विदेश अध्ययनबाट फर्केर नेपालको सेवा गर्ने भावना सबैसँग हुनु आवश्यक
- जेष्ठ ८, २०८३
प्रतिनिधिसभा सदस्य निर्वाचन भएको झण्डै तीन महिना र राष्ट्रिय सभा सदस्य निर्वाचन भएको एक महिनापश्चात आइतबार दुवै सभाका सदस्यहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरे ।
लामो समयसम्म चलेको संक्रमणकालीन राजनीतिक अवस्थाको अन्त्य गर्दै नयाँ संविधानले परिकल्पना गरेका सबै राजकीय निकाय आइतबारबाट औपचारिक रुपमा पूर्ण भएको छ । नेपाली जनतासँग नवोदित राजनीतिक प्रणालीसँग अपेक्षाको आकार पनि विशाल छ । कुनै पनि देशमा राजनीतिक आन्दोलन र परिवर्तन स्वाभाविक र नियमित प्रक्रिया हो । कुनै पनि राजनीतिक आन्दोलन ‘अन्तिम’ हुने गर्दैन । शासक दलहरुले ‘अब राजनीतिक आन्दोलनको समय सकियो, समृद्धि र विकासको युग शुरु भयो’ भन्नु आफ्नो शासनसत्ता जोगाउने राजनीतिक चलाखी मात्र हो । वास्तवमा राजतन्त्र अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु सम्पूर्ण खालका राजनीतिक सङ्घर्षको अन्त्य हुनसक्दैन । जनताको चेतनास्तर, आवश्यकता र समाजको विकासक्रमअनुसार नयाँ युग स्थापनाका लागि फेरि पनि राजनीतिक आन्दोलनहरु भइरहनेछन् । देश विकसित र समृद्ध भए पछि राजनीतिक आन्दोलन नहुने कुरा असत्य हो । संसारका विकसित र समृद्धि देशहरुमा आज पनि राजनीतिक आन्दोलनहरु भइरहेका छन् ।
राजनीतिक आन्दोलनकै कारण कुनै पनि देश विकास र समृद्ध नहुने पनि होइन । मानिसलाई जसरी उमेर र मौसमअनुसार आवश्यक पर्ने लुगा फरक–फरक खालका हुन्छन्, त्यस्तै परिवर्तित समयअनुसार राजनीतिक बन्दोबस्त र शासकहरु पनि बद्लिने गर्दछन् । तसर्थ अहिले स्थापित राजनीतिक प्रणाली अजम्बरी हुने कुरा र वर्तमान संविधान सर्वकालीक हो भन्ने प्रचारबाजी आजको शासक वर्गको प्रचारबाजी मात्र हो, सत्य होइन ।
संक्रमणकालको नागबेली राजनीतिक यात्रापश्चात बनेको राजनीतिक प्रणालीप्रति नेपाली जनताको अपेक्षा भने धेरै ठूलो हुनु स्वाभाविक हो । नेपाली जनताको आशाका क्रमावली भने धेरै लामै होला, तर कम्तीमा नेपाली जनताले जे जति कारणले आजको राजनीतिप्रति व्यक्त गर्ने गरेका असन्तुष्टि छन्, तिनको समाधान गर्न सके उनीहरुका धेरै अपेक्षा स्वभावतः पूरा हुने अवस्था छ । राजनीति विकृति मुक्त भएपश्चात देश विकसित हुने बाटो खुल्ने गर्दछ ।
शासक दलहरु हिजोका सबै विकृति र समस्याको दोष राजनीतिक अस्थीरतालाई दिने गर्दछन् । आज जनताले एमाले–माओवादी राजनीतिक गठबन्धनलाई आवश्यक गणितीय बहुमत दिएर त्यो राजनीतिक अस्थीरताको समस्या समाधान गर्ने बाटो पनि खोलिदिएका छन् । अब साँच्चै तिनीहरुले भनेजस्तै राजनीतिक अस्थीरता नै देश विकास नहुनुको कारण हो वा होइन भन्ने कुराको परीक्षण शुरु भएको छ । त्यही कारण मात्र देश विकास नभएको भए जनताले दिएको बहुमतलाई सम्मान गर्दै उनीहरुसँग देशलाई उनीहरुले जनतालाई दिएको आश्वासनअनुसार नै विकास र समृद्धिको बहार ल्याउनु बाहेक विकल्प छैन । नत्र उनीहरुले बोलेका कुरा जनतालाई झुक्याउने धुर्ततामात्र सावित हुनेछ ।
Leave a Reply