लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
काठमाण्डौं,२२ फागुन । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले संसदलाई बहुमतको आधारमा हुन्छ वा हुँदैन भन्ने थलो बनाउन नहुने बताउनुभएको छ । संसदलाई विभिन्न विचारधारा, ऐन नियमको विषयमा बहस छलफल गर्ने प्राज्ञिक थलो बनाउनुपर्ने उहाँको भनाई थियो ।
मंगलबार बसेको संघीय व्यवस्थापिकाको बैठकमा बोल्दै उहाँले देशको सार्वभौमिकता रक्षा र जनताको खुशी नै विभिन्न आन्दोलनमा जीवन बलिदान दिने शहीदहरुको सपना भएको बताउनुभयो ।
‘मेलम्चीको पानीले सडक पखाल्ने, देशलाई स्वीजरल्याण्ड बनाउने, घर–घरमा ग्याँसको पाइप पु¥याउने र पानी जहाज चलाउने सपना बाँड्ने राजनीतिक पार्टीहरु पनि यहीं छन् ।’, सांसद सुवालले शासक दलहरुलाई व्यंग्य गर्दै भन्नुभयो,‘प्रधानमन्त्री बनेको मानिसले कुनै देशको विदेशमन्त्री आउँद होटलमा भेट्न जान मिल्छ कि मिल्दैन र कालो धनलाई सेतो बनाउने कुरा गर्न मिल्छ वा मिल्दैन ?’
संविधानको भावना विपरीत तीन प्रतिशतको थ्रेसहोल्डको प्रावधान लागु गरेर शासक दलहरुले प्रजातन्त्रलाई निरंकुशता लगाउन खोजेको उहाँको भनाई थियो ।
Leave a Reply