नव वर्षको शुभकामना !
- चैत्र ३०, २०८२
चुनावमा को को देखिए ?
कोही जनतालाई चेतना दिने
कोही धम्काउने
कोही लोभमा फसाउने ।
जनताले छान्नुपर्ने
पहिलो थरीलाई हो
आश्चर्य,
छान्न लगाइयो
धम्की दिनेहरूलाई
लोभमा फसाउनेहरूलाई ।
छान्निए
शान्तिपूर्ण आन्दोलनमा
घुसपैठ भएकाहरू
पेट्रोल बम हान्नेहरू
देश आगजनी गर्नेहरू
युवालाई घरखेत बेचाएर
विदेश पठाउनेहरू ।
छान्निए
अभियन्ताको नाममा
डलर झ्वाम पार्नेहरू
ऋण थप्दै देश डुबाउनेहरू
महँगीको भारी बोकाउनेहरू
स्रोतबिना किलोका किलो सुन
करोडका करोड नगद कुम्ल्याउनेहरू
विध्वंसको क्षतिपूर्ति भराउनुपर्नेहरू
जेलको बास हुनुपर्नेहरू
कस्तो आश्चर्य !
२०८३ वैशाख २७
Leave a Reply