संयुक्त राष्ट्रसङ्घको पूर्व रूप लीग अफ नेसनले प्यालेस्टिनमा शासन गर्ने ‘म्यान्डेट’ बेलायतलाई सुम्पेको भनियो । नाम जे दिए पनि त्यसलाई साम्राज्यवादीहरूको भागबन्डाभन्दा प्रस्ट हुन्छ ।
बेलायतले पुरानो प्यालेस्टिनमा २५ वर्ष शासन ग¥यो । ती २५ वर्षमा प्यालेस्टिनीहरूमाथि निर्मम ज्यादती ग¥यो । युरोपका यहुदीहरूलाई दनादन प्यालेस्टिनमा बसाइँसराइ गराइयो । यहुदीहरूको अलग्गै देश हुनुपर्छ भन्ने यहुदीवादी सोच राख्ने लडाकु दस्ताहरूलाई बेलायतले हतियार दियो, लडाकु तालिम दियो ।
यहुदी लडाकुहरूका आतङ्कवादी गतिविधिका कारण आजीत भएपछि सन् १९४७ मा बेलायतले प्यालेस्टिनको म्यान्डेटबाट हात झिक्ने निर्णय ग¥यो । उसले प्यालेस्टिन टुक्र्याउने तनाव भर्खर स्थापना भएको संयुक्त राष्ट्रसङ्घको टाउकोमा राखिदियो । यसपछि यहुदीवादीहरूले प्यालेस्टिनी जनतालाई योजना बनाएर हमला गर्न थाले । उनीहरूले व्यवस्थित रूपमा बल प्रयोग गरी प्यालेस्टिनीहरूलाई तिनको पुख्र्यौली भूमिबाट निकाला गर्न थाले ।
यो युद्धको अन्त्यसम्ममा यहुदीवादी गुन्डा दलले १३ हजार प्यालेस्टिनीहरूको हत्या गरे । तिनीहरूले ५३० प्यालेस्टिनी गाउँ र सहरलाई धुलोपिठो पारेर त्यहाँका जनतालाई हटाए । साथै, तिनले कम्तीमा ३० ठाउँमा सामूहिक नरसंहार मच्चाए भने साढे ७ लाख प्यालेस्टिनीहरूको सफाया गरे वा धपाए ।
झन्डै साढे १ लाख प्यालेस्टिनीहरू अझै इजरायलभित्रै पाउ जमाएर बसिरहे । धेरैलाई तिनको वास्तविक थातथलोबाट सारेर इजरायलभित्रै अर्को ठाउँमा राखियो ।
सन् १९४८ मा विस्थापित हुने प्यालेस्टिनी र तिनका सन्ततिमध्ये ५८ लाख आज शरणार्थी छन् । तिनीहरू छिमेकी अरब देशहरूमा बस्न बाध्य छन् ।
इजरायलले खेदिएका प्यालेस्टिनी शरणार्थीहरूलाई कहिल्यै आफ्नो मातृभूमि फर्किन दिएन । प्यालेस्टिनीहरू बस्ने शरणार्थी शिविरहरूमा आक्रमण गरेर इजरायलले प्यालेस्टिनीहरूको जिन्दगी बर्बाद पारिरह्यो । प्यालेस्टिनी शरणार्थी समस्या हाम्रो युगको सबैभन्दा विकराल शरणार्थी सङ्कट हो ।
स्रोत : मिडल इस्ट आइ
अनुवाद : सम्यक
Leave a Reply