जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
हेटौँडा, ५ जेठ । वाग्मती प्रदेशसभाको छैटौँ अधिवेशन सोमबार प्रारम्भ भयो । पहिलो बैठक स्वागत तथा शुभकामनामा सीमित भयो । कार्यसूचीमा विधेयक प्रस्तुतिलगायतका कार्यक्रम भए तापनि ती सबै सभामुखले हटाउनुभएको थियो । बजेटमा पक्षपात गरेको र सरकारले एकतर्फी गरेको भन्दै विपक्षीहरूले निरन्तर विरोध गर्दै आएका छन् ।
दलका नेताहरूको तर्फबाट शुभकामना मन्तव्य राख्ने क्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्रदेशसभालाई औपचारिकतामा सीमित गर्न नहुने विचार व्यक्त गर्नुभयो ।
प्रदेश सरकार सुस्त एवं दिशाहीन भएको बताउँदै उहाँले सरकार गम्भीर तथा जिम्मेवार भई प्रस्तुत हुन जति ढिलो हुन्छ त्यति नै बढी प्रत्युत्पादक हुनेछ भन्नुभयो ।
प्रदेशसभा सदस्य गोसाईले प्रदेश सरकार मूर्त योजना र ठोस परिणामका साथ जनताबिच प्रस्तुत हुनुपर्ने विचार राख्दै बजेट बेथितिको पर्याय हुनु, देश वैदेशिक ऋणमा डुब्दै जानुका पछाडि सरकारमा गएका दलहरूको अकर्मण्यता जिम्मेवार भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मन्त्रीहरू स्वयम्ले ‘सिस्टम’ बिग्रियो भनिरहँदा आफ्नो अनुहार ऐनामा हेर्नु बुद्धिमानी हुनेछ ।”
कसैले हँसिया–हथौडा अङ्कित झन्डा बोक्छ भने उसले १ मईको भावना भुल्नु हुँदैन । हामी मई महिनामा सदनमा छलफल गर्दै छौँ, प्रदेश सांसद गोसाईंले भन्नुभयो ।
उहाँले १९ मईको स्मरण गर्दै भन्नुभयो, “सरलता, नैतिकता र स्वाभिमानका धनी हो चि मिन्हको जन्म भएको दिन । संसारका ठुला शक्ति अमेरिकी साम्राज्यवाद तथा फ्रान्सेली उपनिवेशहरूलाई परास्त गरी भियतनामलाई स्वतन्त्र एवं मुक्त गर्न उहाँले नेतृत्व गर्नुभयो । हाम्रा निम्ति भियतनामी जनताका प्रिय नेता हो चि मिन्ह प्रेरणादायी हुनुहुन्छ ।”
वाग्मती प्रदेश सरकारले आशा जगाउन नसकेको दृष्टान्त प्रस्तुत गर्दै सांसद गोसाईले आजसम्मका सरकारहरूमा इमानदारी तथा गम्भीरताको अभाव छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) कोसी प्रदेश पुग्नुभई शासक दलहरूले अहिलेकै व्यवस्था, अवस्था, सोच–शैलीमा सबै एउटै सरकारमा गए पनि तात्विक परिवर्तन ल्याउन नसक्ने बताउनुभयो । होइन भने शासक दलहरूले काम, व्यवहार र परिणामबाट जनतालाई चित्त बुझाऊन् ।”
प्रदेशसभाको अर्को बैठक मङ्लबार ११ बजे बस्ने तय गरिएको छ ।
Leave a Reply