भर्खरै :

सामूहिक साकोसको समीक्षा बैठक सम्पन्न

सामूहिक साकोसको समीक्षा बैठक सम्पन्न

भक्तपुर, १० जेठ । सामूहिक साकोस बोलाछेँ – ३ भक्तपुरको आ.व. २०८१/८२ को तेस्रो त्रैमासिक समीक्षा बैठक शुक्रबार संस्थाका अध्यक्ष राजाभाइ भेले श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो ।
कार्यक्रममा सचिव सञ्जय जोन्छेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थाका व्यवस्थापक रवीन्द्र घिमिरेले संस्थाको आर्थिक विवरण तथा सम्पन्न कार्यक्रमबारे जानकारी दिनुभएको थियो ।
संंस्थाका अध्यक्ष भेलेले समष्टिगतरूपमा भएका नीतिलाई आवश्यकताअनुसार समायोजन गर्दै जाने, खराब ऋण असुलीमा जोड दिने र आगामी दिनका लागि महत्वपूर्ण कार्यहरू सम्पन्न गर्न सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
विभिन्न व्यक्तिले आ–आफ्नो धारणा व्यक्त गरेको उक्त कार्यक्रममा सञ्चालक समिति, लेखा समिति, उपसमिति र कर्मचारीहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *