साहित्य : माक्र्सवादी दृष्टिकोण
- कार्तिक १७, २०८२

नियत नै खराब छ
अमेरिकी साम्राज्यवादको
इजरायलीलाई दानव बनाई
दिन दहाडै
प्यालेस्टिन भूमिमा
तान्डव नृत्य देखाउँदै छ ।
२७ मईदेखि गाजामा
अमेरिकाले राहत वितरणको नाउँमा
भोका निमुखा प्यालेस्टिनीलाई
राखे लहरै लाइन ।
एक गाँस पाउने आसले
हातहातमा रित्तो थाल बोकी
रातभर कुरिबसे
फासीवादी इजरायलले
बमवारुद गोली दिई
नरसंहार गरिदिए ।
राहत वितरण केन्द्रलाई
मान्छे मार्ने जाल बुन्ने
अमेरिकी कुनीति
इजरायलको भयो नीति ।
त्यसै बेला
मानवले मानवता बिर्सिदिए
भएको नेत्र अन्धो भइदिए
राहत वितरण केन्द्रका
अमेरिकीहरूले
त्यो त हल्ला मात्र हो भनी
वास्तविकता छोपिदिए ।
रफाह र गाजा क्षेत्रमा
राहत लिन बसेका जनताले
आफ्नै अगाडि गोली बर्साएको
कहाँ भुल्न सक्छन् र !
साम्राज्यवाद र फासीवादीहरूले
ढाँटेर वास्तविकता
लुकाउन सक्दैनन् ।
प्यालेस्टिनी जनताको रगत
अविरल बगिरहेको
भूमि हो प्यालेस्टिन
कहाँ इजरायल हो र !
Leave a Reply