नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
शताब्दीयौँको शान्तिपूर्ण विश्रामपछि एडम स्मिथले आधुनिक संसार हेरेर पृथ्वीमा फर्कने निर्णय गरे तर आफ्नै पुरानो जन्मथलो बेलायत नभई चीनलाई रोजे । हो, स्वतन्त्र व्यापार क्षेत्रको बिचमा कतै पुनर्जन्म लिने हेतुले एडम स्मिथको आत्मा नयाँ वास्तविकतामा समायोजन हुने कोसिस गर्दै छन् ।
मानिसहरू भन्ने गर्छन्, उच्च व्यक्तिहरू कहिल्यै मर्दैनन् – त्यो सत्य हुनुपर्छ किनभने आधुनिक पुँजीवादका पिता, एडम स्मिथ साङ्घाईका सडकहरूमा घुम्दै छन् । आर्थिक जीवनको सुरुआतदेखि नै शताब्दीयौँसम्म विश्वव्यापी बजारहरू पछ्याएपछि एडम स्मिथले अन्ततः पुनर्जन्म लिने निर्णय गरे । तर, एडमका विचारलाई उच्च समानका साथ हेर्ने पश्चिमी मुलुकमा फर्कनुको सट्टा उनले चीनमा पुनर्जन्म लिने छनोट गरे । किन ? किनभने, उनले चीनमा आफ्नो ‘अदृश्य हात’ को लागि नयाँ वासस्थान फेला पारेका छन् र त्यहाँ कम्तीमा केही मानिसहरू अझै पनि ‘द वेल्थ अफ नेसन्स’ पढिरहेका छन् ।
चीनको सडकमा घुम्दै गर्दा सुरुमा त एडम स्मिथ अलि अलमल्लमा परे । आखिर, यो ‘कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेको समाजवादी देश’ थियो । तर, उनले चाँडै नै विरोधाभाषपूर्ण कुरा पाए । चीनले आफ्नो आधिकारिक विचारधाराको बाबजुद पनि केही स्वघोषित पुँजीवादी देशहरूभन्दा बढी विश्वासयोग्य आर्थिक विकासको सिद्धान्तहरू कार्यान्वयन गरिरहेको थियो ।
यो नयाँ जीवनमा एडम स्मिथ अझै मानवमा रहने प्राकृतिक गुण स्वार्थ र प्रतिस्पर्धामा विश्वास गर्छन् । अचेल उनको आत्मा उच्च–गतिको रेल चढ्छन्, सरकार–प्रायोजित नवप्रवर्तन प्रदर्शनीहरूमा भाग लिन्छन् र ब्रेकफास्ट अघि WeChat डाउनलोड गर्छन् । उनी द्रुतगतिमा बढिरहेका प्राविधिक स्टार्टअपहरू र किसानबाट करोडपति बनेकाहरूलाई गर्वका साथ हेर्छन् । आह ! एडम स्मिथ सोच्छन्, यहाँ मेरो “अदृश्य हातले काम गरिरहेको छ !”
रनभुल्ल परेर एडमले आफ्नो फुलेको कपालले भरिएको टाउको कन्याउँछ । “एकछिन पर्खनु… सरकारको काम जनताको सम्पत्तिको सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्ने र केही सडकहरू निर्माण गर्नेमा सीमित हुनुपर्छ, सरकारले उद्योगहरू चलाउनुहुँदैन, बैङ्कको स्वामित्व लिनुहुँदैन र पाँचवर्षे अर्थतन्त्रको योजना बनाउनुहुँदैन” भनेर एडम स्मिथ सोच मग्न भएर जिज्ञासा राख्छन् । एक चिनियाँ अर्थशास्त्री हाँस्दै जवाफ दिन्छन्, “हो, हजुर स्मिथ ! तर, यहाँ हामी यसलाई ‘चिनियाँ विशेषताहरूसहितको समाजवाद’ भन्छौँ । यसलाई स्टेबिलाइजर, जीपीएस र सरकारले जारी गरेको हेल्मेट भएको पुँजीवादको रूपमा लिनुस् ।”
स्मिथले आश्चर्य भावमा टाउको हल्लाउँदै भने, “पुँजीवादी देशले बजारलाई विकृत गरिरहेको छ, जबकि समाजवादी देशले व्यापार, उत्पादन र उत्पादकत्वमार्फत प्रतिस्पर्धा गरिरहेको छ । के म समानान्तर ब्रह्माण्डमा ठोक्किएको छु ?”
निजी प्राविधिक दिग्गजहरू सँगसँगै राज्य–स्वामित्वका उद्यमहरू फस्टाउँदै गर्दा स्मिथ छक्क पर्दै हेर्छन् । उनी सौर्य ऊर्जालाई आकार दिने अनुदान, आवासको मूल्य निर्धारण गर्ने स्थानीय अधिकारीहरू र राष्ट्रिय खाकाको नेतृत्वमा कृत्रिम बौद्धिकताको विकासलाई हेर्छन् । एडम स्मिथ गुनासो गर्छन्, त्यसो भए, “स्वतन्त्र बजार … निगरानीमा छ त ?” चिनियाँ अर्थशास्त्रीले टाउको हल्लाएर भन्छन्, “हजुर ¤ यो त बच्चालाई साइकल सिकाउनुजस्तै हो, राम्ररी नसिकेसम्म आमाबाबु सधैँ साइकलको पछाडि दौडिरहन्छन् ।”
विरोधाभासहरूको बाबजुद एडम प्रभावित नहुन सकिरहेका छैनन् । चीनले मानवीय स्वभाव स्वार्थ र उत्पादकत्वको बारेमा उनको विचारलाई लिएर पाँच–वर्षीय योजनासहित केही सरकारी निर्देशिकाहरू र कन्फ्युसियन व्यवस्थाको झलक थपेको छ ।
एडम स्मिथले चिनियाँ बजार उद्यमशीलताको भावना, प्रतिस्पर्धी मूल्य निर्धारण, विशेषज्ञता र तीव्र उत्पादकत्वले भरिएको देखे । स्मिथले कारखानाहरूमा चहलपहल, कृषिबाट उद्योग र त्यसपछि प्रविधिमा कामदारहरू सर्दै गरेको र विशेष आर्थिक क्षेत्रहरूबाट आविष्कारहरूको बाढी आएको देखे । उनले मनमनै गुनगुनाए, “रोचक छ । यो मैले हालसालै अमेरिकामा देखेको कुनै पनि कुराभन्दा बढी स्मथयनजस्तो देखिन्छ ।” किनभने पछिल्लो समय एडम स्मिथको आध्यात्मिक घर संयुक्त राज्य अमेरिकाले अनौठो व्यवहार गर्न थालेको थियो । एडम स्मिथले स्वतन्त्र बजारको स्वघोषित प्रधान पुजारी संयुक्त राज्य अमेरिकाले आयातमा भन्सार लगाउन थालेको, व्यापार प्रतिबन्धित गरेको, डलरलाई हतियार बनाएको र ‘अमेरिका फस्र्ट’ जस्ता वाक्यांशहरू उछालेको देखे । अमेरिकाभित्र बहुपक्षीयता हटेको थियो† संरक्षणवाद भित्रिएको थियो । अमेरिकाले राष्ट्रिय सुरक्षाको नाममा हुवावे र टिकटकजस्ता चिनियाँ कम्पनीहरूलाई आफ्नो बजारमा प्रवेश गर्नबाट रोक्न खोजिरहेको थियो । यसो गर्दा पनि अमेरिकाले एडम स्मिथलाई नै उद्धृत गर्दै स्वतन्त्र व्यापारको गफ गरिरहेको थियो । एडम स्मिथ निराश भए, “मेरो प्यारो स्वतन्त्र व्यापारलाई के भयो ? हरेक देशलाई जे राम्रो गरिन्छ त्यो गर्न देऊ र व्यापारले सबैलाई फाइदा पु¥याउँछ भन्ने मेरो विचारको मतलब विश्वव्यापी आपूर्ति शृङ्खलालाई ध्वस्त बनाउने कदापि थिएन !” यसको विपरीत, चीनले आफ्नो विशाल राज्य कोष बाबजुद स्वतन्त्र व्यापार सम्झौताहरूमा हस्ताक्षर गरिरहेको थियो । The Regional Comprehensive Economic Partnership (RCEP) जस्ता १५ देश सम्मिलित विश्वव्यापी मञ्चहरूमा सामेल भइरहेको थियो । अफ्रिका, दक्षिणपूर्व एसिया र ल्याटिन अमेरिकामा चीनले लगानी गरिरहेको थियो र बेल्ट एन्ड रोड इनिसिएटिभमार्फत विश्वव्यापीकरणको पूर्वाधार निर्माणमा सहयोग गरिरहेको थियो । चीनले व्यापार त्यागेन, प्रतिस्पर्धाबाट पछि हटेन र आफ्नो स्वार्थको वास्ता नगरिकनै चीनले आफ्नो राष्ट्रिय लक्ष्यहरू पूरा ग¥यो ।
स्मिथले आश्चर्य भावमा टाउको हल्लाउँदै भने, “पुँजीवादी देशले बजारलाई विकृत गरिरहेको छ, जबकि समाजवादी देशले व्यापार, उत्पादन र उत्पादकत्वमार्फत प्रतिस्पर्धा गरिरहेको छ । के म समानान्तर ब्रह्माण्डमा ठोक्किएको छु ?”
आफ्नो यात्राको अन्त्यसम्ममा एडम स्मिथ विलखबन्दमा परे । एडम स्मिथले महसुस गरे उनका विचारले अनेक रूप लिएका थिए – केही शुद्ध, केही विकृत । कुनै समय उदार व्यापारको चम्किलो सहर अमेरिका, पागल र संरक्षणवादी बन्दै गइरहेको थियो भने कुनै समय बजारप्रति शत्रुतापूर्ण रहेको चीनले बजारलाई अँगालेको छ । यद्यपि, सुपरिवेक्षण, सुझबुझपूर्ण रणनीति र समाजवादी ब्रान्डिङको साथ ।
चीन एडम स्मिथले कल्पना गरेको संसार होइन । तर, स्मिथ अनौठो, राज्य–नियन्त्रित, हाइब्रीड–अर्थतन्त्रको तरिकाबाट बढ्दो जीडीपी देखेर मुस्कुराउँदै र सोच्दै भन्छन्, “ठीक छ… सायद म आधामात्र सत्य रहेछु कि !”
Leave a Reply