भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने
- बैशाख ३, २०८३
भक्तपुर, १४ जेठ । सन्तति आधारभूत विद्यालयमा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा छात्रवृत्ति वितरण कार्यक्रम बुधबार सम्पन्न गरियो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले व्यक्तित्व विकासको पहिलो खुड्किलोको रूपमा रहेको सामुदायिक विद्यालयलाई भौतिक तथा शैक्षिक सुधारको लागि भक्तपुर नगरपालिकाले आर्थिक तथा आवश्यक सहयोग गरिरहेको बताउनुभयो ।
प्रमुख अतिथि खत्रीले शिक्षासँगै विविध अतिरिक्त गतिविधि सञ्चालनबाट काम गरिखाने अभिभावकवर्गको सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास बढ्दै जाँदा छिमेकी नगर र वडाका अभिभावक सामुदायिक विद्यालयप्रति रूचि बढेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिका शिक्षा, स्वास्थ्य तथा सरसफाइ र सम्पदा संरक्षण गर्ने क्रममा सामुदायिक विद्यालयको भौतिक सुधार गरिरहेको बताउँदै समाज परिवर्तनको लागि सेवाको भावनाअनुरूप भौतिकवादी दृष्टिकोणअनुसार व्यवहार गर्न शिक्षकले विद्यार्थीहरूलाई अभिप्रेरित गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक दीपक माकले विद्यार्थीको शैक्षिक भविष्य निर्माणको आधारशिलाका जगहरू विद्यार्थीमाझ प्रसारित गर्नु शिक्षकहरूको दायित्व भएको बताउँदै सीमित स्रोत र साधनको अधिकतम प्रयोगले बालमैत्री क्रियाकलाप तथा सिकाइ सहजीकरण गर्न पुस्तकालय सञ्चालनको योजना रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति सूर्यप्रसाद श्रेष्ठले सामुदायिक विद्यालयमा अभिभावकको विश्वास बढ्दै जाँदा कक्षा वृद्धि र विद्यार्थी व्यवस्थापनको लागि आवश्यक भवनको व्यवस्था र सहयोग गर्ने भक्तपुर नगरपालिका र स्थानीयलाई धन्यवाद दिनुभयो ।
२०८२ को शैक्षिकसत्रको लागि कक्षा १ देखि ७ सम्म भर्ना भएका ९५ विद्यार्थीहरूलाई छात्रवृत्ति स्वरूप विद्यालय पोशाक वितरण तथा बाल विकास तहमा भर्ना भएका ५० विद्यार्थीहरूलाई गरिएको उक्त स्वागत कार्यक्रममा विद्यालय समितिका सदस्य भोजराज बस्नेत तथा विद्यालयका शिक्षकद्वय लक्ष्मी काफ्ले र शारदा कार्कीलगायतले बोल्नुभयो ।
Leave a Reply