सरकारी बन्दका कारण अमेरिकी एयरलाइन्सका दुई हजार ५०० भन्दा बढी उडान रद्द, यात्रुहरू समस्यामा
- कार्तिक २४, २०८२

भक्तपुर, २५ जेठ । जुन ६ तारिखका दिन नेपाल रुस साहित्य समाज र रुसी भवन काठमाडौँको आयोजनामा विश्वविख्यात रुसी कवि, नाटककार र उपन्यासकार अलेक्सान्दर पुश्किनको २२६ औँ जन्म जयन्ती आयोजना गरियो । उक्त दिन रुसी भाषा दिवसको रुपमा पनि मनाइन्छ ।
कार्यक्रमको सुरु रुसी सांस्कृतिक केन्द्रको परिसरमा अवस्थित पुश्किनको सालिकमा माल्यार्पणबाट भयो । नेपाल रुस साहित्य समाजका अध्यक्ष ई. विष्णुबहादुर सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन नेरुसासका महासचिव ई. रामविन्दु श्रेष्ठले गरेका थिए । अतिथिहरूको स्वागत गर्दै श्रेष्ठले साहित्यले संसार मनहरू जोड्छ त्यसैले त हामीले पुश्किनलाई चिन्यौँ भन्नुभयो ।
कार्यक्रममा पुश्किनबारे परिचय दिँदै रुसी भाषा शिक्षक ई. सुशिल सिग्देलले रुसी भाषाको विशेषता, प्रचलित रोचक तथ्यहरू र त्यसको विश्वव्यापी महत्व प्रस्तुत गर्नुभयो । उहाँले अन्तरिक्षमा यात्रा गर्नेे रुसी भाषाको जानकारी हुनुपर्ने कुरा बताउनुभयो ।
रुसी लेखक सङ्घकी सदस्य तमारा पत्योम्किनाले मस्कोबाट पठाएको शुभकामना सन्देशले कार्यक्रममा थप रोचकता थपेको थियो । यसमा नेरुसासका पूर्वअध्यक्ष तथा रुसी फेडेरेशनका लागि नेपाली राजदूत प्रा. डा. जङ्गबहादुर चौहान र नेपाल रुस सहयोग तथा मैत्री समाजका उपाध्यक्षको भिडियो सन्देश थियो ।
रुसी भवनका सहनिर्देशक साकानुश भान्यानले प्रत्येक मान्छे भित्र आ–आफ्नै पुश्किन छन् भन्नुभयो । पुश्किनले रुसी भाषालाई धेरै माथि पु¥याएको उहाँको कथन थियो ।
कार्यक्रम मुख्य सत्र काव्यिक साँझमा स्रस्टाहरूले रुसी तथा नेपाली भाषामा पुश्किनकार मौलिक कविताहरू वाचन गरेका थिए । जसमा सहनिर्देशक साकानुश र भावना न्यौपानेले ‘जर्जीयाको पहाडमाथि’, सुशिल सिग्देलले ‘साइबेरियाको गर्भगृहमा’, सुषमा खत्री रञ्जित र शकुन्तला जोशीले ‘म ती जादुमय दिनहरू सम्झन्छु’, किरण दर्नालले ‘लेनिनग्राडको सेतो रात’, प्रविण जोशीले ‘हाइकुहरू’ सन्तोष पोखरेलले ‘माया गरे तिमीलाई’ को अङ्ग्रेजी, मञ्जु मिश्रले ‘समसामयिक व्यङ्गात्मक कविता’, डा. जनपालीले ‘जनपाली’, विष्णुबहादुर सिंहले ‘म ती अदभूत क्षणहरू सम्झन्छु’ पढ्ेर सुनाएका थिए ।
कार्यक्रमको अन्तिम चरणमा प्रमुख अतिथि साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले भाषा साहित्यको महत्व र पुश्कीनबारे चर्चा गर्दै नेरुसासको प्रयासको प्रशंसा गर्नुभयो ।
नेरुसासका उपाध्यक्ष ई. चन्द्रकान्त आचार्यले आयोजनको सहयोगी रुसी सांस्कृतिक केन्द्र र सबै सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । सभाध्यक्ष विष्णुबहादुर सिंह रुसमा पुश्किन नभएको भए आज त्यहाँ अन्य भाषाको हालिमुहाली हुने थियो भन्ने मन्तव्य दिँदै कार्यक्रम समापनको उद्घोष गर्नुभयो ।
विभिन्न क्षेत्रमा कार्यरत लेखक, कलाकार, विद्वान र साहित्यकारहरूको जमघटले कार्यक्रम भव्य र सभ्य भयो ।
Leave a Reply