भर्खरै :

ख्वप विश्वविद्यालयको बाधक शैक्षिक माफिया

भक्तपुर, फागुन २६ । बाल विकास इङ्गलिस सेकेण्डरी स्कूलको ३० औं वार्षिक उत्सवको अवसरमा आयोजित तेस्रो किन्डरगार्टन शैक्षिक तथा साँस्कृतिक प्रदर्शनीमा प्रमुख अतिथिको मन्तव्य राख्नुहुँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनता सेवामा सरकार नै बाधक रहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले देशका कुनै पनि स्थानीय तहले गर्न नसकेको कलेज र अस्पताल सञ्चालनको काम गरेर देशैभरका विद्यार्थीहरुलाई यस्तो शूल्कमा गुणस्तरीय शिक्षा र स्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको बताउनुभयो । भक्तपुर नगरपालिकाले न्युन शुल्कमा गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययन गराउन मेडिकल कलेज र ख्वप विश्वविद्यालय सञ्चालन गर्न लामो समयदेखि पहल गरिरहेको तर माफिया र दलालहरुको सरकार नै यसमा बाधक रहेको बताउनुभयो ।
साथै उहाँले भनपाले भक्तपुरको कला, सभ्यता, संस्कृति, ज्ञान, सीप, प्रविधि तथा इतिहास नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको बताउनुभयो । अनावश्यक स्वतन्त्रता र मायाले देशको भविष्यका रुपमा हेरिएका बालबालिका गलत बाटोमा लाग्न बताउँदै उहाँले बालबालिकालाई गलत संगतबाट बचाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सभापतिको मन्तव्य राख्नुहुँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चैत्यराज शाक्यले कम शुल्कमा कामदार वर्गका सन्तानलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले विद्यालयको स्थापना गरिएको बताउँदै विद्याय र अभिभावक बीचको आत्मीयतालाई अझ प्रगाढ बनाउन विद्यालय निरन्तर क्रियाशील रहेको प्रष्ट पार्नुभयो ।

भक्तपुर नगरपालिकाले न्युन शुल्कमा गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययन गराउन मेडिकल कलेज र ख्वप विश्वविद्यालय सञ्चालन गर्न लामो समयदेखि पहल गरिरहेको तर माफिया र दलालहरुको सरकार नै यसमा बाधक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं. ३ का माननीय सांसद तथा विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले कुनै समय शिक्षामा निकै पछि परेको भनेर हेपिएको भक्तपुर जिल्लालाई ज्ञान, विज्ञान र संस्कृतिको केन्द्रका रुपमा विकास गराउन विद्यालय सहयोग गरिरहको बताउनुभयो । उहाँले विद्यालयले नाफामुखी भन्दा पनि सेवामुखी रुपमा काम गरिरहेको प्रष्ट पार्नुभयो । समाज, शुभचिन्तक र अभिभावककै सहयोगबाट विद्यालयले आफ्ना गौरवका ३० वसन्त सफलताका साथ पार गरेको उहाँको विचार थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वार्ड नं. ८ का अध्यक्ष एवं अभिभावक महेन्द्र खायमलीले शुभकामना मन्तव्य राख्नुहुँदै विद्यालयले अभिभावकका सल्लाह, सुझावलाई मनन गर्दै भक्तपुरको शैक्षिक विकासमा टेवा पु¥याएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रमका अर्का अतिथि इसानका भक्तपुर जिल्ला सचिव तथा प्रभात मा. वि का प्राचार्य के.बी प्रजापतिले बाल विकास स्कुलले घोकन्ते शिक्षाभन्दा पनि बालबालिकाको मनोविज्ञानलाई बुझेर बालमैत्री वातावरणमा व्यवहारिक शिक्षा दिइरहेको बताउनुभयो । शिक्षिका सीता प्रजापतिले स्वागत गर्नुभएको उक्त कार्यक्रममा प्ले–गु्रपदेखि कक्षा ३ सम्मका ५५१ जना विद्यार्थीले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार पनि वितरण गरिएको उक्त कार्यक्रममा विद्यार्थी र शिक्षक शिक्षिकाले निमार्ण गरेका शैक्षिक सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *