भर्खरै :

युरो कम्युनिज्मका थप कुरा

युरो कम्युनिज्मका थप कुरा

कम्युनिस्ट खेमाका मानिसहरू के विषयमा ठुल–ठुला स्वरमा कुरा गर्छन् भने सारमा संशोधन गरिएको वैज्ञानिक समाजवादले अवसरवादसँग मेलमिलाप गरी मुक्तिको निम्ति कामदारवर्गको सङ्घर्षलाई परिवर्तन गर्नेछ र नेतृत्व गर्नेछ । द्वन्द्ववादको तर्कले सत्यतर्फ लैजान्छ । कम्युनिस्ट पार्टीको नेतृत्वमा स्थापना भएको विश्वको पहिलो शक्तिशाली मजदुरहरू र किसानहरूको राज्य थियो, जहाँ सामाजिक समानता र सामाजिक न्यायको विजय भएको थियो । तर, कम्युनिस्ट पार्टीहरू आफै त्यसको आफ्नै चिहान खन्नेहरू भए । सोभियत जनताले सोभियत सङ्घको कम्युनिस्ट पार्टीको संशोधनवादी र अवसरवादी नीतिको कारण अति ठुलो मूल्य चुकाए ।
पूर्वसोभियत सङ्घको क्षेत्रफलभरी आज २० अथवा त्योभन्दा बढी आफूलाई कम्युनिस्ट भन्ने पार्टीहरू छन् । वर्षापछि च्याउ उम्रेजस्तै तिनीहरूका पार्टीहरू बढ्दै छन् । कसैले केही ‘माक्र्सवादी श्रमिक पार्टी’ का पत्रिका पढ्छन् । त्यसको चार पृष्ठहरूले “माक्र्सवादले स्तालिनको नीतिको सैद्धान्तिक हतियारलाई एक विकृत सिद्धान्त” को रूपमा प्रमाणित गर्छन् र स्तालिनवाद नाजिवादभन्दा कुनै किसिमले भिन्न नभएको प्रमाणित गर्छन् र यस कुरामा तिनीहरू प्रस्ट हुन्छन् कि सरदर वा औसत मजदुरहरू निश्चय पनि त्यस पार्टीमा संलग्न हुँदैनन् ।
कार्यकर्ताका स–साना समूहहरूका आ–आफ्ना प्रचार यन्त्रहरू (Website) मा सोभियत सङ्घमा वास्तवमा समाजवाद निर्माण भएकै थिएन र ‘सोभियत सङ्घमा सम्पत्ति समाजवादी भएकै थिएन भन्ने घाँटी सुकाई साबित गर्न खोज्छन् र त्यहाँ खाली साधारण राज्य पुँजीवाद थियो र अहिले मजदुरहरूले यस्तो राज्यको जहाँ सार्वजनिक सम्पत्ति र “निजीकरण गरिएको सार्वजनिक सम्पत्तिको कल्पना गर्नु पर्दछ । यदि तपाईँ यस्ता कुराबाट दिक्क हुनुभयो भने ठुलो उत्साहका साथ काम गरिरहेको ‘मस्को सङ्घ’ (Union of Moscow) को प्रसारणले तपार्इँ आनन्दित हुनुहुनेछ । त्यसले आफ्ना कार्यकर्ताहरूमार्फत तथाकथित तल्लो तहको प्रजातन्त्र” (Narodopraoice grass roots democracy) लाई खुब खण्डन गरेको सुन्नुहुनेछ ।
कम्युनिस्ट पार्टीको एक सानो समाचार पत्रले वास्तविकताभन्दा धेरै पर गएर आज रुसमा पुँजीवाद होइन भनी लेख्छ र रुस आज पश्चिमी पुँजीको कब्जामा छ र यहाँका जनता सोभियत रुसमा सङ्गठित छन् र रुसी अधिकारीहरूलाई मात्र सुनाउँछन्– “हामी अरुको नियन्त्रणमा बस्न चाहँदैनौँ ।” यदि तिनीहरू पढ्न चाहन्छन् भने लेनिनको रचना “साम्राज्यवाद, पुँजीवादको सबभन्दा उँचो चरण हो” मात्र भन्छन् । यसले के प्रस्ट हुन्छ भने आजको रुस विशेष प्रकारको साम्राज्यवादी राष्ट्रको मुख्य चरित्र हो ।
अरु कम्युनिस्ट पार्टीले के सम्झन्छ भने रुस साम्राज्यवादी देशहरूमध्ये एक हो, तर के विश्वास गर्दैन भने सर्वहारावर्गको मुख्य शत्रु पुँजीपतिवर्ग हो, जसको हात मजदुरवर्गले निर्माण गरेको देशको सबै राष्ट्रिय सम्पत्ति जातिवादी–फासीवादले (zionist fascism) नियन्त्रण गरेको छ ।
कहिलेकाहीँ कम्युनिस्ट समाचार पत्रहरूको भनिएका पानाहरू खाली कम्युनिस्ट विरोध मूर्खतापूर्ण कुराहरूले भरिएको हुन्छ । एक लेखमा लेखिएको थियो– ‘विश्वका थप कुरा’ (more on the world around us) – “माक्र्सवाद एक विज्ञानको रूपमा धेरै पहिले मरिसकेको छ । माक्र्सले पुँजीपतिहरूको वर्ग र पुँजीवादी वर्गहरूको सर्वहारावर्गका काम गरेका थिए….. तिनीहरू धेरै पहिले गइसकेका छन्, त्यसबेलाको वर्गीय दृष्टिकोण अब लागु हुँदैन…। अहिले सर्वहारावर्ग छैन । मजदुरहरू अर्थात् मजदुरवर्ग अहिले छैन र व्यापक ढङ्गले वर्गसङ्घर्ष अहिले हुनसक्दैन ।”
यी समाचारपत्रका सम्पादकहरूलाई थाहा छैन कि वर्गसङ्घर्षको सबभन्दा ठुलो महत्वपूर्ण क्षेत्र सैद्धान्तिक सङ्घर्ष हो । विरोध गर्नेहरू सङ्घर्ष गरिरहेका जनमानसलाई तिनीहरू कसको पछाडि हेरेर कहाँ जाँदै छन् भन्ने थाहा छ कि छैन भन्ने हो । युक्रेनमा मैदान (maidan) का नव–नाजीहरूको विचारहीन प्रदर्शनकारी युवाहरूलाई कता लैजाँदै छन् भन्ने थाहा छैन । जनताको हितको निम्ति नलड्नेहरू निश्चय पनि साधारण फासीवादी पिछलग्गू होइनन् र ?
एक समयमा मजदुर जनतालाई धेरैजसो आफ्ना सूचनाहरू पुँजीवादी स्रोतहरूबाट थाहा हुन्थ्यो । कम्युनिस्ट पार्टी (CPI) को महासचिवको पदमा डोलोरस इबाररुरि (DoloresIbarruri) थियो । त्यो पार्टी बिस्तार बिस्तारै पतन भयो । स्पेनियालीहरू (Speniards) भने ४० वर्षमा फासीवादी फ्रान्को (Franco) ले गर्न नसकेको काम स्पेनियाली कम्युनिस्ट नेता क्यारिलो (Carrillo) ले गरे भनेको कुरा सही हो ।
सन् १९९० मई १७ मा सोभियत सङ्घको एक अन्तर्वार्ता क्यारिलो (Carrillo) ले ‘युवा कम्युनिस्ट सत्य’ (Komsomolskaya Pravda) लाई दिएको थियो । उसले संवाददातालाई भन्यो–लेनिनको मौलिक विचार म्याद नाघेको छ र नविन परिस्थितिमा खोटो देखियो । हाम्रो पार्टीको परिभाषाबाट हामीले ‘लेनिन’ शब्दलाई मेटी दियौँ । …..सर्वहारावर्गको तानाशाहीको विचारलाई हामीले अस्वीकार गर्यौँ” आदि । संवाददाता त्यो कुरा सुनेर दङ्ग भए । त्यसबेला रुसमा सबै प्रचारका स्रोतहरू कम्युनिस्टविरोधीहरूको हातमा थियो ।
फ्रान्सेली कम्युनिस्ट नेता जर्जेस मार्चेस (Georges Marchais) अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन फुटाउने काममा हात भएका व्यक्ति हुन् । एक एक पाइला गरेर फ्रान्सेली कम्युनिस्ट पार्टी (PC) ले पूर्णरूपले कम्युनिस्ट अडानलाई नै छोड्यो र आफ्नो दिशालाई नै पुँजीवादी सामाजिक–प्रजातन्त्रमा मोड्यो । हालै त्यसको महाधिवेशनमा पार्टीको सङ्केत चिह्नमा घन र हँसियालाई झिक्ने निर्णय गर्यो । अहिले फ्रान्सेली कम्युनिस्ट पार्टी (PCF) युरोपेली वाम पार्टीको एक अङ् (ELP) हो, जो विश्व पुँजीको सेवामा प्रस्तुत छ ।
रुस, स्पेन र फ्रान्सका ती नै कम्युनिस्ट पार्टीहरूले मध्मध्यमार्गी (an intermediate) ‘तेस्रो बाटो’ (third way) को विकास गरेको बताए । तर, ती पार्टीहरू भेडाहरूलाई ठिकसित समेट्छन् र ब्वाँसाहरूलाई आहारा तयार गर्छन् । तिनीहरू एक नयाँ किसिमको प्रजातान्त्रिक शासन (Democratic regime of new type) को कल्पना गर्छन्, जसमा पुँजीपतिवर्ग र सर्वहारावर्ग पनि खुसी हुन्छन् । हालैका दशकहरूमा तिनीहरूको काममा सोभियतवादविरोधी भावना बढ्यो । सच्चा कम्युनिस्टहरूलाई हेलाको हिसाबले ‘सोभियत समर्थक’ (pro–Soviet) भनिन्छ र दृष्टिकोणको हिसाबले रुढीवादी orthdox) भनिन्छ । नाममा ती पार्टीहरू कम्युनिस्ट नै हुन् । सारमा तिनीहरू ‘सामाजिक पुँजीवादी’ (social democratic) भइसकेका छन् । (नेपालको सन्दर्भमा त्यस्ता कम्युनिस्टहरू नेपाली काङ्ग्रेस मार्काको ‘समाजवादी प्रजातन्त्रवादी’ हुन् – सं)
सबै युरोपेली देशहरूमा धेरै कम्युनिस्ट पार्टीहरू छन् । कम्युनिस्टहरूकै बिचमा भेद छुटिनु अनिवार्य छ । अवसरवादीहरूसँग वैज्ञानिक एकता हुनु असम्भव छ किनभने तिनीहरूले मजदुरवर्गलाई र वर्गीय सङ्घर्षलाई पर धकेल्छन् । तिनीहरू क्रान्तिलाई अस्वीकार गर्छन् । सबभन्दा महत्वपूर्ण विषय हो, तिनीहरू माक्र्सवादी सिद्धान्तदेखि डराउँछन् । शोषकवर्गमाथि अन्तिम विजय पाउनको निम्ति सर्वहारावर्गको हुकुमको आवश्यकतालाई तिनीहरू आगोजस्तै पन्छाउँछन् ।
लेनिन ठिक्कै भन्नुहुन्थ्यो– मिल्नुभन्दा पहिले विभाजित हुनु आवश्यक छ । एकता माक्र्सवादी विज्ञानको आधारमा मात्र सम्भव हुन्छ । यसको सान्दर्भिकता एक्काइसौँ शताब्दीमा मात्र बढ्यो । त्यसो किन ? सन् २०१३ मा ग्रीसेली कम्युनिस्ट पार्टी (KKE) को नेतृत्वले ब्रुसेल्समा ३० वटा कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको एक बैठकको आयोजना गरेको थियो । साझा रणनीतिक उद्देश्य र कार्यनीतिक सङ्घर्षमा सहकार्य गर्न युरोपेली कम्युनिस्ट र मजदुरहरूको पार्टीहरूको बैठकको स्थापना गर्न ग्रीसेली कम्युनिस्ट पार्टीले अगुवाइ (Initiative) ग¥यो ।
ती पार्टीहरूमध्ये त्यस आन्दोलनमा नाम मात्रका कम्युनिस्टहरू छन्, उदाहरणको निम्ति ‘रुसी महासङ्घको कम्युनिस्ट पार्टी (The Communist Party of The Russian Federation–CPRF) हो । यसका नेता गेनाडी जुगानोभ (Genady Zyuganova) का पुस्तकहरू, उनका लेखहरू र भाषणहरू, पार्टी गतिविधि, रुसी संसद (State Duma) का समूहको हरेक गतिविधिले के विश्वास गर्न सकिन्छ भने जुगानोभाको रुसी महासङ्घको कम्युनिस्ट पार्टी वास्तवमा एक निम्न पुँजीवादी सामाजिक–जनवादी पार्टी (a petty–bourgeois social democratic party) हो ।
अन्तर्राष्ट्रिय मजदुरवर्गको आन्दोलनभित्र ‘सामाजिक जनवादी’ (Social democratic) एउटै सुधारवादी राजनीतिक आन्दोलन हो । यसले पुँजीवादी समाजको विकासको शान्तिपूर्ण बाटोलाई मात्र स्वीकार गर्छ । यसले सुधार, सम्झौता र सामाजिक हिस्सेदारी अर्थात् मालिक र ज्यामीहरूको ‘सामाजिक हिस्सेदारी’ (social parternship) द्वारा सुधारको आवश्यकता सम्झन्छ । सामाजिक जनवादीहरूले ठुलठुलो स्वरले समाजवादको बहुपक्षीय बाटोको वकालत गर्छन् र धेरै प्रकारका समाजवादी शैलीहरूको वकालत गर्छन् । समाजवादलाई तिनीहरू संसदीय निर्वाचनमा मतदाताहरूलाई आकर्षित गर्न अनेक झिलीमिली र महिलाहरू नचाउने चर्तिकलाहरू गर्छन् । जनतालाई आकर्षित गर्न गुप्तरूपले उपहार, पैसा र अनेकानेक जालसाजी प्रयोग गर्ने उपायका रूपमा लिन्छन् ।
Northstar Compass, Feb 2016
(स्रोत : मजदुर–किसान माघ, २०७५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *