शिक्षासेवी शोभा प्रधानको स्मृतिमा !
- असार ११, २०८३
भक्तपुर, १६ जेठ । प्रभात इङ्गलिश सेकेण्डरी स्कूल, महाकालीस्थानमा शुक्रबार शिक्षक–शिक्षिकाबिच पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले हामीले हाम्रो र परिवारको स्वास्थ्य राम्रो बनाउनका लागि स्वस्थकर खानेकुरा कसरी खानुपर्छ भन्ने ज्ञान हुनु आवश्यक छ र हरेक बालबालिका र अभिभावकहरूलाई पनि यस विषयमा अभिमुखिकरण गर्नु आवश्यक भएको बताउँदै मानिसले जीवनको अन्तिम क्षणसम्म पनि सिक्नुपर्छ, सिक्ने काम निरन्तर हुनुपर्छ भन्नुभयो ।
कार्यक्रममा सहिद धर्म भक्त राष्ट्रिय मानव अङ्ग पत्यारोपन अस्पतालका पोषणविज्ञ वर्षा भट्टराईले प्रकृतिले जुन जुन मौसममा जे जे चिज दिएको छ त्यही चिजको सेवन गर्नु स्वास्थ्यको लागि उत्तम हुने भएकोले वेसिजनका खानेकुरा प्रयोगलाई न्यूनिकरण गर्नुपर्छ भन्नुभयो ।
उहाँले हामीलाई खान नपाएर मात्र नभई खान नजानेर पनि कुपोषण हुने भएकोले खानेकुरा खान सिक्नु जरुरी छ, तारेको भरेको चिजको प्रयोग कम गर्नुपर्ने, व्यवसायिक हिसाबले दोहो¥याई तेह¥याई तताएको तेलमा पकाएका खानेकुरा विषालु नै हुने, नुन र चिनीको मात्रा कम गर्नुपर्ने, फलफूल खाँदा जुसको रूपमा नभई फलफूलकै रूपमा खानु स्वस्थ्यकर हुने सुझाव दिनुभयो ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले अतिथि वर्षा भट्टराईलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने प्राचार्य बदनकेशरी प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply