नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
सन् १९८७ सेप्टेम्बर १ मा ब्रायन विल्सनलाई रेलले कुल्चियो; उत्तर क्यालिफोर्नियाको कनकोर्ड जलसेना हतियार स्टेसनमा । उनी कोन्ट्रा समूहलाई अमेरिकाले पठाउन तयार पारिएको हतियारबद्ध पानीजहाजलाई रोक्न खोज्दै थिए । कोन्ट्रा समूह अमेरिकी गुप्तचर निकाय ‘सीआईए’ को प्यादा थियो । त्यो बेला निकारागुआको सान्डानिस्टा सरकारसँग लड्दै थियो दक्षिणपन्थी प्रतिक्रान्तिकारी समूह कोन्ट्रा ।
(टिपोट १ : सान्डानिस्टाहरू वामपन्थी थिए । उनीहरूले भ्रष्ट तानाशाह सामोजाको सत्ता ढलाएर सन् १९७९ मा देशमा क्रान्ति गरेका थिए । सान्डानिस्टाका नेता डेनियल ओर्टेगा निकारागुआमा राष्ट्रपति छन् ।)
विल्सनले दुवै खुट्टा गुमाए र उनको दिमाग खल्बलियो ।
पछि चमत्कार भयो । उनी तङ्ग्रिए । निकारागुआमा उनलाई राष्ट्रिय नायकलाई जस्तै सम्मान गरियो । तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनकी छोरी प्याटी डेभिसले उनीसित लिखित माफी मागिन् । प्याटी आफ्नो बुबाको ‘चरम सान्डानिस्टाविरोधी सोच’ र ‘कोन्ट्राहरूलाई मुक्ति योद्धा भनिरहने बेढङ्गी’ रवैयाबाट आजित थिइन् ।
गत मार्च २ मा विल्सनले ‘निकारागुआ ऐक्यबद्धता गठबन्धन’ ले आयोजना गरेको जुम वेबिनारमा बोले ।
विल्सनले राजनीतिमा चासो नलिने युवादेखिका घटनाको वर्णन गरे । उनी जन्मेका थिए न्युयोर्कको एक दक्षिणपन्थी परिवारमा । तर, पछि उनी आजीवन शान्ति अभियन्तामा फेरि । उनले जीवनका सुनौला दिनहरू निकारागुआमा बिताए । त्यहाँ उनले निकारागुआको क्रान्ति र त्यहाँका जनताप्रति ऐक्यबद्धता जनाइरहे ।
विल्सनले आफ्ना बुबाबारे बताए । उनका बुबा आफूलाई पुनर्जन्म पाएको व्यक्ति भन्थे । उनी एभेन्जेलिकल धर्ममा विश्वास गर्थे । उनी जातिवादी सङ्गठन बर्च सोसाइटी, कु क्लक्स क्लान र अमेरिकी नाजी पार्टीका सदस्य थिए । घर यी तीन सङ्गठनका राजनीतिक पर्चाले भरिन्थ्यो । त्यही घरमा हुर्केका थिए विल्सन ।
किशोर उमेरमा विल्सन खेलकुद रुचाउँथे । राजनीतिमा उनको खासै चासो थिएन । सन् १९६४ मा उनी पुरेत विद्या पढ्दै थिए । त्यही बेला उनलाई आफू साथीहरूभन्दा अलि अलग लाग्यो । क्रिस्चियन धर्मका विभिन्न पक्षबारे उनले प्रश्न गर्न थालेका थिए । त्यसैले, साथीहरूभन्दा अलि स्वतन्त्र चिन्तक थिए उनी ।
विल्सनले कानुनमा डिग्री गर्ने निधो गरे । उनले वासिङ्टन डिसीको जेलमा नोकरी गर्न थाले । जेलमा एउटा अश्वेत मुसलमान समूह सक्रिय थियो । उनी त्यसका बैठकहरूमा जान थाले । ती बैठकले उनको सोचाइ बदलिन थाल्यो । ती मुसलमानहरू आफ्ना पुर्खाबारे कुरा गर्थे† आफ्ना पुर्खालाई बिच बजारमा मारिएको वर्णन गर्थे । यस्ता कुराले विल्सनको दिमागको घन्टी बज्यो । उनी सुन्दर–शान्त गोरो टोलमा हुर्केका थिए । त्यसैले अमेरिकाको जातिवादी धर्मान्ध इतिहासबारे कहिल्यै सुनेका वा पढेका थिएनन् ।
जेलमा विल्सनको दिमागमा अर्को घन्टी बज्यो । जेलमा विल्सनका गुरु थिए वर्गीकरण विभागका निर्देशक । दोस्रो विश्वयुद्धको अन्त्यतिर उनी इटलीमा गुप्तचर अधिकारी थिए । आफ्नो अनुभव उनले विल्सनलाई सुनाए । उनले तिनताका अमेरिकी सैन्य अफिसरहरूले ‘ड्रग’ तस्करी गर्न इटलीका माफिया तथा अन्य गिरोहसँग मिलेर काम गर्ने गरेको बताइदिए ।
(टिपोट २ : विल्सनका गुरुले माफियाका बोस विटो जेनोभेजलाई सकुशल अमेरिका पठाउन सुरक्षाको जिम्मा लिएका थिए । जेनोभेजले दोस्रो विश्वयुद्धमा फासीवादविरुद्ध लड्न मित्रराष्ट्रहरूलाई सघाएका थिए ।)
गुरुको अनुभव सुनेर विल्सनको कलिलो दिमागमा भुर्इँचालो गयो ।
भियतनाम युद्ध सुरु भयो । अनिवार्य भर्तीको प्रावधान थियो ।
विल्सनलाई सेनामा भर्ती गरियो । बन्दुकको सङ्गीन चलाउने तालिम दिने बेला उनले त्यसमा भाग लिन अस्वीकार गरे । यसले गर्दा युनिटमा उनी विद्रोही जस्ता बने ।
विल्सनलाई वायुसेनामा राखियो । त्यसपछि सन् १९६९ अप्रिल १४ को दिन उनलाई दक्षिण भियतनामको गाउँमा पठाइयो । हालसालै अमेरिकाले गरेको बमबारी सफल–असफल के भयो भनी जाँचबुझ गर्ने काम थियो उनको ।
गाउँमा विल्सनले जे देखे त्यसले उनको जीवन सदाका लागि फेरिदियो ।
४५ मिनेटअघि मारिएका १२० देखि १५० जनाको लास हेरेपछि उनको दिमाग घुम्यो । उनलाई थकथकी लाग्यो ।
एक ठाउँ एक युवतीको लासलाई उनका तीन बच्चाबच्चीले घेरिरहेका थिए । युवतीका आँखाका ढकनी नेपाम बमले जलेका थिए । उनको आँखामा एकप्रकारको चमक थियो । त्यो चमक आफूले कहिल्यै नबिर्सिने विल्सनले बताए ।
त्यो क्षण विल्सनले जुन जीवनबोध गरे त्यसलाई पचाउन आफूलाई २० वर्ष लागेको उनले बताए । मारिने युवती आफ्नै मिथकीय दिदीझैँ लाग्यो विल्सनलाई । आज पनि आफूले ती दिदीसँग कुराकानी गर्ने र विभिन्न विषयमा उनको विचार सोध्ने गरेको विल्सनले बताए ।
विल्सनलाई अर्को बोध भयो – उनी भियतनामका बासिन्दा होइनन् ।
पछि अलि इतिहास पढ्दै जाँदा उनले चाल पाए – अमेरिकी युद्ध खासमा पश्चिमा साम्राज्यवादको ५०० वर्ष पुरानो युद्धकै सिलसिला हो । आजभोलि त्यसलाई ‘विश्वव्यापीकरण’ भनिन्छ । यही युद्धको बलमा पश्चिमाहरूले विश्वभरिका जनताबाट तिनको जग्गाजमिन र प्राकृतिक स्रोतसाधन खोसे । प्रतिरोध गर्न खोज्नेहरूलाई पश्चिमाहरूले बुटले कुल्चे र निर्ममतापूर्वक मारे ।
लासहरू हेर्दाहेर्दै विल्सनका आँखाबाट आँसुको भल बग्यो । त्यसपछि उनी सहकर्मी दक्षिण भियतनामी कर्नेलतिर फर्के । विल्सनलाई देखेर त्यो कर्नेल जोडजोडले हाँस्न थाल्यो ।
कर्नेलले विल्सनलाई ‘किन रोएको ?’ भनी सोध्यो । त्यसपछि उसले ‘मारिनेहरू कम्युनिस्ट हुन् त्यसैले विल्सन तिमी खुसी हुनुपर्छ’ भन्यो ।
विल्सनलाई लाग्यो मारिनेहरू कम्युनिस्ट/अकम्युनिस्ट जे भए पनि मान्छे हुन् । यस्तो भयावह तरिकाले मारिएकोमा सबैजना दुःखी हुनुपर्ने उनको भित्री मनले भन्यो । फेरि मारिनेहरू धेरैजसो महिला र बालबच्चा थिए । (आज विल्सनले राम्ररी बुझेका छन् – भियतनामी कम्युनिस्टहरू वास्तवमा देशभक्त थिए र उनीहरू आफ्नो समाजलाई समतामूलक ढङ्गले बदल्न चाहन्थे ।)
त्यसपछि भियतनाममा विल्सनले दोस्रो जिम्मेवारी पाए । उनी तान सोन न्हुत हवाइ अड्डामा जानुपर्ने भयो । त्यहाँ उनले अमेरिकी वायुसेनाको बमबारीबारे अध्ययन गरे ।
रिपोर्टहरूमा ठुलो सङ्ख्यामा तथाकथित भियतकङहरू मारिएको उल्लेख हुन्थ्यो । तर, विल्सन स्पष्ट थिए । मृतकको सूचीमा भियतकङ लेखिने धेरै मानिस वास्तवमा सर्वसाधारण थिए । तिनले भियतकङलाई समर्थन गरे/नगरेको दुवै हुन सक्थ्यो । भियतनामी सङ्गठन ‘राष्ट्रिय मुक्तिमोर्चा’ का नेता–कार्यकर्तालाई हेला गरेर ‘भियतकङ’ भन्ने चलन थियो ।
विल्सनले स्पष्ट देखे – सर्वसाधारण गाउँलेहरूलाई मार्दै तिनको लासलाई भियतकङ भनी गन्ती गर्नु नै अमेरिकी नीति थियो । त्यसबेला अमेरिकी राष्ट्रपति थिए रिचर्ड निक्सन । आफ्नो भियतनाम नीतिलाई उचित ठह¥याउन निक्सन धेरैभन्दा धेरै लास चाहन्थे । त्यसैले सेनाले उनलाई धेरैभन्दा धेरै लास दिइरह्यो ।
भियतनाममा देखेको कहालिलाग्दो दृश्यले विल्सनलाई आजीवन शान्ति अभियन्ता बनाइदियो ।
अमेरिका फर्केपछि विल्सनले कानुनमा स्नातक गरे । उनले वकालतको काम गरे । उनले भियतनाममा अमेरिकाले गरेका काला कर्तुत हेरेर आएका थिए । त्यसैले न्यायाधीशको बेन्चमा अमेरिकाको झन्डा फहराइरहेको उनलाई ‘हजम’ भएन ।
विल्सनले अर्कै जागीर गरे । उनी म्यासाच्युसेट्सको ग्रिनफिल्डमा रहेको भेटरान सेवा केन्द्रका निर्देशक बने । त्यहाँ पूर्वलडाकुहरूको आत्महत्या दर एकदम उच्च थियो ।
सन् १९८० को दशकको आधाआधी थियो । विल्सनले अमेरिकाको आडमा एल साल्भाडोर र निकारागुआमा भइरहेका अत्याचारका रिपोर्ट पढ्न थाले । भियतनाममा आफ्नै आँखाले देखेका घटनाहरू दोहोरिएझैँ लाग्यो उनलाई ।
ती रिपोर्टहरू आज पनि पुरानो वामपन्थी ‘गार्जियन’ पत्रिकामा पढ्न पाइन्छ । त्यसबेलाका मूलधारे मिडिया त्यसबेला पनि चुपचाप थिए ।
विल्सनले स्पेनी भाषा पढ्न छात्रवृत्ति पाए । त्यसैले, सन् १९८६ को जनवरीमा उनी निकारागुआको एस्तेली सहर गए । त्यहाँ रहँदा–बस्दा कोन्ट्रा लडाकुहरूले तीनवटा कृषि सहकारीमा आक्रमण गरे र एघार किसानलाई मारे ।
एस्तेलीको चिहानघाटमा ५/६ वटा लास ल्याएको देखेपछि विल्सनको आँखाअगाडि भियतनाम झलझली आयो ।
उनी उदास भए; रिसाए । उनले सोचे, “यही तालले जित्ने हो पश्चिमले !”
सन् १९८६ र १९९० बिच विल्सन १५ पल्ट निकारागुआ पुगे । निकारागुआको क्रान्ति र त्यहाँका जनताले मोहनी लगाएझैँ उनी लुरुलुरु त्यहाँ गइरहे । सन् २०१४ मा उनी स्थायीरूपमै निकारागुआ गए । सान्डानिस्टा क्रान्तिका नेता राष्ट्रपति डेनियल ओर्टेगाले उनलाई स्थायी बसोबासका लागि निम्तो पठाएका थिए ।
अमेरिकी मिडियामा निकारागुआलाई सधैँ तानाशाही देश भनी चित्रण गरिन्छ । त्यसको उल्टो विल्सन निकारागुआलाई बलियो क्रान्तिकारी र सघाउपघाउको भावना भएको खुला समाज भन्छन् । त्यहाँ सरकारले जनतालाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिनुलाई आफ्नो परम कर्तव्य मानेको विल्सन बताउँछन् ।
निकारागुआ बसाइ सर्नुअघि विल्सन ओरेगन राज्यको पोर्टल्यान्डमा बसिरहेका थिए । एक दिन अनौठो घटना घट्यो । उनी एउटा स्वास्थ्य चौकीबाट बाहिरिँदै थिए । सँगैको एउटा व्यक्तिले क्यासियरलाई भन्यो, “इराकमा हामीले यी सान्डा–कालेहरूलाई मार्नुपर्छ ।” उसले इराकीहरूलाई सान्डानिस्टा र अश्वेतको उपमा दिएको थियो । अमेरिकामा ‘सान्डानिस्टा’ र ‘अश्वेत’ अपमानसूचक शब्द बनेको देखेपछि विल्सनले देश सर्ने मन बनाए ।
त्यही बेला अमेरिकी संस्कृतिमा जातिवाद र साम्राज्यवादका जरा कति गहिरो गरी गढेका रहेछन् भन्ने उनले महसुस गरे । बरु कुनै असाम्राज्यवादी देशमा बसेमा राजीखुसी बाँच्न सकिएला भन्ने लाग्यो उनलाई । स्पेनी भाषा उनले कहिल्यै राम्रोसँग सिकेका थिएनन् । तैपनि, जातिवादी र साम्राज्यवादी संस्कृतिबाट पर बस्न पाए फरक संस्कृतिका मानिससँग पनि घुलमिल हुन सक्छु जस्तो लाग्यो उनलाई ।
अमेरिकामा पनि धेरै असल मानिसहरूसँग चिनापर्ची थियो विल्सनको । तर, अमेरिकी संस्कृति भित्रभित्र रोगी थियो । किनभने, जनतालाई भौतिक श्रीसम्पत्ति जोर्नुलाई नै सर्वोपरी ठान्न सिकाइएको थियो । प्रचारमाध्यमले सामूहिक ऐक्यबद्धता र मानवीय समानुभूतिलाई हेय बनाएर प्रचार गर्थे ।
शासक वर्गलाई जनताको भावनासँग सरोकार छैन । जनतालाई जानाजान अज्ञानी राख्छन् । जनता अज्ञानी भएपछि तिनलाई कसैले औँलो ठड्याउन वा प्रश्न गर्न सक्दैन ।
विल्सन आफै पनि सुशिक्षित थिए । स्नातकोत्तरको डिग्री थियो । आधाआधी कानुन पनि पढेका थिए । त्यति नै बेला उनलाई भियतनाम पठाउन सेनामा भर्ती गरियो । तर, उनलाई भियतनामबारे रिठ्ठो थाहा थिएन । उनलाई आफ्नै देश र त्यसको कालो इतिहास पनि थाहा थिएन ।
भियतनामको विषयमा आफू अज्ञानी छु भन्ने थाहा भएपछि उनले अन्य व्यक्तिबाट सकेसम्म धेरै कुरा सिक्ने निधो गरे ।
विल्सन ट्रम्पको चुनावी विजय अमेरिकी जनताको लागि ‘बरदान’ हुनसक्ने देख्छन् । ट्रम्प दुस्ट र आफ्नो गुण गाउने शैलीका छन् । त्यसैले धेरै मानिसले उनलाई खप्न सक्ने छैनन् । अमेरिकी जनता आफ्नो सरकार र सत्ताको प्रकृतिबारे आलोचनात्मक बन्दै छन् ।
यसले अमेरिकामा पुनः वास्तविक वामपन्थी आन्दोलनको जग निर्माण गर्न सक्छ । भियतनाम, निकारागुआलगायत विश्वका धेरै देशलाई दीनहीन अवस्थामा पु¥याउने अमेरिकाका साम्राज्यवादी नीति तथा पुँजीवादलाई त्यो आन्दोलनले चुनौती दिन सक्छ ।
स्रोत : कोभर्ट एक्सन
अनुवाद : सम्यक
Leave a Reply