भर्खरै :

पाठेघर र स्तनसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

पाठेघर र स्तनसम्बन्धी स्वास्थ्य शिविर सम्पन्न

भक्तपुर, १० जेठ । भनपा वडा नं ५ को आयोजना तथा ख्वप अस्पतालको सहयोगमा पाठेघर तथा स्तन क्यान्सरसम्बन्धी एकदिने स्वास्थ्य शिविर सम्पन्न भयो ।
महिलाहरूको संवेदनशील स्वास्थ्य बनोट र क्यान्सरको फैलँदो प्रवृत्तिलाई मध्यनजर राखेर भक्तपुर नगरपालिकाले महिलाहरूलाई लक्षित गरी शिविरको आयोजना गर्दै आएको हो ।
शिविरमा वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले पाठेघरको मुख र स्तन क्यान्सरसम्बन्धी विभिन्न अध्ययन अनुसन्धानले यसका कारण र निवारणबारे नयाँ नयाँ तथ्य तथ्याङ्कहरू बाहिरिने क्रम जारी नै भएकोले हामी अझ सजग रही यस्तो शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गराउन पाए यस रोगबाट मुक्त हुनसक्ने बताउनुभयो । रोगबाट मुक्त हुन औषधि उपचारमात्र पर्याप्त नहुने बरु आफ्नो जीवनशैली र खानपानमा पनि हेरचाह गर्नुपर्नेमा उहाँले सबैलाई सजग तुल्याउनुभयो ।
समाजसेवी पूर्णगोपाल राजचलले भक्तपुर नगरपालिकाले विगतदेखि नै जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी लाय्कुको एउटा सानो कोठाबाट जनस्वास्थ्य क्लिनिक सञ्चालन गरी सेवा पु¥याउँदै आज १०० शøयाको ख्वप अस्पताल स्थापना गरी सेवा प्रदान गरिहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले जनताकोे मत पाएका जनप्रतिनिधिहरूले जनताकै सेवामा शिक्षा र स्वास्थ्यमा प्राथमिकता राखेको बताउनुभयो । भक्तपुर आज सुशासन र जनताको सेवाका लागि नमुना सहर कहलिँदै गएको उहाँले बताउनुभयो ।
कार्यक्रममा महिला सदस्य सरिना द्योला र राजमती लवजुले पनि बोल्नुभएको थियो ।
सो शिविरमा वडा ५ का जनप्रतिनिधि र कर्मचारी तथा सबै स्वास्थ्य स्वयंसेवीहरूको सहभागिता थियो । सो शिविरमा १२० जना वडा महिला दिदीबहिनीहरूले स्वास्थ्य परीक्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *