‘ख्वपको पहिचान’ बारे शिक्षकको अभिमुखीकरण कार्यक्रम चालु
- कार्तिक १५, २०८२

भक्तपुर, १६ जेठ । लोकतान्त्रिक मूल्य र मान्यतालाई पूर्ण रूपमा अङ्गीकार गरी स्वच्छ मर्यादित चुनावी अभ्यासको संवद्र्धनलाई प्राथमिकतामा राख्दै मिबाछेँस्थित एभरेस्ट इङ्गलिस स्कूलमा विद्यालयस्तरीय निर्वाचन सम्पन्न गरिएको छ । भानु, लक्ष्मी, लेखनाथ र मोती चार सदनका क्याप्टेन तथा भाइस क्याप्टेन चयनका लागि निर्वाचन गरिएको थियो ।
 लोकतान्त्रिक चेतना, नेतृत्व विकास, सामूहिक कार्यभावना र सहकार्यको संस्कृति विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त निर्वाचनमा कक्षा ७ देखि १० सम्मका ४६८ विद्यार्थीहरू मतदाताको रूपमा सहभागी भएका थिए । उम्मेदवारहरूको नाम दर्ता, चुनाव चिह्न वितरण, र प्रचारप्रसारदेखि मतगणना आदि प्रक्रियाहरू विधिवत तथा औपचारिक ढङ्गले अघि बढाइएको थियो ।
 चुनावी प्रचार प्रसारमा उम्मेदवार तथा सदनात्मक सदस्यहरूको उत्साहपूर्ण सहभागिता देखिएको थियो । मतदाता शिक्षाको रूपमा मतदान प्रक्रिया, मत बदर हुनसक्ने अवस्था, आचारसंहिता र स्वस्थ प्रतिस्पर्धाको महत्वबारे विद्यार्थीहरूलाई पूर्व–अभिमुखीकरणसमेत प्रदान गरिएको थियो ।
 निर्वाचन व्यवस्थापनमा पनि विद्यार्थीहरूले नै प्रमुख निर्वाचन आयुक्त, मतदान अधिकृत, पर्यवेक्षक, सुरक्षाकर्मीलगायतका सम्पूर्ण जिम्मेवारी विद्यार्थीहरूले नै बहन गरेका थिए । मतदान हुने अघिल्लो दिन नै मतदाता परिचयपत्र वितरण गरिएको थियो ।
 बिहान ११ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण, मर्यादित र अनुशासित रूपमा सम्पन्न भएको थियो । मतदानपश्चात् मतपेटिका सिलबन्दी गरी विद्यालयका प्रधानाध्यापक, प्रशासकीय प्रमुख, सहायक प्रधानाध्यापक, पर्यवेक्षक तथा उम्मेदवार प्रतिनिधिको रोहवरमा मतगणना गरिएको थियो । यस निर्वाचनमा आठ पदका लागि २१ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।
 निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले प्रमाणपत्रसहित बधाई तथा सम्मान प्रदान गर्नुभयो । उनीहरूले विद्यालयको मूल्य, मान्यता र अनुशासनको रक्षा गर्दै जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने सपथ लिए ।
 विद्यालयमा गरिएको यो चुनावी अभ्यासले विद्यार्थीहरूमा नागरिक जिम्मेवारी र लोकतान्त्रिक संस्कार अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास विद्यालय प्रशासनले व्यक्त गरेको छ ।
 निर्वाचन कार्यक्रमको सम्पूर्ण व्यवस्थापन तथा संयोजन कार्यमा माध्यमिक तह संयोजक निरण मानन्धरलगायत सामाजिक अध्ययन विभागका सम्पूर्ण शिक्षकहरूको सक्रिय सहयोग रहेको थियो ।
Leave a Reply