जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ३६
- असार १२, २०८३
(क्रान्तिकारी नेता हो चि मिन्हको १३५ औँ जन्मदिवसको सन्दर्भमा भियतनामको साम्राज्यवादविरोधी सङ्घर्ष र लडाइँ तथा क्रान्तिकारी महिला नेतृ न्गुयन थि डिन्हबारे सङ्क्षेपमा केही चर्चा – सं.)
भियतनामको पृष्ठभूमि
१८ औँ शताब्दीमा पश्चिमी देशका व्यापारीहरू र धर्मप्रचारकहरू भियतनाम प्रवेश गरे । राजा–महाराजा–जमिनदारहरू जनतामाथि हैकम चलाउन एकआपसमा हानथाप गर्दै भिड्न थाले । व्यापार र धर्मप्रचारको बहानामा भियतनाम छिरेका फ्रान्सेली साम्राज्यवादीहरूले त्यसको फाइदा लिए र आन्तरिक मामिलामा हस्तक्षेप गर्न थाले । उनीहरूले एक राजकुमारलाई सम्राट घोषणा गरे । जनता विरोधमा उत्रिए† जनताको विरोधबाट डराएर राजा–महाराजा–सामन्तहरूले फ्रान्सेली साम्राज्यवादीहरूसामु आत्मसमर्पण गरे । अन्ततः फ्रान्सेली साम्राज्यवादीहरूले भियतनाम कब्जामा लिए र उपनिवेश बनाए । तर, जनताले आत्मसमर्पण गरेनन्† उनीहरू एक्लै साम्राज्यवादीहरूविरुद्ध कैयौँ वर्ष लडे ।
कैयौँ वीरहरूले दशकौँसम्म देशको लागि लडे । ठाउँ–ठाउँमा किसान विद्रोह भए† दमन पनि चर्कियो । किसान विद्रोहबाट तर्सिएका फ्रान्सेली साम्राज्यवादीहरूले क्रान्तिकारी किसानको हत्या गरी लास पोली खरानी बारुदमा मिसाएर पड्काई आक्रोशसमेत पोखे । यद्यपि, वीर किसानहरूले लड्न छोडेनन् ।
हो चि मिन्हको नेतृत्वमा क्रान्ति
वीरहरूको देशमा हो चि मिन्हको जन्म भयो । देशभक्त र शिक्षित परिवारमा सन् १८९० मे १९ मा जन्मनुभएका हो चि मिन्ह सांस्कृतिक स्तर उँचो
भएका देशभक्त हुनुहुन्थ्यो । अत्याचार र गाउँ छाड्न विवश गरिब किसानका दुःख उहाँले सानै उमेरदेखि देख्नुभयो । उहाँमा सङ्घर्षको भावना पनि बलियो गरी हुर्कँदै गयो । सन् १९०८ मा सङ्घर्षको सिलसिलामा एक हजार किसान मारिए† त्यतिबेला उहाँ १८ वर्षको हुनुहुन्थ्यो ।
देशभक्तिपूर्ण परिवेशमा हुर्किएको र वीरतापूर्ण भावना विकास भइरहेको अवस्थामा उहाँले सङ्घर्षको प्रचार साहित्यमार्फत गर्न थाल्नुभयो । त्यसबेला सरकारी विद्यालय र कलेजहरूमा प्रतिक्रियावादीहरूको रजगज थियो । त्यसकारण, २० वर्षको उमेरमा उहाँ देशभक्त बुद्धिजीवीहरूले स्थापना गरेको एक निजी विद्यालयमा शिक्षक बन्नुभयो ।
देशव्यापी सङ्गठन र निश्चित सिद्धान्त नभएका कारण पनि किसान विद्रोह एवम् सङ्घर्षहरू असफल भइरहेका थिए । जब हो चि मिन्हले फ्रान्स, अमेरिका, बेलायतलगायत युरोपेली देशहरूको भ्र

मण गर्नुभयो; साम्राज्यवादी शोषणको दृश्य झनै भयानक देख्नुभयो । यता देशका बुद्धिजीवीहरू जापानको सहयोगले फ्रान्सलाई धपाउने विचार राख्थे । बुद्धिजीवीहरूलाई सम्झाउँदै उहाँ भन्नुहुन्थ्यो, “अघिल्लो ढोकाबाट बाघ बाहिर जाला तर पछाडिको ढोकाबाट ब्वाँसो भित्र पस्यो भने के होला !?”
देश मुक्त बनाउन उहाँ क्रान्तिकारी बाटोको खोजीमा लाग्नुभयो । उहाँले ‘भियतनामको आत्मा’ पत्रिका प्रकाशन गर्न थाल्नुभयो । त्यही समयमा सन् १९१७ मा रुसमा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भयो । त्यस क्रान्तिको प्रभाव संसारभरि पर्न थाल्यो । हो चि मिन्हले पनि आफ्नो देशमा भइरहेको सबै समस्याको समाधान अक्टोबर क्रान्तिमै देख्नुभयो र आफ्नो देशमा पनि क्रान्ति सम्भव छ भन्ने उज्यालो सन्देश जनतालाई दिन क्रान्तिकारी प्रकाशनलाई अझ बढ्ता जोड दिनुभयो । उहाँले माक्र्सवाद–लेनिनवादको गहिरो अध्ययन गर्न थाल्नुभयो; फ्रान्सेली कम्युनिस्ट पार्टीको सदस्य बन्नुभयो । जनतालाई क्रान्तिको निम्ति लड्न प्रोत्साहित गर्न सङ्गठन निर्माणमा जुट्नुभयो । सन् १९२३ मा अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको पाँचौँ सम्मेलनमा सहभागी हुँदा अक्टोबर समाजवादी क्रान्तिका एक नायक स्तालिनसँग उहाँको भेट भएको थियो । चिनियाँ क्रान्ति नायक माओ त्सेतुङ र कोरियाली क्रान्ति नायक किम इल सङसँग पनि उहाँले भेट गर्नुभयो ।
अत्याचारसामु नझुक्ने हो चि मिन्ह साम्राज्यवादविरुद्ध जीवनभर अविराम, अविचलित सङ्घर्षमा लागिरहनुभयो । सङ्ठन विस्तारसँगै सशस्त्र गुरिल्ला सेनामार्फत सङ्घर्षलाई अघि बढा
उनुभयो । सन् १९४५ सेप्टेम्बरमा फ्रान्सेली साम्राज्यवादलाई पराजित गर्दै भियतनाममा गणतन्त्रको स्थापना भयो । तर, प्रतिक्रियावादीहरू चुप बस्दैनन् भनेजस्तै फ्रान्से
ली साम्राज्यवादीहरू अमेरिकी साम्राज्यवादसँगको मद्दतमा आफ्नो साम्राज्य फिर्ता लिन पुनःआक्रमणमा उत्रे । ८–९ वर्षसम्म भयङ्कर युद्ध भयो । दुई साम्राज्यवादी देशविरुद्ध भियतनामी जनताले विजय प्राप्त गरे र हो चि मिन्ह राष्ट्रपति चुनिनुभयो । युद्धमा लज्जास्पद हार व्यहोरेको अमेरिकाले पुनः बदला लिन दक्षिण भियतनाममा युद्ध छेड्यो । दोस्रो विश्वयुद्धमा जति बम खसालेको हो त्यो भन्दा दुई गुणा बढी बम र एजेन्ट ओरेन्ज नामक विषालु ग्यास प्रयोग गरी भियतनामी जनतालाई मार्ने वा भियतनामलाई नै सखाप पार्ने गरी अपराध कर्ममा अमेरिका लाग्यो । अमेरिका भियतनाममा आफ्नो हारको बदला लिनमात्र होइन दक्षिण–पूर्वी एसियामा कम्युनिस्ट प्रभाव वा समाजवाद र साम्यवादको जित होला भन्ने डर–चिन्तामा पनि भियतनाममाथि नृसंस युद्ध अपराधमा उत्रिएको थियो । तर, भियतनामका क्रान्तिकारी सिद्धान्त, नेता र जनताका कारण आफूले लडेका कैयौँ लडाइँमध्ये सबैभन्दा बढी लज्जास्पद हार व्यहोर्दै अमेरिकी साम्राज्यवादले सन् १९७५ मा भियतनामी भूमि छाड्नुप¥यो । युद्ध उत्कर्षमा हुँदा झन्डै १० लाख अमेरिकी सेना भियतनाममा थिए भने झन्डै ६० हजार अमेरिकी सैनिक युद्धमा मारिए; ३ लाखभन्दा बढी सेना घाइते भए । युद्धमा १ अर्ब ५० करोड अमेरिकी डलर खर्च गरेको थियो । यता साम्राज्यवादविरुद्धको लडाइँमा ३२ लाखभन्दा बढी भियतनामी जनताले सहादत प्राप्त गरे । भियतनामी जनताले साम्राज्यवादी अमेरिकालाई ‘कागजी बाघ’ साबित गरिदिए । यसरी तीन करोड भियतनामीको सङ्घर्ष र एकताले नै अमेरिका परास्त भयो ।
क्रान्तिकारी महिला नेतृ न्गुयन थि डिन्ह
तिनै सङ्घर्षशील भियतनामीमध्ये एक हुन् क्रान्तिकारी महिला न्गुयन थि डिन्ह । सन् १९२० मार्च १५ मा भियतनामको बेन्ट्री प्रान्तमा एक गरिब किसान परिवारमा जन्मिएकी न्गुयन थि डिन्ह १० सन्तानमध्ये कान्छी छोरी थिइन् । परिवारमा उनलाई मायाले उट् भनेर बोलाइन्थ्यो । उनी ११ वर्षकी हुँदा किसान विद्रोहमा भाग लिएका दाजु जेल पर्छन् । त्यति सानो उमेरदेखि नै थि डिन्हले धनी किसानको विरोधमा वा आतङ्कको विरोधमा लड्न सुरु गरेकी हुन् । उनका दाजु जेलबाट छुटेपछि सङ्घर्षका विषयमा अझै धेरै कुरा आफ्नी बहिनीलाई सिकाउँछन् । त्यसपछि फ्रान्सेली साम्राज्यवादीहरूविरुद्ध लड्ने भावना उनमा झनै प्रबल हुन्छ । १५ वर्षकै उमेरमा उनी क्रान्तिकारी आन्दोलनमा सक्रिय हुन्छिन्† कम्युनिस्ट पार्टीको प्रचारक र कार्यकर्ता बन्छिन् ।
सन् १९३९ मा फ्रान्सेली उपनिवेशवादी र तिनका पिछलग्गूहरूद्वारा चलाइएको दमनमा सर्वसाधारणलाई पनि गिरफ्तार गरियो । धेरै सर्वसाधारणले अनाहकमा दुःख पाए । सन् १९४० मा विवाह गरेको दुई वर्षमै थि डिन्ह जेल परिन् । उनलाई एकदमै डरलाग्दो घना जङ्गलको कारागारमा थुनियो । यता विवाह गरेको एक वर्षमै श्रीमान् पनि जेलमा थुनिएका थिए र तीन वर्षपछि जेलमै उनको मृत्यु भयो । थि डिन्ह जेल पर्दा उनको छोरा मात्र ६ महिनाको थियो । त्यस समय कारागारमा एक हजार बन्दीमध्ये एक सय जना त महिला नै थिए ।
सन् १९४३ मा मुटुको रोगका कारण उनलाई रिहा गरियो । तर, नजरबन्दमा कोही भेट्न आउँदा उसलाई पनि गिरफ्तार गरिन्थ्यो । त्यतिबेला उनी क्रान्तिकारी सङ्गठनसँग नजिकिन सकेकी थिइनन् तर जनतासँग घनिष्ठ सम्बन्धमा थिइन् । सन् १९४४ मा मात्रै पार्टीका नेताहरूसँग उनी सम्पर्कमा आइन्; यद्यपि, सङ्घर्षमा निरन्तर लागिरहिन् । उनी फ्रान्सेली साम्राज्यवादविरुद्ध सङ्घर्षको अग्रमोर्चामा थिइन् । विद्यालय टाढा भएका कारण कलम समाउन नपाएकी उनले शत्रुहरू
विरुद्ध बेन्ट्री प्रान्तमा हतियार उठाउने पहिलो महिला वा व्यक्ति बनिन् । उनले सन् १९४५ मा देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व नै गरिन् । त्यसबेला शत्रुहरूबाट मुक्त गाउँ नै थएनन्; केही पहाडहरूमात्र मुक्त थिए । त्यस्तो परिवेशमा व्यक्तिगतरूपले जनतामाझ निरन्तर गतिविधि गर्ने थि डिन्ह हो चि मिन्ह भेट्ने, सङ्घर्षको रिपोर्टिङ गर्ने र युद्धका लागि आवश्यक हतियार ल्याउने जस्ता साहसिक काममा पनि सफल हुन्थिन् ।
फ्रान्सेली र अमेरिकी साम्राज्यवादविरुद्ध लडाइँको त्यो समयमा जल–थल–आकाश सबैतिरबाट हमला भइरहेको थियो । कतिपय चिउँडोसम्म पानी आउने सुरुङमा गुप्तरूपले बस्न बाध्य थिए । सुरुङभित्र लुकेका भूमिगत कार्यकर्ता भेटिए त्यहीँ मारिन्थे । क्रान्तिकारीहरू पक्राउ परे तिनलाई मारेर तिनको कलेजो निकालेर बेचिन्थ्यो । न्गुयन पनि पटक–पटक पक्राउ पर्थिन् तर जनताको मद्दत र दबाबले जोगिन्थिन् । यद्यपि, उनलाई कैयौँ पटक निर्दयतापूर्वक पिटियो ।
सन् १९५७ मा जासुसहरूले उनलाई जिउँदै समातेर ल्याउनेलाई पाँच लाख र मार्नेलाई एक लाख नगद पुरस्कार दिने घोषणा गरेका थिए । उनको तस्बिर जहाँतहीँ टाँसिएको थियो । तैपनि, जनताको साथ र सहयोगले नाम र ठेगाना बदल्दै उनी बाँच्न सफल भइन् । उनको जीवन सङ्घर्षबाट जनतासँग एकाकार भइरहनुपर्ने शिक्षा मिल्छ ।
साम्राज्यवादविरुद्धको लडाइँ वा सङ्घर्षको समयमा महिलाहरूले पनि आफ्नो घरमा कहिल्यै सुत्न पाएनन् । शत्रुहरूले लुक्ने खाल्डाहरू पत्ता लगाउँदा रातभर रुखमा सुत्नुपर्ने अवस्था आउँथ्यो । क्रान्तिकारीहरूलाई कसैले आश्रय दिएमा त्यो परिवार नै गिरफ्तारीमा पथ्र्याे र सारा सम्पत्ति नै जफत गरिन्थ्यो । यस्तो समयमा जनतालाई सशस्त्र बनाउने जिम्मेवारी सङ्ठनले थि डिन्हलाई दिएको थियो । उनी कहिले किसान व्यापारीको भेषमा त कहिले कसैको बिरामी छोरीको रूपमा रही सङ्ठनले दिएको जिम्मेवारी र नेतृत्व आफ्नो प्रान्तमा सफलतापूर्वक निर्वाह गरिन् । कैयौँ महिला लडाकुहरू तयार गरिन् । कैयौँ पटक शत्रुको हतियार हात पारेर सङ्घर्ष गर्न पनि सफल भइन् ।
सशस्त्र सङ्घर्ष सँगसँगै राजनीतिक सङ्घर्षलाई अघि बढाउने नारासहित साम्राज्यवादीहरूविरुद्ध लड्ने थि डिन्ह सन् १९६१ मा दक्षिण भियतनामको राष्ट्रिय मुक्ति मोर्चाकी प्रमुख र पछि सेनाकै प्रमुख बन्न सफल भइन् । सन् १९६४ मा उनी मोर्चाकी प्रमुख हुँदै सैनिक कार्यालयकी उपाध्यक्ष र महिला समितिको अध्यक्ष पनि भइन् । युद्धको क्रममा आफ्नो छोरोसमेत मारिँदा पनि उनले देश जोगाउने सङ्घर्ष अनि क्रान्तिमा ऊर्जा छोडिनन् । आफ्नो जीवन सङ्घर्षको क्रममा थि डिन्हले भनेकी थिइन्, “मेरो व्यक्तिगत जीवनमा मैले धेरै दुःख भोगेकी छु तर सङ्ठन र जनताको शिक्षाले मैले आफ्ना दुःख–कष्टमाथि विजय पाउन सकेँ ।”
यसरी साम्राज्यवादविरुद्धको लडाइँमा वा क्रान्तिमा एक साधारण महिलाले पनि सही विचार, सिद्धान्त, सङ्ठन र नेतृत्व पाएमा संसारकै लागि अनुकरणीय बन्न सक्छन् भन्ने उदाहरण न्गुयन थि डिन्ह हुन् । यस्ता करोडौँ भियतनामी जनताको सङ्घर्ष र बलिदानले साम्राज्यवादविरुद्धको लडाइँमा संसारलाई अचम्मित पार्ने गरी भियतनामले विजय हासिल ग¥यो । उसले साम्राज्यवादी र उपनिवेशवादी देशहरू फ्रान्स र अमेरिकालाई कमजोर साबित गरिदियो । अहिले पनि साम्राज्यवादी अमेरिका भियतनामको नाम सुन्ने बित्तिकै थरथर काँप्छ सायद !
Leave a Reply