चे, फिडेलको संस्मरणमा – १४
- कार्तिक ६, २०८२
जेनेभा, २० जेठ (एएफपी) । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार गाजापट्टीमा सहायता वितरण स्थल वरपर नागरिकहरूमाथि ‘घातक आक्रमण’ ले ‘युद्ध अपराध’ भएको बताउनुभएको छ ।
प्यालेस्टिनी क्षेत्रका उद्धारकर्ताहरूले दक्षिणी सहर रफाहको सहायता वितरण केन्द्र नजिकै मङ्गलबार सर्वसाधारणलाई लक्षित गरी इजरायली गोली प्रहारबाट २७ जनाको मृत्यु भएको बताएका छन् ।
यो आइतबारको यस्तै घटनापछि आएको हो जतिबेला उद्धारकर्ताहरूले सोही स्थानमा ३१ जनाको मृत्यु भएको बताए, साक्षीहरूले उनीहरू सहायता लिन गइरहेको बताए ।
टर्कले एक विज्ञप्तिमा भन्नुभयो, “गाजामा थोरै मात्रामा खाद्यान्न सहायता प्राप्त गर्न खोज्ने विचलित नागरिकहरूमाथि घातक आक्रमणहरू असहनीय छन् । लगातार तेस्रो दिन, गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जिएचएफ) द्वारा सञ्चालित सहायता वितरण स्थल वरपर मानिसहरू मारिए । आज बिहान हामीले दर्जनौँ मानिस मारिएको र घाइते भएको जानकारी पाएका छौँ ।”
अमेरिका समर्थित जिएचएफ हालै गठन भएको समूह हो । यसलाई इजरायलले गाजामा नयाँ सहायता वितरण संयन्त्र लागू गर्न सहयोग गरेको छ ।
तटस्थता, निष्पक्षता र स्वतन्त्रताको मूल मानवीय सिद्धान्तहरू पूरा गर्दैन भन्ने चिन्ताका कारण संयुक्त राष्ट्रसङ्घले फाउन्डेसनसँग काम गर्दैन ।
टर्कले प्रत्येक आक्रमणको द्रुत र निष्पक्ष अनुसन्धान गर्न र जिम्मेवारहरूलाई जवाफदेही बनाउन आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, “नागरिकहरूविरुद्ध निर्देशित आक्रमणहरू अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन र युद्ध अपराध हो । प्यालेस्टिनीहरूलाई सबैभन्दा बढी विकल्पहरू प्रस्तुत गरिएको छ ः इजरायलको सैन्यकृत मानवीय सहायता संयन्त्रमार्फत उपलब्ध गराइरहेको थोरै खानामा पहुँच गर्ने प्रयास गर्दा भोकमरीबाट मर्नु वा मर्ने जोखिम लिने । यो सैन्यीकृत प्रणालीले जीवनलाई खतरामा पार्छ र सहायता वितरणमा अन्तर्राष्ट्रिय मापदण्डको उल्लङ्घन गर्दछ, जस्तो कि संयुक्त राष्ट्रसङ्घले बारम्बार चेतावनी दिएको छ ।”
Leave a Reply