भर्खरै :

शोषणरहित समाज आजको आवश्यकता

माक्र्सवादी दर्शन समाजलाई आमूल परिवर्तन गर्ने बाटो हो । यो श्रमजीवी जनताको मुक्ति हुने दर्शन हो । शोषणरहित समाज स्थापना गर्ने यो दर्शन या विचार पुँजीपतिवर्गको सरकारले अँगाल्दैन । बहुमत जनताको सेवा गर्ने विचार कम्युनिस्ट पार्टी या कम्युनिस्ट पार्टीको सरकारले हेर्छ । प्रतिक्रियावादी, पुँजीवादी र साम्राज्यवादीहरू संसारमा कम्युनिस्टको सरकार नटिकेको या पतन भइरहेको बखान गर्दै छन् । यो कुरा सही होइन । बरू अहिले संसारबाट साम्राज्यवादी देशहरू पतनोन्मुख अवस्थामा छन् । पुँजीवादी देशहरूको बदनाम हुँदै छ ।
संसारमा मजदुर, किसान या श्रमजीवी वर्गका जनता भएसम्म कम्युनिस्ट पार्टी रहिरहन्छ । औद्योगिक देशमा मजदुरहरू अधिक हुन्छन् भने कृषिप्रधान देशमा कृषकहरू अधिक हुन्छन् । वर्ग रहेसम्म वर्गीय सङ्घर्ष भइरहन्छ । शोषक भएको ठाउँमा शोषित हुन्छ, शोषित भएको ठाउँमा शोषक हुन्छ । आज संसारमा जो जति धनाढ्य या खर्बपति, अर्बपति छन्; तिनीहरू श्रमिक गरिब जनताकै श्रम र पसिनाबाट भएका हुन् । यसकारण, पुँजीपति, सामन्त र प्रतिक्रियावादीहरूले कम्युनिस्टहरू पतन हुन्छन् भन्नु हास्यास्पद कुरा हो ।
गरिब जनताको रगत चुसेर, श्रम शोषण गरेर धनी भएकाहरू नै श्रमजीवी जनताको विरोध गर्छन् । उनीहरू श्रमजीवी जनता माथि उठ्लान भनी डराउँछन् र उठ्न नदिन अनेक छल गर्छन् । श्रमजीवी जनताकै रगत पसिनामा रजाइँ गरेर श्रमजीवी वर्गकै जनताको विरोध गर्नेहरू कहिल्यै जनसेवक हुनसक्दैनन्; उनीहरू शोषक, सामन्त र जालीफटाहा हुन् । त्यसो त माक्र्सवादी विचार फैलिनु अघि नै संसारमा कम्युनिस्टहरूको दर्शन छाँट्ने समाजवादीहरू नजन्मेका होइनन्, बडेबडे सिद्धान्तकार, विद्वान, दार्शनिक र महान् विचारकहरू नदेखिएका होइनन्; जनताको पक्षमा सिद्धान्त र विचार प्रतिपादन नगरेका होइनन् । तर, उनीहरूको सिद्धान्त, विचार र दर्शन कोरा सिद्धान्त रह्यो । यही कारण पछि माक्र्सवादी दर्शन प्रतिपादन भएको हो ।
नेपाल र नेपाली जनताको भाग्य निर्माण गर्ने भनी दलहरू खोले; निर्वाचनमा जिते र सरकारमा गए । आन्दोलन र सङ्घर्षमा कति सहिद भए; कति अन्धा अपाङ् भए । संसारको इतिहास पल्टाउँदा एकले अर्काको खुट्टा तान्ने, पछार्ने मात्र होइन हत्या पनि गरे, विष खुवाएर मारेका घटनाहरू भए । नेपालको राजनीतिक इतिहासमा कहिले मारकाटबाट, कहिले शक्तिको होडबाजीबाट त कहिले चाप्लुसीबाट शासक फाल्ने, उचाल्ने काम पनि भए । नेपाली जनताकै सेवा गर्ने भनेर दरबारियाहरू पनि लागे । राणाकालीन समयमा नेपाली जनता झारा जानुपथ्र्यो† शासकहरूको दास बन्नुपथ्र्यो; कोसेली चढाउनुपथ्र्यो । यो पञ्चायतकालमा पनि चालु रह्यो । राजनीतिक दल खोल्न पाउँदैनथ्यो† जुलुस सभा गर्न पाइँदैनथ्यो; राजाको विरोध ग¥यो कि राजावादीहरू रातो घेरामा राख्थे; पक्राउ पर्थे । शारीरिक र मानसिक यातना भोग्नुपथ्र्यो । ठुलाबडाको काम नसकुञ्जेल आफ्नो काम गर्न पाउँदैनथ्यो, न त त्यसको फल चाख्न पाउँथ्यो† नेपालमा चाकरी प्रथाको दबदबा थियो । यस्तो काम यो गणतान्त्रिक व्यवस्थामा पनि रह्यो ।
आफ्नो खेतीपाती आकासको भरमा चलाउनुपथ्र्यो । आफ्नो सम्पत्ति खेतबारी नासोसरह हुन्थ्यो । खानपिनको कुनै ठेगान हुँदैनथ्यो; कतिले जालझेल गरेर जग्गा खोस्थ्यो, लुट्थ्यो । यसरी नेपाली जनताको जीवन असहज र असह्य भएको थियो । यसको कारण जनतामा असन्तोष बढ्यो । देशमा देखिएको यस्तै शोषण, दमन, अन्याय, अत्याचार, बेथिति, भ्रष्टाचार र मौलिक र राजनीतिक अधिकारमा प्रतिबन्ध गरेको कारण देशमा कम्युनिस्ट पार्टीको स्थापना भयो । पञ्चायतको विरोध भयो र जनआन्दोलनले निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य ग¥यो । राजनीतिक दल खोल्न पाउन, जनताका राजनीतिक र मौलिक अधिकार पाउन† शोषणरहित समाज स्थापना गरी श्रमजीवीवर्गको प्रतिनिधित्व गर्ने सरकार गठन गर्न कम्युनिस्ट पार्टी खोलिएको हो ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएपछि कति नेताहरू विश्वासघाती भए; कति नेताहरू कम्युनिस्टको नाउँमा पुँजीवादी सरकारमा गए; पद र पैसाको निम्ति सत्तामुखी राजनीतिमा लागे, भागबन्डामा लागे । सिद्धान्त र विचार बन्धक राखेर सत्तामा पुगे; गठबन्धन चुनावमा लागे, गठबन्धनको सरकारमा गए । कम्युनिस्टहरू सामन्त, पुँजीपति, विस्तारवादी र साम्राज्यवादी शक्तिको विरोधमा मात्र होइन नक्कली कम्युनिस्टहरूको विरोधमा पनि जनतालाई सचेत र सङ्ठित गर्नुपर्ने स्थिति छ । राजतन्त्र अन्त्य भइसकेको, पुँजीपतिवर्गको सरकारले जनताको इच्छा र आकाङ्क्षा पूरा गर्न नसकेको यो समयमा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू गाउँ–गाउँ र बस्ती बस्तीमा पुगेर जनतालाई जागरूक बनाउनु आवश्यक छ† सचेत र सङ्ठित गर्न आवश्यक छ । यो प्रत्येक कम्युनिस्ट पार्टीको जिम्मेवारी हो† त्यो जिम्मेवारी पूरा गर्नुपर्छ ।
जनताको अधिकार सुनिश्चित गर्ने कि नगर्ने; श्रमजीवीवर्गको पक्षमा ऐन कानुन बनाउने कि नबनाउने त्यो सरकारकै हातमा हुन्छ । राणा शासनको कुरा छोडौँ ‘नेपालमा जति प्रजातन्त्र र स्वतन्त्रता संसारमा छैन’ भन्ने पञ्चायती व्यवस्था पनि टिकेन । देशमा गणतान्त्रिक संविधान बनेपछि नेपाल संसारकै एक प्रजातान्त्रिक या अधिकार प्राप्त मुलुक बनेको गर्व गर्ने शासकहरू पनि यहाँ देखिए । बदनामी व्यक्तिहरू नै यहाँ आफूलाई राजभक्त, देशभक्त र इमानदार ठान्थे । जनविरोधी व्यक्तिहरू नै सज्जन भनी हिँड्थे । छकाएर, लुकाएर सम्पत्ति आर्जन गर्ने नेता, मन्त्रीहरू नै आफूलाई असल ठान्थे । आफ्नो पार्टी सरकारमा छ भनेर स्वाङ पार्दै पदको दुरूपयोग गरेर अकुत सम्पत्ति कमाउनेहरू पनि देखिए । पार्टीको स्वार्थ पूरा भएपछि सबथोक पूरा भएको सम्झने शासकहरू पनि देखिए । इतिहास बोक्ने, गरीबको आँसु पुछ्ने, पार्टी जे बोल्छ त्यो गर्छ भनी लागेका ठुला पार्टीहरूले आज केही गर्न सकेनन् । यसकारण, देशमा समाजवादी व्यवस्था आवश्यक भएको हो; समाजवादी व्यवस्था ल्याउन कम्युनिस्टहरू अघि बढ्नुपर्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *