आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
काठमाडौँ, १० जेठ । इतिहास, पुरातत्व र संस्कृतिका क्षेत्रमा योगदान पु¥याउनुभएको धनबज्र बज्राचार्यका कान्तिपुर, भक्तपुर र ललितपुरको अभिलेख यथाशीघ्र छापिनुपर्नेमा जोड दिइएको छ ।
बज्राचार्यको जन्मजयन्तीका अवसरमा शनिबार ज्ञानगुन साहित्य प्रतिष्ठान, धनबज्र बज्राचार्य शोधसम्मान कोष, ज्ञानगुन प्रकाशनलगायत संस्थाले आयोजना गरेको कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. त्रिरत्न मानन्धरले बज्राचार्यले खोजी गर्नुभएका कान्तिपुर, भक्तपुर र ललितपुरका शिलालेख छापिएपनि अभिलेख छापिन बाँकी रहेका जानकारी दिनुभयो । यी कृति यथाशीघ्र छापेर पाठकसामु ल्याउनुपर्ने उहाँको भनाइ छ ।
संस्कृतिविद् प्रा.डा. पुरूषोत्तमलाल श्रेष्ठले बज्राचार्यकै प्रेरणाले आफूले भक्तपुरको वैज्ञानिक पक्षका बारेमा अध्ययन, अनुसन्धान गरेको जानकारी दिनुभयो । आफूले भक्तपुरको इतिहास, पुरातत्व र संस्कृतिका विविध पक्षको बारेमा खोजी गरेको उहाँले सुनाउनुभयो । बज्राचार्यले लिच्छवीकाल, मध्यकाल र आधुनिक कालको प्रामाणिक इतिहास लेखेको समेत संस्कृतिविद् श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्वन्यायाधीश शेषराज शिवाकोटी, जडिबुटी विज्ञ तीर्थबहादुर श्रेष्ठ, डा पार्थिवेश्वर तिमल्सिना, मुकेश चालिसेलगायत वक्ताले बज्राचार्यले नेपालको मूर्त, अमूर्त सम्पदाको संरक्षण एवं प्रचारप्रसारमा पु¥याउनुभएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा विभिन्न लेखकका १७ वटा पुस्तक विमोचन गरिनुका साथै विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
Leave a Reply