भर्खरै :

स्काउटलाई आत्मरक्षा तालिम प्रदान

स्काउटलाई आत्मरक्षा तालिम प्रदान

भक्तपुर, २४ जेठ । स्काउटहरूलाई कर्तव्यनिष्ठ, अनुशासित एवम् सक्षम बनाउने हेतुले स्थानीय स्काउट कार्यालय भक्तपुरले शनिबार ट्रुप लिडर गोष्ठीसहित आत्मरक्षा तालिम प्रदान गरेको छ ।
११ वर्षदेखि १६ वर्षसम्मका स्काउटहरूलाई कुनै पनि भौतिक आक्रमण वा समस्यामा रक्षा गर्न सक्षम बनाउन गरिएको तालिममा ५१ जना स्काउटहरूको सहभागिता रहेको थियो ।
करातेका राष्ट्रिय प्रशिक्षक रविना सुवालले बालबालिका, किशोकिशोरीमाथि हुने दुव्र्यवहारको सामना गर्ने तालिमको अभ्यास गराउनुभएको थियो । आत्मरक्षाको सीप नहुँदा धेरै बालबालिका र किशोरकिशोरीहरू हिंसामा पर्ने गरेका घटना समाजमा बढ्दै गएकाले त्यसबाट जोगिन सहयोग पुगोस् भनेर तालिम दिएको नेपाल स्काउट भक्तपुरका आयुक्त बालकृष्ण बनमालाले बताउनुभयो ।
स्थानीय स्काउट कार्यालय, भक्तपुरले आत्मरक्षा तालिमबाहेक स्काउटिङ पद्धतिबाट जीवन यापन गर्ने कला पनि सिकाएको थियो । कार्यक्रमका संयोजक एवम् स्थानीय शैक्षिक पद्धति आयुक्त पवनकुमार बल्लले खेलको माध्यमबाट अनुशासित र कर्तव्यनिष्ठ बनाउने कलाका साथमा कवाज सिकाउनुभएको थियो ।
सदस्यता वृद्धि आयुक्त पूर्णभक्त दुवालले आफ्नो समूहमा आइपरेका समस्याको सामना गर्ने र समाधान गर्ने तरिकाका सम्बन्धमा प्रशिक्षण दिनुभयो । स्थानीय स्रोत साधन तथा वित्त आयुक्त किशोर गोसाईले स्काउटिङ क्रियाकलाप, पेट्रोल सिस्टमलगायतका स्काउटसम्बन्धी तालिम दिनुभएको थियो ।
तालिममा सहभागी स्काउटहरूलाई नेपाल स्काउटका पूर्व सचिव रामगोपाल कर्माचार्यले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *