“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
काठमाडौँ, २४ जेठ । नेमकिपा काठमाडौँ–रामेछाप जिल्ला सम्पर्क समितिको आयोजनामा ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन’ पुस्तकबारे रामेछापका जनताबिच शनिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले पार्टीको सिद्धान्तबारे जनतालाई सचेत र सङ्गठित गरी पार्टी विस्तार गर्दै आएको बताउनुभयो ।
नेपाली समाजको वर्ग विभाजनबारे जानकारी पाउन पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पचास वर्ष अगाडि लेख्नुभएको ‘जनताको साहित्य र साहित्यकार’ पुस्तक अध्ययनले मद्दत गर्ने उल्लेख गर्दै उहाँले वर्गीय दृष्टिकोण भएकाहरूलाई शत्रुले जालमा पार्न सक्ने छैन भन्नुभयो ।
सरकारमा गएका पार्टी र तिनका प्रधानमन्त्री, मन्त्री र अन्य नेताहरूले देश र जनताको निःस्वार्थरूपले सेवा नगरेको हुँदा नेपाली जनतालाई झन्झन् कष्ट थपिँदै गएको उल्लेख गर्दै उहाँले प्रतिक्रियावादीहरूले नेपाल मजदुर किसान पार्टीका नेता कार्यकर्ताहरूलाई समाप्त पार्न भारत प्रवास र नेपालमा षड्यन्त्र बुनेका उदाहरण छन् भन्नुभयो ।
उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिलाई बुझ्न नेपाल मजदुर किसान पार्टीका प्रकाशनहरू नियमित अध्ययन गर्नु जरुरी छ भन्नुभयो ।
नेमकिपा भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजुले नेमकिपाले कार्यकर्ता तथा जनतालाई राजनैतिक, सैद्धान्तिक, वैचारिक र व्यवहारिकरूपमा सचेत र सङ्गठित बनाउन र सङ्घर्षशील भावना जगाउन पार्टी प्रकाशनमा जोड दिँदै आइरहेको बताउनुभयो । उहाँले अन्तरक्रिया कार्यक्रमले पठन संस्कृतिको
विकास हुनुका साथै बोल्ने, लेख्ने सीपको विकास हुन्छ भन्नुभयो ।
उहाँले पुँजीवादी व्यवस्थाको विकल्प राजतन्त्र नभई समाजवादी व्यवस्था हुने भएकोले समाजवादी व्यवस्था स्थापनाको लागि समाजवादी गणतन्त्र प्रचार अभियानमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्राशिसङ्घका राम थुसाले गणतन्त्र, राजतन्त्र, दक्षिणपन्थी र वामपन्थी अवसरवाद, प्रतिक्रियावादबारे स्पष्ट पार्दै नेमकिपा क्रान्तिकारी संसद्वादको पक्षमा रहेको बताउनुभयो ।
नेमकिपा काठमाडौँ–रामेछाप सम्पर्क समितिका अध्यक्ष धनबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजकुमार श्रेष्ठ, श्रीराम श्रेष्ठ, सोनी श्रेष्ठ, सोनाम लामा, केशरी प्रधानले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
Leave a Reply