भर्खरै :

चीन–संरा अमेरिका आर्थिक तथा व्यापार सम्बन्धका केही मुद्दामा चीनको श्वेतपत्र–२

चीन–संरा अमेरिका आर्थिक तथा व्यापार सम्बन्धका केही मुद्दामा चीनको श्वेतपत्र–२

३. चीनले कहिल्यै अत्यधिक व्यापार नाफाको नियत राखेन
चीन—अमेरिकाबिच हुने वस्तु व्यापार–सन्तुलन अमेरिकी अर्थतन्त्रका संरचनागत समस्याका कारण बढी प्रभावित देखिन्छ । त्यतिमात्र होइन तुलनात्मक लाभ र अन्तर्राष्ट्रिय श्रम विभाजनमा दुई देशबिच देखिएको भिन्नताका कारण प्रभावित छ, व्यापार सन्तुलन । चीनले नियोजित ढङ्गले व्यापारमा अत्यधिक नाफा लिन खोज्दैन । सन् २००७ मै चीनको चालु खाता लाभको (सप्र्लस) कुल गार्हस्थ उत्पादन अनुपात ९.९ प्रतिशत थियो । त्यो अनुपात सन् २०२४ मा आइपुग्दा २.२ प्रतिशतमा झर्यो । यसले पनि वास्तविकता उजिल्याउँछ ।
चीन—अमेरिकाबिचको आर्थिक तथा व्यापारिक सम्बन्धबाट दुइ पक्षलाई प्राप्त हुने लाभ सामान्यतः सन्तुलित छ । द्विपक्षीय व्यापार सन्तुलित छ वा छैन मूल्याङ्कन गर्ने आधार वस्तु व्यापार मात्र हुन सक्दैन, त्यसका लागि एउटा समग्र, गहिरो या सूक्ष्म मूल्याङ्कन जरुरी हुन्छ । आर्थिक विश्वव्यापीकरण विस्तार भइसकेको र अन्तर्राष्ट्रिय उत्पादन प्रणाली प्रचलनमा रहेको आजको सन्दर्भमा द्विपक्षीय आर्थिक तथा व्यापारसम्बन्धको दायरा केवल वस्तु व्यापारमा सङ्कुचित नभई धेरै अगाडि नै फराकिलो भइसकेको हो । सेवा क्षेत्रमा भएको व्यापार र एक अर्काको देशमा अवस्थित आन्तरिक (घरेलु) कम्पनी या इन्टरप्राइजेजका शाखाहरूबाट भएको स्थानीय बिक्री (दोहोरो लगानीद्वारा एक अर्काको देशमा हुने स्थानीय कारोबार, अमेरिकामा चिनियाँ र चीनमा अमेरिकी वस्तुको बिक्री) लाई पनि द्विपक्षीय व्यापार सन्तुलनको मापदण्डमा समावेश गर्नुपर्छ । यसरी वस्तु व्यापार, सेवा व्यापार र आन्तरिक कम्पनीका शाखाहरूको स्थानीय बिक्रीवितरण गरी तीन ओटै व्यापार क्षेत्रलाई समेट्दा चीन र अमेरिका अर्थात् दुबै पक्षले आर्थिक तथा व्यापारिक सम्बन्धबाट प्राप्त गरेको आपसी लाभ या फाइदा लगभग सन्तुलित देखिन आउँछ (चित्र ३) ।
स्रोतः BEA, USDOC (सेवा व्यापारसम्बन्धी तथ्याङ्क सन् २०२३ सम्म अद्यावधिक गरिएको छ, शाखाहरूको आम्दानीसम्बन्धी तथ्याङ्क सन् २०२२ सम्म अद्यावधिक गरिएको छ)
अमेरिकी वाणिज्य विभाग (USDOC) को तथ्याङ्कअनुसार सन् २०२३ मा संरा अमेरिकाले सेवा व्यापारमा २६ अर्ब ५७ करोड अमेरिकी डलर बराबरको नाफा प्राप्त ग¥यो जुन अमेरिकी पक्षका लागि उल्लेखनीय लाभ हो । त्यतिमात्र होइन सन् २०२२ मा चीनमा रहेका अमेरिकी स्वामित्वका कम्पनीहरूको बिक्री राजस्व ४ खर्ब ९० अर्ब ५२ करोड अमेरिकी डलर नाघेको थियो भने सोही अवधिमा अमेरिकाभित्र रहेका चिनियाँ स्वामित्वका कम्पनीहरूको बिक्री राजस्व जम्मा ७८ अर्ब ६४ करोड अमेरिकी डलर थियो । ४ खर्ब ११ अर्ब ८८ करोड अमेरिकी डलरको यो अन्तरले बहुराष्ट्रिय कारोबार या व्यापारमा अमेरिकी कम्पनीहरूको स्पष्ट लाभ या नाफा उजागर गर्छ ।
विश्वव्यापी रूपमा अमेरिकाको व्यापार घाटा वृद्धि भइरहँदा चीनसँगको हिस्सा क्रमशः घट्दो क्रममा छ, यथार्थ यही नै हो  । BEA and USDOC को तथ्याङ्कअनुसार विगत ६ वर्षको दौरान अमेरिकाको कुल वस्तु व्यापार घाटामा चीनको हिस्सा प्रत्येक वर्ष घट्दो छ । सन् २०१८ मा ४७.५ प्रतिशत रहेको चीनसँगको व्यापार घाटा घटेर सन् २०२४ मा २४.६ प्रतिशत पुगेको तथ्याङ्क छ । सोही अवधिमा अन्य देश तथा क्षेत्रहरूसँग अमेरिकाको व्यापार घाटा उल्लेखनीय रूपमै वृद्धि भएको देखिन्छ । सन् २०२४ मा अमेरिकाको अन्तर्राष्ट्रिय वस्तु व्यापार घाटा १२ खर्ब अमेरिकी डलर पुग्यो । यो आँकडा अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । लगातार चार वर्ष संरा अमेरिकाको व्यापार घाटा १० खर्ब अमेरिकी डलरभन्दा माथि पुगेको तथ्य कसैबाट लुकेको छैन  ।
चीनको वैदेशिक व्यापार दुबै निर्यात र आयातको ठूलो परिमाणमा आधारित छ । यो विशेषता या ढाँचा चीन–अमेरिका व्यापारमा पनि देखिन्छ । चीनबाट निर्यात गरिने सम्पूर्ण वस्तुको कुल मूल्यमध्ये अधिकांश प्रशोधित वस्तुबाट चीनले प्राप्त गर्ने मूल्य अभिवृद्धि (value-added) निकै सानो अंशमात्र हो । यद्यपि, हालको व्यापार तथ्याङ्क गणना विधिअनुसार चीनको निर्यात गार्हस्थ मूल्य (gross value) अर्थात् चीनले अमेरिका निर्यात गर्ने वस्तुको सम्पूर्ण मूल्यको आधारमा गणना हुन्छ । यसरी मूल्य अभिवृद्धि (value-added) को आधारमा व्यापार घाटा गणना गरिने हो भने चीनसँग अमेरिकाको व्यापार घाटा उल्लेखनीय रूपमा घटेको देखिन्छ ।
चीनले आयात विस्तार या व्यापक गर्न विभिन्न उपायहरू अपनाइरहेको देखिन्छ । अन्य देशबाट वस्तु आयातलाई प्राथमिकतामा राखी विस्तार गर्नु एउटा ठुलो विकाशसील देशको नाताले चीनको जिम्मेवारी या दायित्व पनि हो । चीनले आयात वृद्धिमा देखाएको प्रतिबद्धता विश्व आर्थिक विकासमा महत्वपूर्ण योगदान साबित हुने विश्वास लिइएको छ । नोभेम्बर २०१८ देखि, ‘चाइना इन्टरनेसनल इम्पोर्ट एक्स्पो (CIIE)’ हरेक वर्ष साङ्घाइमा आयोजना हुँदै आएको सर्वविदितै छ । हरेक वर्ष व्यापार मेलामा सहभागी हुने देशहरूको सङ्ख्या वृद्धिसँगै लक्षित कारोबार मूल्यदर पनि बढ्दो देखिन्छ । आजको मितिसम्म जम्माजम्मी लक्षित कारोबार मूल्य अर्थात् ख्बगिभ ५ खर्ब अमेरिकी डलर नाघिसकेको छ । सन् २०२४ मा चीनको कुल आयात १८४ खर्ब आरएमबी बराबरको भयो । यो आँकडाले अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले आयात वृद्धि भएको देखाउँछ र यो आयात मूल्य इतिहासमै सबैभन्दा उच्च हो । चीन लगातार १६ वर्षसम्म विश्वको दोस्रो ठुलो आयात बजार कायम रहन सफल भएको सत्य हो ।
चीनले प्रणालीगत रूपमै स्वैच्छिक एवम् एकपक्षीय रूपमा खुलापनलाई विस्तार गर्दै आएको हो । चीनले आफ्नो विशाल बजारको सम्भावनालाई उपयोग गर्नुका साथै विश्वभरका देशहरूका लागि अवसर सिर्जना ग¥यो । सन् २०२४ मा मात्र चीनले क्षेत्र तथा मार्ग अगुवाइ (BRI) साझेदार देशहरूबाट RMB ९८ खर्ब ६० अर्ब आरएमबी बराबरको वस्तु आयात ग¥यो । यो भनेको अघिल्लो वर्षभन्दा २.७ प्रतिशतले बढी हो भने चीनको कुल आयातको ५३.६ प्रतिशत हिस्सा हो । सन् २०२४ डिसेम्बर १ देखि चीनले कूटनीतिक सम्बन्ध भएका सबैभन्दा कम विकसित देशहरूका लागि १०० प्रतिशत शून्य भन्सार Zero Tariff सुविधा प्रदान गर्ने नीति कार्यान्वयन ग¥यो । परिणामस्वरूप पहिलो महिनामै ती देशहरूबाट १८.१ प्रतिशतले आयात वृद्धि भयो । वर्ततमान समय र आगामी केही वर्षसम्म आयात वृद्धि गर्ने पर्याप्त सम्भावना चीनसँग छ । प्रक्षेपणअनुसार सन् २०३० सम्म विकासशील देशहरूबाट मात्र चीनले ८० खर्ब अमेरिकी डलर मूल्य बराबरको आयात गर्नेछ ।
आयातलाई व्यापक या विस्तार गर्नु चीनको उच्चस्तरीय खुलापन रणनीतिको एउटा प्रमुख हिस्सा हो भन्दा फरक नपर्ला । चीनले प्रणालीगत रूपमै वस्तुहरूको बजार पहुँच विस्तार गर्नेछ र कूटनीतिक सम्बन्ध भएका कम विकसित देशहरूका लागि सम्पूर्ण वस्तु वर्गमा शून्य भन्सार सुविधा लागू गर्नेछ । चाइना इम्पोर्ट एण्ड एक्सपोर्ट फेयर CIIE, चाइना इन्टरनेसनल फेयर फर ट्रेड इन सर्भिसेस र चाइना इन्टरनेसनल कन्ज्युमर प्रोडक्ट्स एक्स्पोजस्ता प्रमुख मञ्चहरूको प्रयोग गरी आयात प्रवद्र्धन गरिनेछ । चीनले आयात प्रवद्र्धनको लागि राष्ट्रियस्तरका नमुना या मोडल क्षेत्र विकास गर्नेछ । आयात वृद्धिलाई सहज बनाउँदै थप सम्भावनाहरू खोज्नेछ । चीनको विशाल बजारलाई साझा विश्व बजारमा रूपान्तरण गर्ने लक्ष्य चीनले राखेको छ । यसबाट विश्व अर्थतन्त्रमा नयाँ ऊर्जा थपिने विश्वास लिइएको छ ।
४. चीन र संरा अमेरिका दुईपक्षीय एवम् महत्वपूर्ण लगानी साझेदार देश हुन्
चीनको लागि अमेरिका वैदेशिक लगानीको प्रमुख स्रोत हो । चिनियाँ वाणिज्य मन्त्रालय (MOFCOM) को तथ्याङ्कानुसार सन् २०२३ को अन्त्यसम्म चीनमा अमेरिकाको वास्तविक सञ्चित लगानी रकम ९८ अर्ब २३ करोड अमेरिकी डलर पुग्यो । सन् २०२३ मा अमेरिकाले चीनमा करिब १ हजार ९ सय २० नयाँ कम्पनी स्थापना ग¥यो । ती कम्पनीको वास्तविक लगानी ३ अर्ब ३६ करोड अमेरिकी डलर पुग्यो अर्थात् अघिल्लो वर्षको तुलनामा ५२ प्रतिशतले लगानी वृद्धि भयो ।
अमेरिका पनि चीनको लागि महत्वपूर्ण लगानी गन्तव्य हो । अमेरिकामा चीनियाँ कम्पनीहरूको प्रत्यक्ष लगानी तीव्र र उल्लेखनीय रूपमा बढ्दो छ । अमेरिकाको राष्ट्रिय अर्थतन्त्रका १८ क्षेत्रहरूमा चीनको लगानी फैलियो । सन् २०२३ को अन्त्यसम्म अमेरिकामा चीनको प्रत्यक्ष लगानी करिब ८३ अर्ब ६९ करोड अमेरिकी डलर पुगेको तथ्याङ्क MOFCOM ले प्रकाशित ग¥यो । अमेरिकामा चिनियाँ कम्पनीहरूले ५ हजार १ सत्न्दा बढी विदेशी इन्टरप्राइजेज् विस्तार गर्दै ८५ हजारभन्दा बढी स्थानीयलाई रोजगारी दिएको तथ्य छ । अमेरिकामा चीनको वित्तीय लगानी पनि ठुलो छ । अमेरिकी राज्यकोष विभागकानुसार, डिसेम्बर २०२४ को अन्त्यसम्म चीनले अमेरिकी ट्रेजरी बन्डमा ७ खर्ब ५९ अर्ब अमेरिकी डलर बराबरको स्वामित्व जित्यो । चीन अहिले अमेरिकाको दोस्रो ठुलो विदेशी ऋणदाता देश हो ।
५. दुईपक्षीय आर्थिक एवम् व्यापार सहकार्यले चीन र अमेरिका दुवैलाई लाभ भएको छ
अन्तर्राष्ट्रिय व्यापार सम्बन्धमा देशहरूले आफ्नो तुलनात्मक फाइदाको लागि उत्पादन आदान–प्रदान गर्छन् । आफ्नो वस्तुको मूल्य प्राप्त गर्न, एकअर्काको आवश्यकता पूरा गर्न र साझा विकास हासिल गर्न देश–देशबिच व्यापार सम्बन्ध जोडिन्छ । विश्वका दुई ठुला अर्थतन्त्र भएको आधारमा चीन र अमेरिकाबिचको आर्थिक र व्यापार सहयोगले दुवै पक्षलाई ठुलो लाभ मिलेको छ भन्न सकिन्छ । दुवै देशका उद्यमी र उपभोक्ताहरू स्वाभाविक रूपमा लाभ उठाइरहेका छन् ।
चीन–अमेरिकाबिचको आर्थिक र व्यापार सहकार्यले अमेरिकामा ठुलो सङ्ख्यामा रोजगारीका अवसर सिर्जना ग¥यो । अमेरिका–चीन व्यवसाय परिषद्ले अप्रिल २०२४ मा प्रकाशित गरेको रिपोर्टअनुसार चीन अमेरिकी वस्तु र सेवा निर्यातको मुख्य बजार हो । सन् २०२२ मा वस्तु र सेवा निर्यातका हिसाबले अमेरिकाका ३ राज्यहरूका लागि चीन सबैभन्दा ठुलो निर्यात बजार बन्यो त्यस्तैगरी ३२ अमेरिकी राज्यहरूका लागि तेस्रो र ४३ अमेरिकी राज्यहरूका लागि पाँचौ निर्यात बजार बन्यो, चीन ।
अमेरिका–चीन व्यवसाय परिषद्कानुसार सन् २०२२ मा अमेरिकाबाट चीनमा भएको निर्यातमात्रले ९ लाख ३१ हजार अमेरिकी रोजगारी थेग्यो जुन क्यानडा र मेक्सिकोपछिको सबैभन्दा ठुलो सङ्ख्या हो । यो सङ्ख्या जापान र दक्षिण कोरियाका दुई एसियाली बजारले संयुक्तरूपमा थेग्ने अमेरिकी रोजगारीभन्दा बढी हो ।
चीन–अमेरिका आर्थिक र व्यापार सहकार्यले अमेरिकी उद्यमीहरूलाई ठुलो आकारमा व्यापार अवसर र नाफाको वातावरण दियो (तालिका ३) । चिनियाँ बजार निकै विशाल छ र उपभोक्ता माग पनि निरन्तर बढ्दो छ । उदाहरणका लागि चीनमा टेस्लाको बिक्री निरन्तर बढ्दै छ । सन् २०२४ मा ६,५७,००० युनिट यम सङ्ख्या नाघ्यो । अघिल्लो वर्षको तुलनामा ८.८ प्रतिशतले बढेको यो नयाँ तथ्याङ्कलाई ऐतिहासिक मान्न सकिन्छ । १० ओटाभन्दा बढी अमेरिकी बीमा कम्पनीहरू चीनको सहयोगमा चीनमा सञ्चालित छन् । गोल्डम्यान साच्स, अमेरिकन एक्सप्रेस, बैङ्क अफ अमेरिका र मेटलाइफजस्ता अमेरिकी वित्तीय संस्थाहरूले रणनीतिक लगानीकर्ताको हैसियतले चिनियाँ वित्तीय संस्थाहरूबाट उल्लेख्य लगानी प्रतिफल उठाइरहेका छन् ।
तालिका ३. सन् २०२२ मा चीनमा अमेरिकी कम्पनीहरूको व्यवसायिक गतिविधि (एकाइः १ अर्ब अमेरिकी डलरमा)
स्रोतः BEA, USDOC
उद्योगहरूको सङ्ख्या ८ ः यस्ता व्यवसायहरू जसको सम्पत्ति, बिक्री वा शुद्ध आम्दानी २५ मिलियन अमेरिकी डलर भन्दा बढी छ ।
२०२४ अगस्टमा सार्वजनिक भएको अमेरिकी वाणिज्य विभाग (USDOC) को तथ्याङ्कानुसार सन् २०२२ तिर चीनमा जम्मा १,९६१ अमेरिकी उद्यम (२ करोड ५० लाख अमेरिकी डलरभन्दा माथिको इक्वीति स्तेक, सम्पत्ति, बिक्री या कुल आम्दानी भएको व्यवसाय ) सञ्चालनमा थिए । सो वर्ष ती उद्यमहरूको संयुक्त कुल बिक्री ४ खर्ब ९० अर्ब ५२ करोड अमेरिकी डलर पुग्यो अर्थात् अघिल्लो वर्षको तुलनामा ४.३ प्रतिशतले बिक्री वृद्धि भयो ।
चीन–अमेरिकाबिचको आर्थिक एवम् व्यापार सहकार्यले अमेरिकी उद्योगहरूको स्तरोन्नतिमा सहयोग ग¥यो । चीनसँगको सहकार्यबाट अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूले दुवै देशका स्रोत र शक्तिलाई उपयोग गर्ने मौका पाए जसले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा सहज बन्यो । एप्पल कम्पनीले मोबाइल फोन डिजाइन र विकास अमेरिकामा गर्छ भने जोडजाड या असम्बलिङ र उत्पादन चीनमा गर्छ र विश्व बजारमा बेच्दछ । टेस्लाले चीनमा पूर्ण स्वामित्वमा विशाल कारखाना स्थापना गरी उत्पादन क्षमता विस्तार ग¥यो र विश्व बजारमा निर्यात ग¥यो । चीनले अमेरिकी उद्यमहरूको उत्पादन प्रक्रिया या चरणहरू सम्हालेको छ । यसले स्वतः अमेरिकालाई नवप्रवर्तन र व्यवस्थापनजस्ता क्षेत्रमा लगानी गर्न र उच्चस्तरीय उत्पादन र अत्याधुनिक सेवाको विकासमा केन्द्रित हुन सहयोग पु¥यायो । यसरी चीनले अमेरिकी उद्योगलाई उच्च मूल्यका वस्तु उत्पादन र प्रविधिमा आधारित क्षेत्रहरूमा अझ अगाडि बढ्न प्रत्यक्ष परोक्ष सघाउँदैछ, उत्पादनमा ऊर्जा खपत न्यूनिकरण तथा वातावरण संरक्षण लागि घरेलु दबाब घटाएको छ ।
चीन–अमेरिकाबिचको आर्थिक र व्यापार सहकार्यले अमेरिकी उपभोक्ताहरूलाई प्रत्यक्ष फाइदा भयो । अमेरिकाले चीनबाट उपभोक्ता वस्तु, मध्यवर्ती अर्थात् इन्टरमेडियत वस्तु र पुँजीगत वस्तुहरू ठुलो मात्रामा आयात गर्छ । यसले अमेरिकी उत्पादन उद्योगको आपूर्ति र औद्योगिक चक्र विकासमा सहयोग गर्नुका साथै अमेरिकी उपभोक्तालाई वस्तुको विकल्प प्रदान गरी जीवनयापनको लागत घटाएको छ । विशेषगरी मध्यम तथा तल्लो स्तरको आय गर्ने वर्गका अमेरिकीहरूको वास्तविक क्रयशक्ति बढाएको छ ।
चीन–अमेरिका आर्थिक र व्यापार सहकार्यले चिनियाँ कम्पनीहरूको लागि पनि व्यापार अवसर र नाफाको वातावरण प्रदान गरेको यथार्थ नकार्न मिल्दैन । अमेरिका जस्तो विश्वको सबैभन्दा ठुलो उपभोक्ता बजार र सबैभन्दा परिपक्व पुँजी बजारमा लगानी गर्ने अवसरलाई चिनियाँ कम्पनीहरूले आफ्ना बिक्री च्यानल विस्तार गर्न, अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रभाव बढाउन, विश्वव्यापी ग्राहक र साझेदारहरू आकर्षित गर्न, र वित्तीय पहुँच सहज बनाउन उपयोग ग¥यो । चिनियाँ कम्पनीहरूको छिटो व्यापार वृद्धिमा यसले सहयोग पु¥यायो ।
चीनमा रहेका अमेरिकी कम्पनीहरूबाट चीनले प्राविधिक नवीनता, अनुसन्धान, बजार व्यवस्थापन, र संस्थागत नवीनताको बेग्लै पाटो अनुभव ग¥यो । चिनियाँ कम्पनीहरूलाई छिटो रूपान्तरण र स्तरोन्नति गर्न, उद्यमी दक्षता र उत्पादन गुणस्तर सुधार गर्न अमेरिकी कम्पनीहरूले प्रेरित ग¥यो । क्रमश ः
प्रस्तुति ः सुनिला
स्रोत ः पेइचिङ रिभ्यू भाग ६७, अङ्क १६, अप्रिल १७, २०२५

Leave a Reply

Your email address will not be published. Required fields are marked *