छानबिन आयोगको जेनजी आन्दोलनबारे सम्बन्धित पदाधिकारीसँगको बयानको सार सङ्क्षेप – ३
- बैशाख ५, २०८३
काठमाडौँ, मार्च २६ । युक्रेनले रुसी नागरिक पूर्वाधारमाथि ड्रोन कारबाही गर्ने प्रयास गरेको हुनाले मस्कोले युक्रेनी सैनिक इलाकाहरूमा जवाफी हमला गरेको क्रेमलिनका प्रवक्ता दिमित्री पिस्कोभले बताएका छन् ।
गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबिच युक्रेन द्वन्द्व समाधान गर्ने विषयमा फोन वार्ता भएपछि युक्रेनले रुसविरूद्ध आक्रमण चर्काएको थियो ।
रुसी रक्षा मन्त्रालयले जनाएअनुसार किभले गत मङ्लबारदेखि शुक्रबारसम्म मात्र सयाँै ड्रोन रुसी सरहदभित्र पठाएको थियो । सोमबार दिनभरिमा १५० भन्दा बढी लामो दूरीका युक्रेनी ड्रोनहरू रुसमा पसेकोमा सबैलाई रुसी सेनाले भुइँमा खसालेको थियो ।
यीमध्ये आधा दर्जन ड्रोन रातको समय पारी रुसी राजधानी मस्कोसम्म पुगेका थिए । राष्ट्रपति पुटिन पछिल्लोपल्ट कुस्र्क क्षेत्रमा भ्रमणमा जाँदा युक्रेनी ड्रोनले उनी चढेको हेलिकप्टरलाई तारो बनाएको रुसी वायुसेनाका कमान्डर युरी दाशकिनले बताए ।
तनाव बढ्दै जाँदा मस्कोले युक्रेनी राजधानी किभस्थित ड्रोन तथा मिसाइल उत्पादन हुने उद्योगसहित विभिन्न सैन्य इलाकाहरूमा आक्रमण गर्ने घोषणा ग¥यो ।
सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै पिस्कोभले युक्रेनमाथि पछिल्लो रुसी हमलालाई ‘प्रतिक्रिया’ को रूपमा बुझ्नुपर्ने बताए । उनले भने, “युक्रेनीहरूले हाम्रा सामाजिक पूर्वाधार, नागरिक पूर्वाधारमाथि हमला गरेको देख्यौँ । त्यसैले यो जवाफी हमला हो । हाम्रो हमला सैन्य पूर्वाधारमा, सैन्य इलाकामा लक्षित छ ।”
राष्ट्रपति ट्रम्प रुस–युक्रेन द्वन्द्वमा मध्यस्थता गर्ने प्रयासमा छन् । रुसको जवाफी हमलापछि आइतबार सामाजिक सञ्जालमा ट्रम्पले दुवै पक्षको आलोचना गरे । उनले पुटिन ‘एकदम बौलाएको’ र मस्कोको पछिल्लो आक्रमणलाई ‘बिनाकारण’ गरिएको भने ।
साथै, ट्रम्पले युक्रेनी राष्ट्रपति जेलेन्स्कीको टिप्पणी प्रत्युत्पादक हुने भन्दै ‘उनको मुखबाट निस्किने प्रत्येक वचनले समस्या ल्याउने’ अभिव्यक्ति दिए । रुसको पछिल्लो जवाफी हमलापछि जेलेन्स्कीले अमेरिकालाई चिढाउने गरी ‘अमेरिकाको मौनताले पुटिनलाई बल मिलेको’ टिप्पणी गरेका थिए ।
रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले किभले मस्कोसँगको प्रत्यक्ष शान्तिवार्तालाई बिथोल्न कार्यनीति बदलेको आशङ्का गरे । वासिङ्टनको दबाबपछि यो महिनाको आरम्भमा युक्रेनले वार्ता सुरू गरेको थियो । लाभरोभले सो सम्झौता भङ् गर्नका लागि ‘बेलायत, फ्रान्स, जर्मनी र युरोपेली युनियनको नेतृत्व’ ले उक्साएको बताए ।
ट्रम्प–पुटिन फोन वार्तामा ट्रम्पले नेटोका सदस्य देशका साथै जेलेन्स्कीलाई पनि अमेरिकाले रुसविरूद्ध लगाइने थप आर्थिक प्रतिबन्धको पक्ष नलिने बताएका थिए । यो निर्णयले युरोपेली नेताहरूमध्ये
‘कोही निराश भएको त कोही आत्तिएको’ ‘द गार्जियन’ ले लेखेको थियो ।
प्रवक्ता पिस्कोभले आफ्नो मन्तव्यमा सम्झौता वार्ताको थालनीमा संरा अमेरिकाले उल्लेख्य योगदान गरेको बताए । उनले सम्झौता प्रक्रियाको ‘अति महत्वपूर्ण क्षणले सबैलाई अति भावुक’ बनाएको भनी ट्रम्पको आक्रोशलाई परोक्ष जवाफ दिए । उनले पुटिनले ‘हाम्रो देशको सुरक्षाका लागि आवश्यक निर्णय लिनुहुन्छ’ भनी जोड दिए । यो महिनाको प्रारम्भमा मस्कोमा दोस्रो विश्वयुद्धमा नाजी जर्मनीविरूद्ध सोभियत सङ्घले हासिल गरेको विजयको वार्षिकोत्सव मनाउन भेला भएका विदेशी उच्चपदस्थ पाहुनालाई युक्रेनले खुलेआम ‘तर्साएको’ पनि पिस्कोभले स्मरण गरे ।
यो महिनाको आरम्भमा रुस र युक्रेनबीच टर्कीको राजधानी इस्तानबुलमा वार्ता भएको थियो । सन् २०२२ यता यो नै दुई पक्षबिच सम्पन्न प्रत्यक्ष वार्ता थियो । दुवै पक्ष थप बैठक बस्न र बन्धक आदानप्रदान गर्न सहमत भएका थिए । उक्त वार्ता अघिल्लो आइतबार टुङ्एिको थियो । वार्तापछि रुस र युक्रेनबिच बन्धक आदानप्रदान भइसकेको छ ।
रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभको भनाइमा मस्को अहिले किभसामु पेस गर्नका लागि सम्झौताको मस्यौदा तयार गर्दै छ । सो सम्झौताले द्वन्द्वको दिगो समाधान दिने अपेक्षा रुसको छ ।
Leave a Reply