विद्यार्थीलाई देश र जनताप्रति समर्पित बनाउन शिक्षकहरू सक्रिय र योग्य हुनुपर्ने
- आश्विन २५, २०८२
भक्तपुर, ३ जेठ । चिनियाँ जनप्रतिनिधि सभाका उपाध्यक्ष सियाओ चिएको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शनिबार भक्तपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको अभिरूचिपूर्वक अवलोकन ग¥यो । उक्त टोलीलाई नेमकिपाका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा स्वागत गर्नुभयो ।
टोलीले दरबार क्षेत्रस्थित कला सङ्ग्रहालय, सुन ढोका, पचपन्न झ्याल दरबार, फसी देगः, टौमढी हुँदै तालाक्वमा अवलोकन ग¥यो ।
भ्रमणको क्रममा उपाध्यक्ष सियाओ चिएले भक्तपुरका मूर्त, अमूर्त सम्पदा र यहाँको पुनः निर्माण अवलोकन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाल–चीन सम्बन्ध र मित्रता युग युगसम्म रहिरहने विश्वास व्यक्त गर्दै दुई देशबिचको संस्कृति आदान–प्रदानलाई व्यापक बनाउनुपर्ने धारणा राख्नुभयो ।
उपाध्यक्ष चिएले २०७२ सालको भूकम्पपश्चात्को पुनः निर्माण र सहकारी गतिविधिबारे पनि विशेष चासो व्यक्त गर्नुभयो ।
अवलोकनपश्चात् सांसद सुवालले पार्टी प्रकाशन, नगर प्रमुख प्रजापतिले नपाका प्रकाशनहरू उपहारको रूपमा प्रदान गर्नुभयो ।
Leave a Reply