भर्खरै :

नागढुङ–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

नागढुङ–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

काठमाडौँ, १० जेठ । नागढुङ–नौबिसे सडकखण्ड शनिबारदेखि दिउँसो साढे ४ घण्टा बन्द भएको छ । सडकखण्ड नारायणगढ–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले निर्माण कार्यका लागि बन्द गरेको हो ।
काठमाडौँ र धादिङ जिल्ला प्रशासनको समन्वयमा यो निर्णय भएको हो, र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध छ । शनिबारदेखि जेठ २५ गतेसम्म बिहान १०ः ३० बजेदेखि अपराह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिनुभयो । आयोजनाले नागढुङ–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ ।
नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौँबाट जाने सवारी साधन नागढुङमा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ ।
प्रहरीले विकल्पमा धार्के–सीतापाइला तथा टोखा–छहरे ‘त्रिशुली’ गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *