शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
भक्तपुर, १४ जेठ । विद्याआर्जन सेकेन्डरी स्कूल, आदर्शका विद्यार्थीहरूले जगाती वृत्तका प्रहरी नायब निरीक्षक ललिता थापा र प्रहरी हवल्दार फिरी राईसँग बदलिँदो समाज र विद्युतीय माध्यमबाट हुने अपराधबारे साक्षात्कार कार्यक्रम गरे ।
उक्त कार्यक्रममा नायव निरीक्षक ललिता थापाले संवेदनशील व्यक्तिगत कुरा विद्युत्मा सुरक्षित गर्नुपर्ने, अनुमतिबिना कसैको फोटो सञ्जालमा राख्न नहुने, कसैलाई हैरान पार्ने नियतले पत्र लेख्न नहुने, विद्युतीय माध्यमबाट गोपनीयता भङ् गर्न नहुने बताउनुभयो ।
विद्युतीय अपराध ऐन, २०६३ अनुसार अधिकतम दुई लाख र पाँच वर्ष कैद सजाय हुने बताउँदै उहाँले विद्युतीय माध्यमबाट हैरान पार्ने नियतले सामाजिक सञ्जालमा पोस्ट गरेमा बीस हजार जरिवाना र दुई वर्ष जेल सजाय हुने बताउनुभयो । विद्युतीय माध्यमबाट धम्क्याउने र अपमान गरेमा एक लाख जरिवाना र पाँच वर्ष कैद हुने उल्लेख गर्दै उहाँले उक्त विषयमा महानगरीय अपराध महाशाखा टेकू केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी गर्ने वा सीआईबी महाराजगञ्जमा उजुरी दिनुपर्ने बताउनुभयो ।
सहभागी विद्यार्थी सिजल दुवालले मोबाइल दुरुपयोग गर्दा सजायको भागीदार हुनुपर्ने रहेछ भनी बुझेको र यस्तो कार्यक्रम अहिलेका विद्यार्थी, युवाहरूलाई प्रशिक्षित गर्नुपर्ने आवश्यकता महसुस भएको बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले विद्यार्थीलाई शैक्षिक ज्ञानको साथै सामाजिक ज्ञान हासिल गर्न यो कार्यक्रम राखेको जानकारी गराउनुभयो ।
Leave a Reply