भर्खरै :

कक्षा १० का बिच ‘सकारात्मक सोच’ विषयक कार्यक्रम

कक्षा १० का बिच ‘सकारात्मक सोच’ विषयक कार्यक्रम

भक्तपुर, ८ जेठ । संस्थागत विद्यालय सङ्घ, नेपाल इसानको आयोजनामा कक्षा १० मा अध्ययनरत विद्यार्थीबिच सकारात्मक सोच विषयक कार्यक्रम इसानका अध्यक्ष प्रेमजन थापाको प्रमुख आतिथ्यमा बिहीबार भक्तपुरमा सम्पन्न भयो । प्रत्येक वर्ष एसईईको सुरुवातसँगै गरिने विषयगतरूपमा गरिने उक्त कार्यक्रम यस वर्षको सुरुमै गरिएको जानकारी गराउँदै पूरै वर्ष राम्रोसँग अध्ययन गर्न उहाँले सझाउनुभयो ।
वर्षभरिकै अध्ययनमा लगाव र सकारात्मक सोच तथा रुचि अभिवृद्धिका लागि पोजेटिभ भाइब्रेसनसम्बन्धी एकदिने कक्षा सञ्चालन गरिएको इसानका महासचिव एवं विद्या आर्जनका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले बताउनुभयो ।
लकडाउनपछि विद्यार्थीमा बढिरहेको मोबाइल मोह र पढाइमा अरुचि तथा त्यसले मस्तिष्कमा पारेको प्रभावलाई सुधार गरी पढाइप्रति लगनशील बनाउन आयोजित कार्यक्रम तालिमको संयोजक एवं प्राइम एकेडेमीका प्रिन्सिपल कर्णबहादुर प्रजापतिले सञ्चालन गर्नुभएको थियो ।
इसानको जिल्ला अध्यक्ष हिमालयन ग्लोरीका प्रिन्सिपल कृष्णराम त्वानाबासुले पढाइप्रतिको रुचिले विद्यार्थीको जीवन परिवर्तन हुने बताउनुभयो ।
कार्यक्रमका आकर्षक स्रोतव्यक्ति प्रित्तम पौडेलले दिनुभएको ऊर्जा, सामाजिक क्षमता, स्वयम् सक्षमता, समय व्यवस्थापन एवं लगावको महत्व विषयको वचन सहयोगी विद्यार्थीले अभिरुचिपूर्वक श्रवण गरेका थिए । २७० जना विद्यार्थी सहभागी भएको उक्त कार्यक्रममा विद्यार्थीहरूले अनुभव साटासाट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *