अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाडौँ, २३ जेठ । त्रिभुवन विश्वविद्यालयमा विभिन्न विषयलाई लिएर उपकुलपति कार्यालय वा अन्य कार्यालयहरूमा बारम्बार तालाबन्दी ढुङ्गामुढा, हात–हालाहाल र आगजनी हुँदै आएका छन् । ती उपद्रवहरूको भित्री रहस्यसम्म पुग्न खोज्ने त्रिविकै केही तटस्थ, विद्यार्थी र कर्मचारीहरूमाझ अनौपचारिक चर्चा हुने गरेका छन् । त्यसलाई निष्कर्षमा यसरी निकाल्न सकिन्छ –
िशासक दलहरू नेका, एमाले, माओवादी वा अन्य सरकारमा जानेहरू उपकुलपति, रेक्टर, रजिस्ट्रार, विभागीय प्रमुख आदि पदमा शासकहरूकै माझमा भागबन्डा नमिलेपछि आ–आफ्ना छात्र सङ्घहरूलाई उक्साएर विध्वंस मच्चाउने गर्छन् ।
-बाहिरबाट आएका धेरैजसो छात्र–छात्राहरू स्वाभाविकरूपले सम्पन्न परिवार र मध्यम वर्गका हुन्छन् । केही प्रतिशतमात्रै आर्थिकरूपले कमजोर वर्गका हुने गर्छन् । तिनीहरूमध्ये माथिल्ला वर्गका सन्तानहरू विदेशमा डिग्री लिइसकेका तर यहाँ युवाहरूको माझमा बसी नयाँ विषय पढ्न आउने पनि छन् । तिनीहरू आ–आफ्ना राजनैतिक दलका अगुवाको रूपमा आएका हुन्छन् । तिनीहरू पढात्न्दा पनि आ–आफ्ना प्रदेश र ठाउँका युवाहरूलाई आ–आफ्ना दलमा आकर्षित गर्न आउँछन् । तिनीहरूको उद्देश्य पढाइ होइन अरु नै हुन्छ । तिनीहरूले छिमेकी देश भारतमा भर्ना खुलेको बेला यहाँका विश्वविद्यालय र कलेजमा हडताल गर्छन् । यसैको परिणाम एक एक गरेर कलेज बन्द हुँदै छ ।
कलेजहरू हडतालकै निहुँ र प्रवेशिका परीक्षाका दिन विद्यार्थीहरूलाई समेत विद्यालयहरूमा परीक्षा नलिई उत्तीर्णको परीक्षा नतिजा र प्रमाणपत्र दिने गरेकै कारण बहुमत विद्यार्थी अन्तिम परीक्षामा असफल हुन्छन् । विदेशमा पढ्ने नाउँमा लाखौँ विद्यार्थी बिदेसिँदै छन् र पाँच खर्ब रकम वा विदेशी मुद्रा खर्च गराई ज्यामीमा पठाइँदै छ ।
विदेशमा रोजगारीमा पठाउने सरकारी निर्णय, म्यानपावर कम्पनीलाई कानुनी मान्यता, नागरिकता र राहदानीलाई सिनेमा टिकटभन्दा सस्तो गरेको हुँदा देश झन्झन् दुर्घटनामा पर्दै गएको छ । हरेक सरकारका मुख्यमुख्य मन्त्रीहरू अनियमितता र भ्रष्टाचारका कारण देश नै दुर्गन्धित भइसकेको छ ।
-निजी विश्वविद्यालयका दिग्गजहरू त्रिविमा सधैँ झगडा र हडताल भएको सपना देख्छन्, शासक दलहरूकै लुछाचुँडीका कारण त्रिवि खारेज भएको चाहन्छन् र त्रिविको सबै सम्पत्ति आ–आफ्नो नाममा भागबन्डा गर्न चाहन्छन् ।
-त्रिविका सबै समितिहरूमा बाहिरकै मानिसहरू पदाधिकारीहरू छन्, तिनीहरूलाई त्रिविको माया पनि छैन र आफ्नो सम्पत्ति पनि होइन । पृथ्वीनारायण शाहकै खान्दानले सा¥है कम रकम मुआब्जा दिएर सयौँ हजारौँ किसान र लालाबालाहरूको हातमुख जोड्ने खेत आज खेलमैदान, ढुङ्गामुढा एवं आगजनीको उपद्रव गर्ने ठाउँ बनेको छ ।
-यस्ता सबै अभद्र गतिविधि रोक्न निजी विश्वविद्यालय र विदेशी विश्वविद्यालयहरूले त्रिविलाई बन्द गरी सबै जग्गा जुन जुन परिवार र किसानहरूको नाममा छ, तिनीहरूलाई नै फिर्ता दिए आनन्द हुन्छ ।
-त्रिविको सिनेट र प्रशासकीय समितिहरूमा कीर्तिपुर र अन्य नगरपालिकाहरूका स्थानीय जनताका प्रतिनिधिहरूको सुरक्षा समूह बनाउनु आवश्यक छ । शिक्षाभन्दा फरक उद्देश्यका मानिसहरू घुमाइफिराइ त्रिविका सबै सम्पत्तिमा आँखा गाड्दै छन् र यसलाई स्थानीय जनताको सङ्घर्षले मात्रै जोगाउन सक्नेछ ।
२२ जेठ, २०८२ को कान्तिपुरले लेख्यो, “उपकुलपति कार्यालय तोडफोडमा संलग्नमाथि अनुसन्धानमा बेवास्ता ।”
कान्तिपुरले उपशीर्षकमा लेख्यो, “प्रहरी आफैले जाहेरी बनाएर उहाँ सिधै अनुसन्धान प्रतिवेदन तयार पारेर मुद्दा दर्ता प्रक्रिया अघि बढाउन सक्ने भए पनि जाहेरी पर्दासमेत आलताल ।”
शासक दलहरूको आफ्नै भागबन्डाको कारण देश थप लथालिङ्ग हुँदै छ । पुँजीवादी प्रजातन्त्रको चरित्र नै यस्तै हो ।
Leave a Reply