नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, ४ जेठ । भक्तपुर जिल्ला बक्सिङ सङ्घको आयोजनामा भारत र पाकिस्तान युद्ध र त्यसले पारेको प्रभावबारे प्रवचन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका ७ नं वडाध्यक्ष तथा नगर खेलकुद समितिका पूर्वसंयोजक उकेश कवांको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि उकेश कवांले चीनमा भएको बक्सर आन्दोलन अध्ययन गर्नुपर्ने बताउँदै युवाहरूलाई अफिमको कुलतमा फसाई चीनलाई साम्राज्यवादी देशहरूले टुक्राटुक्रा गरी उपनिवेश गरेको विरुद्ध खेलाडीहरूले सङ्घर्ष गरेको बताउनुभयो ।
उहाँले खेलाडीहरूले झन् राजनीतिक कुरा बुझ्नुपर्ने बताउँदै खेलकुदबाट आफ्नो देशको झन्डा विदेशमा पनि फहराउने भएकोले खेलकुदलाई अघि बढाउनु आवश्यक छ भन्नुभयो ।
उहाँले जनतालाई शिक्षित पार्न नेमकिपाले प्रकाशनमा जोड दिँदै आएको उल्लेख गर्दैै कामदार जनताले दिनभर काममा व्यस्त हुनुपर्ने भएकोले राती अध्ययन गरेर नयाँ नयाँ कुरा थाहा पाउने बताउनुभयो ।
सन् १९४७ मा भारत स्वतन्त्रता आन्दोलनबाट स्वतन्त्र भएपछि पश्चिमा देशले पाकिस्तान टुक्रा गरेको बताउँदै पाकिस्तानलाई मुक्ति बाहिनीको नाममा पूर्वपाकिस्तानलाई बङ्गलादेशको नाममा टुक्रा गरेको बताउनुभयो ।
उहाँले भारतको मोदी हिन्दूवादी भएकोले फासीवादतर्फ उन्मुख भएको बताउँदै चुनावमा भोटको राजनीतिको लागि युद्ध गरेर देशभक्ति देखाउन पनि दुवै देशले एक अर्काप्रति आक्रमण गर्ने गरेको बताउनुभयो ।
उहाँले संयुक्त राष्ट्र सङ्घले चीन, पाकिस्तान र भारतबिच युद्ध भए विश्वले ठेग्न नसक्ने बताएको कुरा सुनाउँदै युद्धको हतियारमा लगानी गर्नुको सट्टा शिक्षा, स्वास्थ्य र रोजगारमा गरेको भए विश्वको मुहार फेर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ सङ्घका अध्यक्ष रामकृष्ण प्रजापतिले इस्ट इन्डिया कम्पनीबाट छिरेका अङ्ग्रेजहरूले गुलावसिंहको सहयोगमा शिख शासनमाथि विजय प्राप्त गरेपछि राजा घोषित गरेका थिए भन्नुभयो ।
कार्यक्रममा नेपाल बक्सिङ महासङ्घका कोषाध्यक्ष गौतम सुजखुले भक्तपुरको खेलकुद गतिविधि वृद्धि र विकासमा नगर खेलकुद समितिको जग भएको बताउँदै किसान परिवारबाट आएका खेलाडीहरूलाई बाहिर जिल्लामा जाँदा हेलाहोचो गरिने तीतो अनुभव सुनाउनुभयो ।
उहाँले बक्सिङ सङ्घ र खेलाडीहरूको एकताले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी र रेफ्रिहरू तयार भइरहेको बताउनुभयो । कार्यक्रममा सचिव साजन लघु र केदार तुईतुईले पनि बोल्नुभएको थियो ।
Leave a Reply