समुद्रबाट चीनको ‘ग्राभिटी–१’ रकेट प्रक्षेपण, नौ उपग्रह अन्तरिक्षमा
- भाद्र ३१, २०८३
कोराक, १० जेठ । जनताका साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘जनताको साहित्य र साहित्यकार’ पुस्तकको अध्ययन गोष्ठी कार्यक्रम राप्ती नपास्थित कोराकमा शनिबार सम्पन्न भयो ।
जुनेली साहित्य समाज, चितवनको आयोजनामा भएको सो कार्यक्रममा नेपाल मजदुर किसान पार्टी जिल्ला समिति, चितवनका अध्यक्ष हरिप्रसाद दुवालले समाजझैँ साहित्य पनि वर्गीय हुने उल्लेख गर्दै मजदुर–किसान र कामदारवर्गको पक्षमा कलम चलाउनुपर्छ भन्नुभयो ।
अध्यक्ष दुवालले कामदारवर्गको समस्या, पीडा, दुःख, अभाव आदि बुझ्न उनीहरूकै गाउँबस्तीमा गएर घुलमिल हुनुपर्ने र जनताको साहित्य रचना गरेर प्रचार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय कामदारवर्गका साहित्यहरूको अध्ययन र छलफल गरी साहित्य रचना गरेमा साहित्य स्तरीयको साथसाथै जनताको साहित्यकार बन्न सफल हुने बताउनुभयो ।
उहाँले जनताको साहित्यकारले लेखेमा मात्र समाजवादी गणतन्त्र स्थापनामा टेवा पुग्ने भएकोले साहित्यिक गतिविधिहरू बढाउनुपर्छ भन्नुभयो ।
सो कार्यक्रममा विष्णु शर्मा, मोहनबहादुर प्रजा, सुमित्रा महतो, अस्मिता गुरुङ, अर्जुन प्रजा, मोहन चेपाङ, प्रकाश चेपाङ, सावित्री चेपाङलगायतले आ–आफ्नो विषयमा बोल्नुभएको थियो ।
Leave a Reply